खप्पराँ लेखिनुपर्छ
प्रचण्डाउ माने माउवादी केन्द्रका अध्येक्षेलाई सबैले क्रान्तिकारी भन्थे तर फुइय्याा पनि हैन रै’छ । अब हेरौ न पर्धानमन्तरी खप्रओको अगाडि पुग्नासाथ लत्याक लुतुक्क भएर प्रचण्डाउ गलेपछि उनलाई क्रान्तिकारी नेता कसरी भन्ने ? गरुढको अगाडि सर्प लत्याकलुतुक भएझौ प्रचण्डाउ पनि लत्याकलुतुक हुादा रहेछन् । खप्रओलाई हाटाएर आफू सत्तामा बस्न दुई पटक बटारिए । खप्रओलाई धुवााधार गाली गर्दै भाषण ठोके । तर खप्रओले वाल्वाटारतिर सााझमा बोलाएपछि लुसुक्क पुगेनन् मात्र बाहिर आएसी’ खप्रओ नै ठीक भन्दै गुनगान गाउादै हिड्न थालेका छन् । बाहिर बुरुक्क बुरुक्क उफ्रने प्रचण्डाउलाई बाल्वाटाराा बोलाएर के बुटी सुाघाइदिादा रै’छन् कुन्नि । जेहोस् खप्रओको कलाचाहिा मान्नैपर्छ । अब अरुले बुटी सुाघाएकै भरमा लत्याकलुतुक हुनेलाई कसरी क्रान्तिकारी भन्ने ? कि कसो हौ ?
अनसन विरुद्ध अनसन
यो मुलुकमा राम्रो काम गर्नेहरुको भलाई हुादैन भनेर सतिले त्यसै सरापेकी हैनन् । अब हेरौ न मेडिकल शिक्षामा सुधारको माग राखी आमरण अनसनमा बस्न लागेका डा. गाविन्द केसीको विरुद्धमा झालेमाले अस्पतालका ३३ जना चिकित्सक अनसनमा अनसनमा बस्ने रे । कमाउ धन्दामा लागेका अख्तियारका प्रमुखलाई महाअभियोग लगाउनुपर्छ भनेर केसीले भन्दा उन्लाई पागल समेत भने । हुन त यो मुलुकमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि पागल भनिएको थियो । अब अहिले केसीलाई पनि लुटेर, भ्रष्ट, व्यभिचारी, पापाचारी सद्धेहरुले पागल भन्या हुन्छ । गोविन्द केसी जस्ता मान्छे पगल हुन्छन् भने सद्धे मान्छे त साह्रै पाइएला जस्तो छैन देशमा । फेरि ती गोविन्द केसी पनि के भएका सबैतिर भ्रष्ट र वेइमान भएको ठाउामा किन सज्जन मात्र बन्या होला ? लंगडाको जमातमा पुग्दा एउटा खुट्टा खोज्याउनुपर्छ । थपक्क बेइमान र भष्टसागै घुस्रिएको भए भैहाल्थ्यो ।
गलेछन्
संघीय गठबन्धनले के के न उत्पात मच्चाउला झै गरेर राजधानीमा आन्दोलन शुरु गरेका थिए लाष्टाा आएर गलेछन् । कहिले सिंहदरबार घेराउ
गरे, कहिले वाल्वाटरा गएर लम्पसर परे । हुादाहुादा रत्न पार्कमा आएर टन्न दारु खाएर गजधुम्म बसे । रिले अनसन रे । कैयौ दिनसम्म केही नखाइ अनसन गर्नेको त हाम्रा पर्धानमन्तरीले वात सुन्दैनन् भने टन्न झोल र चोक्टा खाएर रिले अनसन गर्नेको के कुरा सुन्थे ? विचराहरुको नौनाडी गलेसी अब रिले अनसन स्थगित गरेर असोजदेखि मात्र निर्णायक आन्दोलन गर्ने रे । विचराहरु शक्ति आर्जन गर्न रेष्टमा बसे जस्तो छ । हुन त अहिले खेतिपातिको समय पनि हो । राजधानीमा टन्न झोल र चोक्टा खाएर बस्ने ढेउवा पनि त हुनुपर्यो नि । हैन र ?
वित्थाको नाटक
माउवादीले ओलीको सरकार ढाल्ला भन्या त ओलीकै सरकारबाट आफ्नातिरका पुराना अनुहार झिकेर नयाा अनुहारमात्र पठाउने भएको छ । अस्तिका दिन ओलीले प्रचण्डाउको सातै उडाइदिएछन् ‘कि
सरकार ढाल्नुस् कि काम गर्न दिनुस ।’ ओलीको यस्तो कुरा सुनेर प्रचण्डाउ खङ्गरङ्ग भएछन् । ओलीको सरकार ढालौला र वाल्वाटार छिरौला भनेर छेस्के दाउमा लागेका प्रचण्डाउले जब त्यस्तो हप्काई भेट्टाए उन्को मथिगंलले कामै गर्न छाड्या छ रे । होला पनि अब क्रान्तिकारी पनि रहैेनन्, पार्टी पनि सिागो रहेन । अब कथंकदाचित चुनाउ भयो भने सबैतिर सिनित्तै होला भन्ने अर्को त्रास । त्यसैले पनि उनी खप्रओलाई ज्यान गए छोड्न चाहादैनन् । छोड्यो भने इधम भ्रष्टम उद्यम भष्टम भन्ने कुरा ड्यालबाउले हिजो आज राम्रैसाग बुझेजस्तो छ ।
मानव तस्कर
हाम्रा देशका सांसदहरुले संसारमै किर्तिमान कायम गर्न लाग्या देखेर घण्टाघर तीन छक्क पर्या छ । किर्तमान पनि सानो तिनो हो र ? मानव
तस्करीको । अरु अरु तस्करी भएको यदाकदा सुन्या हो । तर मानव तस्करी त्यो पनि सासदहरुले । सुन तस्करी, चाादी तस्करी, चरेश, अफिम, गाजा तस्करी, मुद्रा तस्करीसम्मै सुनिएको हो । अब त हुादा हुादा मानव तस्करी । राज्यबाट उत्तानोचित्त परुन्ज्याल घिच्न पाउादा पनि यिन्ले मानव तस्करीको धन्दा सञ्चालन गरेका रै’छन् । त्योपनि आफूलाई खुंखार क्रान्तिकारी भन्ने, सर्वहारा वर्गको उत्थान गर्छु भन्ने माउवादी केन्द्रका सांसदहरु नै मानव तस्करीमा लागेपछि अब कस्को विश्वास गर्ने ? आफ्ना स्वकीय सचिव भन्यो युरोप र अमेरिकातिर पुर्याएर गााठ असुल्ने । सांसदले त यस्तो धन्दा गर्छन भने अरुले फुइाय्या नगरुन ?
असारे चटारो
असार लाग्यो कि धमाधम विकास हुन्छ । बरु सधै नेपालमा असार लागिरहे हुन्थ्यो नि । कमसेकम विकासका काम त द्रुत गतिमा अगाडि बढ्थे । असारमा
राति पनि बत्ती बालेर सडक, पुलपुलेसा, भवन निर्माण लगायतका काम हुन्छन् । अरु बला यहााका विकासे कार्यालयका प्रमुख, कर्मचारीहरु सेन्तेराम धोकेर गुलिÏयाक गरेर सुत्छन् । यही बेला मन्त्रालयका सहसचिव, मन्त्री अनुगमनका नाममा राजधानी बाहिर चर्न निस्कन्छन् । जसरी पनि असारे चटारोमा बजेट सिध्याउनै पर्छ । यसका लागि विकासे कमलाई टालटुल गरिदियो अरुचाहिा कागजमा मिलान । जेहोस् बर्षदिनसम्म रोग्याएका विकासे कर्मचारी, मन्त्री, सचिव सबै यो असारमा पिर्लिक्क भुडी भएर उक्सने गर्छन । असारे चाटारोको महिमा कसैले गाएर नसक्ने भो देशमा ।
वार्ताको आवहान
सरकार र संघीय गठबन्धनको लुकामारी पनि कहिल्यै नसिद्धिने भयो । संघीय गठबन्धनमा सहभागी दलले आन्दोलन गर्दै छाडदै, फेरि आन्दोलन गर्ने धम्की दिन छोड्दैनन् भने सरकार पनि वार्तामा बोलाउन छाडदैन । क्या गजब छ । अस्तिका दिन पर्धानमन्तरी खप्रअोले आन्दोलनकारीहरुलाई वार्तामा बोलाएछन् । हिजो पनि खप्रओले मधेशी दलहरुलाई वार्तामा आउन आवहान गरेछन् । यस भन्दा अगडि ३६ पटक वार्ता भए नि कुरो नमिलेको मधेशीहरु यसपटक ओलीका ललिपपमा नफस्ने अडानमा छन् । के के न होला माग पूरा होला भनेर मधेशवादी दल धोति उचालेर सिंहदरबार छिर्छन् अन्तेमा चिया विस्कुट खाएर फर्किन्छन । अब मधेशीहरु चिया विस्कुट खान नजाने रे ।
अन्तेमा
आपूर्ति मन्त्री गणेशमान पुनले चााडै नै चिनबाट इन्धन ल्याउने भनेर अस्तिका दिन डिङ्ग हााकेछन् । हुन त उन्ले डिङ्ग हाक्नुलाइ कसैले अचम्म मानेका छैनन् । सरकार प्रमुख र उन्कै दलका अध्येक्षे डिङ्ग हाक्ने मामलमा स्वर्ण पदक विजेता हुन । अनि पुनले डिङ्ग हाक्नुलाइ के नौलो मान्नु ? चीनबाट नेपालआउने सबै पुलपुलेसा सडक
गहिरो र भुकम्पले सिनित्तै बनाएको
छ । अब पुनले इन्धन कहााबाट ल्याउलान् ? यसो अलिकति पत्याउने सम्मको डिङ्ग त हाक्नु ।
