घण्टाघरबाट हेर्दा

हावा ठोके
हैन हौ नेपालका कम्युनिष्टहरु हावा ठोक्न त साह्रै सिपालु हुादा रै’छन् कि क्या हो ? ओली वाले हावा ठोकेर हैरान पारिरहेको अवस्थामा प्रचण्डाउ दुई हातमाथि उक्लेर हावा ठोक्न थाल्या छन् । हावा ठोक्नु, सपना बााड्नु तर कामचाहिा फुट्टीभाङ्ग केही नगर्नु नै माक्र्सवाद हो कि क्या हो ? अब हेरौ न अस्तिका दिन प्रचण्डाउले पश्चिमतिर पुगेर आफ्ना भाते कार्जेकर्ता जम्मा पारेर भनेछन्, म प्रधानमन्तरी भैद्या भे भुकम्प पीडितलाई दुई लाख हैन पााच लाख दिन्थे । दिन्थे पनि होला प्रचण्डाउले । आपका न बाफका । आज सम्म कतिपय भुकम्म्प पीडितका परिवारले काजक्रिया खर्च पाएका छैनन् बरु दुई लाख दिलाउन अब म कम्मर कसेर लाग्छु भन्या भे’त तैवरु तै गर्लान् कि भन्नु । अन्टेसन्टे बकेर वाहवाही कमाउन खोज्यो बस् ।
स्वीकार्य छैन रे
गधालाई धोएर गाई बन्छ ? अब हेरौ न राप्रपा नपालका अध्येक्षे कमलाउलाई । अस्तिका दिन सम्म यो सरकार ढाल्न कसैले सक्दैन भनेर बुकरुक उफ्रन्थे । अबचाहिा पक्का ढल्ने जस्तो देखेछन् कि क्या हो आफ्ना
पुराना मुद्दाहरु झल्झल्ती सम्झदै उठाउन थाल्या छन् । अस्तिका दिन इनरुवामा पुगेर उन्ले भने विदेशीको इशारामा धर्मनिरपेक्ष बनाइयो । अब स्वीकार्य हुादैन । आखिरी पञ्चायतका डन न परे । भण्डै आठ महिना सरकारमा बस्दा यिन्ले धर्म सापेक्ष बनाउन के खालो सारे कुन्नि ? त्यही धर्म निरपेक्ष लेखिएाके संविधानको बुई चढेर
सरकारको उपप्रधानमन्त्री भए अनि अहिलेचाहिा आएर स्वीकार्य छैन भन्ने ? हैन हौ यी कमलाउ पानद्वारबाट बोल्छन् कि अपान वायुद्वारबाट बोल्छन् हा ?
जेल हाल्नुपर्छ रे
कागले आफ्नो नाम आफै काढ्छ भन्ने हो रै’छ । अब यो करो हेर्न गिर्जाउपुत्री सुजोलाई हेरे पुग्ने भएको छ । कुन बेला के छाटाले छुन्छ कुन्नि अन्टेसन्टे बक्छिन् सुजो । त्यसैले सुजोको कुरामा कसैले कौडीभर विश्वास गर्दैन । एउटा कानले सुन्छन् अर्को कानबाट फुर्रर उडाइदिन्छन् । अस्तिका दिन उन्ले भनेकी डा. रामशरण महत दलाल हुन् रे । कााग्रीेस विगारकै रामशरण महतले हो रे । ग्रिनकार्डमा महतलाई जेल हाल्नुपर्छ रे । बााची बाचीरहे यी कानले के के सुसन्नुपर्छ भन्थे हो रैछ । सुजोजस्ती विदेशबाट आयात भएकी स्वघोषित विना लगानीकी नेताले पार्टी विगारेको कस्लाई थाहा छैन ? अरुतिर एउटा औाला तेस्र्याउदा आफूतिर चरावटा आफ्नै औाला तेर्सिन्छन् भन्ने कुरा सुजो जस्तीलाई के थाहा ? कि कसो हौ ?
चाहना छैन रे
हिजो आज हाम्रा प्रचण्डाउलाई वैराग्य चल्या छ कि क्या हो ? अरु नै ललसरघण्टी पो लाग्या छ कि ? अस्तिका दिन उन्ले चरिकोटतिर पुगेर आफूलाई पर्धानमन्तरी बन्ने चाहना पटक्कै छैन भनेर बोलेछन् । उन्को यो बोली सुनेर उन्कै कार्जेकर्ता पेट मिची मिची खित्का छाडेर हाासेछन् । कसले चाहादैमा, कसैले नचाहदैमा पर्धानमन्तरी हुने र नहुने हो र ? वैसाखतिर कन्दगी कसेर पर्धानमन्तरी बन्न बल नगरेका हुन् र ? अन्तेमा ओलीले चाल पाएर बजेटपछि पर्धानमन्तरी दिने भद्र सहमति गरेर छोडिदिए । अब अहिले आएर पर्धानमन्तरी दिने हो भने भद्र सहमति भा’कै छैन भनेर आली छिर्के लगाइदिए । अब फेरि कााग्रेसलाई पर्धानमन्तरी बनाइदेउ भनेर हार गुहार गरौ न त भन्यो भने पनि बिच्किएको कााग्रेसले साथ दिादैन । अनि किन चाउरिस मरिच आफ्नै पिरले भनेझै जोरी पारिका अगाडि आफू लोभी पापी हैन भन्ने देखाउन प्रचण्डाउ हिजो आज आफूलाई चाहनै छैन भन्दै हिड्न थाल्या छन् । यति जाबो कुरा गामघरको लठेप्राले नि बुझ्छ । कि कसो हौं ?
घरेलु मन्त्रीको ठेंगा
घरेलुमन्त्री माने शक्ति बस्नेतले अस्तिका दिन पर्धानमन्तरी खप्रओलाई ठेंगा देखाइद्या छन् । सबैले बस्नेतलाई नाममात्रको शक्ति ह्याउचाहिा केही छैन भन्थे केको हुन्थ्यो । नाम अनुसारकै ह्याउ भा’रैछन् बस्नेत त । अब हेरौ न बस्नेतले एकदर्जन भन्दा बढी प्रमुख जिल्ला
अधिकारीहरुको सरुवा गर्दिएछन् । सरुवा गरिसकेसी खप्रओ बाले सुइाको पाएछन् । हतार–हतार उन्ले सबै सरुवा रोक्नु भनेर आदेश देछन् बस्नेतलाई तर बस्नेतले टेरपुच्छर लाएनछन् । आफ्नो आदेश नमान्दा खप्रओलाई चल्नु सम्मको जंग चल्यो । अब घरेलु मन्त्रीबाट निकाल्दिम न त आफ्नै सरकार लातलुत झर्ने । निकालिनुम त भन्यो आफ्नो आदेश नमानेकोले त्यसै त्यसै औडाहा भएर आउने । विचरा खप्रओले सिंहदरबारको कुर्सी र वाल्वाटारको ओछ्यान सम्झेर त्यसै छाड्नु पर्‍यो । केही पाउन त केही सहनै पर्‍यो । कि कसो हौं ?
अनपढ र छुट्टु
माउवादी पार्टीबाट फुत्त निस्केर शक्ति नै नभएको ताइ त तुइाको नयाा शक्तिका सयोजक बाउराम भट्टराईले हाम्रा पर्धानमन्तरी खप्रओलाई अनपढ र प्रचण्डाउलाई छट्टुको संज्ञा दिएका छन् । आफू पढेको भन्दैमा त्यसरी अरुलाई अनपढ भन्न त मिलेन नि । यो त
सरासर मावन अधिकार हनन भयो । फेरि अनपढ मान्छेले विज्ञान, ज्ञानिका कुरा गर्नै मिल्दैन रे बाउरामले भन्या । कक्षा १० पनि पास गर्‍या छैनन् रे खप्रओले । हैन यी बाउरामलाई के भा’छ हा ? थुतुनोमा आयो भन्दैमा अरुको हुर्मत लिने गरी त बोल्नु भएन नि † नपढेकाले ज्ञानगुनको विज्ञानको कुरै गर्न नपाउनु ? नपढेनी पर्धानमन्तरी भाकै छन्, देश चलाएकै छन् ।
सुशासन हैन कुशासन
सुशासन समितिका सभापति मोहनसिंह राठोरलाई के जंग चलेछ कुन्नि । अस्तिका दिन उनी संसद भवनभित्रै पड्किए । उनी पड्किदा अरु साासद, सभामुख उपसभामुख वाल्ल परेका थिए । उन्ले भने दलका शीर्ष नेताहरु सविधानभन्दा माथि छन् रे । होला पनि यिन्ले जे बोल्दा नि हुन्छ, जे गर्दा नि हुन्छ, यिन्लाई कानुले छुादै छुादैन । अर्काथरि सांसद छन् तापटिपे । माने आयो संसदमा हाजिरा बजायो त्यसपछि सुलित्त हिड्यो अनि महिना पुगेसी’ तलब भत्ता कुम्ल्यायो बस । अनि तेस्रा खालका छन् दिनैपिच्छे आउने घोटनीने माने क्रियाशील सदस्य जस्ता मुलुकमा सुशासन हैन कुशासन छ रे । हाक्काहाक्की संसदमा त्यसरी बोल्दा पनि सरकार भने कानमा ठेली जमाएर बस्या छ । गजब छैन त नयाा नेपाल ?
अन्तेमा
क्रान्तिकारी माउवादी छाडेर एमाओवादीमा लेपासिन आइपुगेका
रामबहादुर थापा बादल भला मनुस भन्या त फुइय्यााको हुन्थ्यो ? प्रचण्डाउको प्रर्धानमन्तरी बन्ने बजार हल चलेसी’ कही यसो भन्त्री पड्काउने वातावरण मिली हाल्छ कि भनेर बृद्ध वैधाउलाई चटक्क छाडेर यता टाासिएका हुन रे । पहिला तिनै प्रचण्डाउसाग ङार–ङुर
गरेर वैधाउलाई उचालेर छुट्टिन लगाए अनि अहिले फेरि टाासिन आएपछि यिन्लाई भला मानस कस्ले भन्ला ? प्रचण्डाउ पर्धानमन्तरी नै भएछन् भने पनि यिन्ले मन्त्री पड्काउने सपनाचाहिा नदेखे हुन्छ । पहिलेका रैथानेहरुको थुतुनोमा काम्रो त बााधिएको छैन
होला । बरु उतै बस्या भए मान मनितो हुन्थ्यो । यस्ता आयारामगयारामको के भर ?

तपाईको प्रतिक्रिया