मुलुकमा भीषण द्वन्द्वको संकेत

मुलुक यतिबेला भिषण द्वन्द्वतर्फ फास्दै गएको संकेतहरु देखा पर्न थालेका छन् । देशको आन्तरिक राजनीति अत्यन्तै कहालीलाग्दो र भयावह अवस्थामा पुगिसकेको छ । देशको कार्यकारी अधिकार लिएर बसेकोमा कुटनैतिक ज्ञानको अभाव, आÏनै बोलीमा छाडापन, सम्भवै नहुने कुराको रटानले समेत मुलुक द्वन्द्वमा फस्ने संकेत देखा परेको
हो ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले शुक्रबार
राजानीमा शक्ति प्रदर्शन गरे, सत्तासीन राजनैतिक दल भन्दा बाहेकका अन्य दलहरु आन्दोलनमा सरिक भएका छन् । मुलुककै प्रशासनिक निकाय सिंहदरबार घेराउ कार्यकारी प्रधानमन्त्रीको निवास घेराउलाई सामान्य मान्न सकिदैन । देशको इतिहासमै सिंहदरबार र बालुवाटार घेराउ यस पटक भयो ।
राजधानीको खुल्ला मञ्चबाट माओवादीका महासचिव नेत्रविक्रम चन्दले सरकार प्रमुखलाई खुल्ला चुनौति दिए । यो देशमा सरकार प्रमुख केपी ओलीमात्र हैन सन्तोष बुढामगर पनि प्रमुख हुन सम्म भन्न उनले भ्याए । नेत्रविक्रम चन्दले यतिबेला देशैभरि समानन्तर सरकार गठन गदै हिडेको छन् । जन सरकारको केन्द्रीय प्रमुखमा सन्तोष बुढामगरलाई बनाइ घोषण समेत गरिसकेको छ । उसले क्षेत्र, नगर, गाउा, वडाहरुमा समेत समानान्तर सरकार गठनर्लाइ निरन्तता
दिइरहेको छ। वेपत्ता योद्धा स्मृति दिवसको अवसरमा महासचिव चन्दले माओवादीले दशबर्षे जनयद्ध कालमा जे जस्ता गतिविधिलाई अगाडि बढायो त्यस्तै गतिविधिलाई अगाडि बढाउने, हतियार उठाउने, समान्तहरुलाई लखेट्ने, सहर तथा गाउामा जनसरकारमा गतिविधि बढाउने सम्मको चतावनी दिए । आफूहरु नै सच्चा माओवादी भएको र प्रचण्डजस्ता नव संसोधनबादी माओवादी बृत्तमै नराखेको समेत भन्न भ्याए ।
द्वन्द्वकालका मुद्दाहरु यो वा त्यो बहानामा एक पछि अर्को गर्दै व्युताउन थालेकोप्रति चन्दको कडा आक्रोस थियो । हिजोका मुद्दाहरु व्युाताएर माअ‍ोवादीलाई जेल हाल्ने प्रपञ्च हुादैछ । यदि हाम्रा घरमा म्याद टाासियो भने त्यसको भोलिपल्टै प्रचण्डका घरमा पनि म्याद टाास गरिने महासचिव चन्दको दाबी थियो । सर्वोच्च अदालतलाई प्रतिक्रियावादीहरुको थलो भएको आरोप समेत उनले लगाए । नेपालमा लोकतन्त्र आइनसकेको लोकतन्त्रको नाममा अराजकतन्त्र र कमिशन तन्त्र मात्र आएको उनको आरोप थियो । उता मधेशवादी दल, अन्य विभिन्न क्षेत्रीय दल र साना राजनैतिक दलहरुको मोर्चाले समेत आन्दोलनलाई ससशक्त ढंगले अगाडि बढाउने निर्णयसागै आन्दोलन गरिरहेका छन् । विगतमा मधेशी मोर्चाले मात्र थालेका आन्दोलनमा यतिबेला जनजाति, आदिवासी सबैले सहभागिता जनाएका छन् । ६ महिनासम्म मधेश ठप्प बनाउादा, सीमा नाकामा धर्ना दिादा समेत
सरकारले आफ्ना माग पूरा गराउने भन्दा पनि दबाउने, गोली हान्ने काम गरेको आन्दोलनरत पक्षको दाबी छ । सरकार झारा टार्ने ढंगले वार्ताका लागि आवहान गर्छ तर दर्जनौ पटक वार्ता गर्दा पनि समस्याको समाधान गर्न सक्दैन । कवेल वार्ताका लागि वार्ता मात्र भइरहेको
छ । देशमा देखिएका कुनैपनि असहज गतिविधिलाई समयमै निकास दिने काम सरकारको हो । आन्दोलनका कारण यहाा सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको छ । सामान्य उपभोग्य समानमा समेत सरकारै समर्थक दलालहरु हावी भएका छन् । अर्थात कालो बजारी बढको छ, शान्ति सुरक्षाको अवस्था त्रासदीपूर्ण छ । तर सरकार सञ्चालन गर्नेहरु जोकरको भूमिका निर्वाह गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया