घणटाघरबाट हेर्दा

शुशिल दा जंगिनुभयो
सोझो मान्छेलाई रिस उठ्दैन उठेपछि गाह्रो । अस्तिका दिन शुशिल दा’ को रिस देखेपछि घण्टाघरलाई लाटो मान्छेको रिस याद आयो । हुन त सुशिल दा’ लाई बेकामेहरुले तथानाम भनेपछि रिस उठ्नुपनि स्वभाविक हो । विचराले आजीवन घरजम नै नगरी देश र जनताका लागि लडे । बुढेशकालमा वल्ल वल्ल पर्धानमन्तरी बन्दा पनि देखि नसकेपछि दा’ लाई मात्र हैन सबैलाई रिस उठ्छ । कहिले सुशिल दा’ विरामी छन् मुलुक चलाउन सक्दैन भनेर आफन्तै खनिन्छन् । कहिले
जोरीपारीहरु कुर्सी त्याग गर भन्छन् । विरामी भएसी’ दा’ले कुर्सी छोडेकै महिनौ भइसकेको छ । उहाा खाली खाटमा ढल्कनु हुन्छ अनि खाटमै बस्नुहुन्छ । कुर्सीको लोभ भए दा’ किन खाटमा बस्नु हुन्थ्यो ? उहाा फेरि अमेरिका जाादै हुनुहुन्छ त्यसबेला पनि कुर्सी छोडेरै जाादै हुनुहुन्छ । कुर्सीको कहिल्यै लोभ नगर्ने दा’लाई कुर्सीको लोभी भन्नेहरुको मुखाा किरै परोस् । कि कसो हौ ?
चित्रलेखा हिस्स
देउतीकट लागेर देउवाको खल्तीबाट शिक्षामन्त्री भै टोपलेकी विचित्रलेखा माने चित्रलेखा जादवले अस्तिका दिन अमिलो मन बनाइछिन् । हुन त आइमाइको मन हो एक छिनमा अमिलो एकछिनमा गुलियो भइरहन्छ । अस्तिका दिनचाहिा उन्ले अमिलो मन बनाउनुको कारणचाहिा अर्कै परेछ । परेछ के भने क्याविनेटको वैठकमा एआइजी बढुवाको टुंगो लागेर सविच बढुवाको कुरा उठ्यो । उन्ले एकजना सह–सचिवलाई कामु सचिव बनाउन खुबै जोरबल गरिछन् । तर कसैले उन्को कुरा सुन्दै सुनेनन् । त्यसपछि उन्को कन्पारो तात्तिएछ । हाम्रो कुरा सुन्दै सुन्दैनन्, आफूखुशी निर्णाय गर्छन भन्दै उनी चित्त दुखाएर फत्फताउादै र भुत्भुताउादै बाहिर निस्किछन् । सह–सचिवलाई कामु बनाइदिम्ला भनेर कति असुलेकी थिइन् त्यो फिर्ता गर्नुपर्ने भएपछि उनी
त्यसरी भुत्भुताएकी रै’छिन् । उन्को आडमा छोरी र श्रीमानले मन्त्रालयभित्रै गोरस धन्दा चलाइरहेका छन् ।
सधै अवसर
पहिला–पहिला दैव दाहिना भएपछि कसैले केही लछारपाटो लगाउन सक्दैनन भन्थे । हिजोआज यो उखान फेरिएको छ माने परिमार्जित भएको छ, नेता दाहिने भए भने कसैको बाउले केही लछारपाटो लगाउन सक्दैनन भन्न थालिएको छ । नेता दाहिना भए भने कसैको बाउले केही लछारपाटो लगाउन सक्दैन भन्न थालिएको छ । नेता दाहिना भए भने सुविधा खानेहरुले उफ्रिमाथि पाफ्री पाउादा रै’छन् । एउटा अवसर र पूरा नहुादै दोस्रो, दोस्रो पूरा नहुदै तेस्रो । अब हेरौा न राष्ट्र बैंकका गर्भनर युवराज खतिवडालाई २६ सभासदमा पार्न एमालेका कन्दनी कसेर लागेका छन् । गोविन्द बहादुर थापा, गणोश गुरुङ्ग,
नवराज भुषालका लागि सधै नेता दाहिना हुादै आएका छन् । यिनेरलाई एक ठाउाको अवसर समाप्त हुनासाथ अर्को मालदार ठाउामा जुरी हाल्छ । नेता दाहिना भएपछि के को ट्याास–ट्याास ।
जड्याहा मन्त्री
सूचना तथा सञ्चारमन्त्री जड्याहा पंगु नै रै’छन् । सरकारको प्रवक्ता समेत रहेका मिनेन्द्र रिजाल नेप्लिज कााग्रेसको केन्द्रीय सदस्य पनि हुन क्यारे । त्यत्रो मन्त्री र प्रवक्ता जस्तो मान्छेको बुद्धिचाहिा चप्रासीको जत्तिको पनि रै’नछ । अब हेरौ न केही दिन अगाडि यिनी आफ्नो डल्लीलाई च्यापेर बेलायत पुगे । आफ्ना देशको मन्तरी आएको थाहा पाएर एन.आर.एनले एउटा स्वागत कार्यक्रम राख्यो । तर त्यत्रा मन्त्री त्यो पनि सूचना । एन.आर.एन भनेको तिन्लाई भुत्लो भाङ्ग थाहा रै’नछ । अरुले सम्झाइदेसी’ तिन्नले मुन्टो हल्लाथे । अर्को दिन नेपाली कााग्रेस जनसम्पर्क समितिले कार्जेक्रम राख्यो । समितिका अध्येक्ष्इो योगेन क्षेत्रीले उच्च क्वालिटीको रक्सीसहित बेलुका डिनर दिए । जसले खान पान गरायो उससाग यिन्ले झगडा मात्र गरेनन् पिउादा पिउादैको आधा बोतल रक्सी समेत बोकेर रिजाल हिाडेछन् । विदेशमा त त्यसरी गति छाड्नेले यहाा कति गति छाडेका होलान् ? आखिरी जाड्याहाा रिजाल न परे ।
सन्काहा देउवा
घण्टाघर यसपटक चकित भएको छ । नेपाली कााग्रेसका शेरबहादुर देउवा भन्या मान्छे ठूलै हुन् भन्ठान्या थियो घण्टाघरले । भुत्राको ठूलो हुनु ? सनक्क सन्कने सन्काहा पो रै’छन् । बीपी विचार यात्रामा धरान आएका देउवाले जुन सनक देखाए त्यसपछि घण्टाघरलाई लाग्यो यी नेता हुने मान्छे नै होइनन् । दुई चारजना लाउकेले यिन्लाई हौवा बनाएर भाजाइ खाएका मात्र रै’छन् । त्यत्रो दु:ख गरेर कार्जेकर्ताले खोजीमेली गरेर सयपत्रीको माला तयार पारे । माला लगाइदिन खोज्दा सनक्क सन्किए, अविर लगाइदिन खोज्दा भक्भकिदै तर्किए, बीपी वाटिकाको शिलान्यास गर्दा परैबाट इाटा हुइक्याइदिए, वृक्षरोपणा गर्दा परैबाट विरुवा खाल्डामा जाकिदिए, बीपीलाई एकरात राखेको घरभित्रै छिर्न मानेनन् । बीपीका नाममा केही नै नगर्ने भए किन आर्‍हुन् बीपी विचार यात्रामा ?
बाउरामलाई साढे सात
मुरख विद्धानको रुपमा परिचय बनाएका एमाओवादीका पदविहीन नेता बाउराम भट्टराईलाई साढे सातले गााजेको छ कि क्या हो ? नयाा शक्तिको खााचो छ भन्दै जिल्लल जिल्लामा समानान्तर कमिटी बनाउदै हिाड्या छन् । यिन्ले कस्तो नयाा शक्तिको खााचो देख्या होलान् ? पुरानै शक्तिबाट पाखा लाग्दै गएपछि यिन्ले पक्कै पनि नयाा शक्तिको खााचो देखेका हुन् कि ? दशा भन्ने कुरा बाजा बजाएर आउार्दैन भन्छन् । यिनको नयाा शक्तिले कुनै लछारपाटो लगाउने छााटकाट पनि छैन । कुन दिन प्रचणडाउका सिक्स सेन्थ खुल्छ अनि यिन्का चेत खुल्छ । टक्कर गर्दा पनि आफू बराबरसाग पो गर्नुपर्छ छ ? कहााका प्रचण्डाउ राजाराम कहााका बाबुराम भट्टराई गंगुतेली । आफ्नै गुरुवैधाउलाई त जोर लात्ती हान्ने प्रचण्डाउसाग बबुरा बाउरामले के
जोरी खोज्या होला ?
धुन्धुकारीहरु
नेपालीमा एउटा उखान छ ‘कि अर्काले भनेको मान्नु कि के…..खानु’ । यतिबेला मधेशवादी दल र एमाउवादीको मोर्चाले यस्तै व्यहोरा देखाउन थाल्या छ । मोर्चाको अस्ति बसेको बैठकले मधेशलाई दुई प्रदेशमात्र बनाइने, उत्तर दक्षिण प्रदेश मान्य नहुने निर्णाय गरेको छ । मधेशी मोर्चाको बाउले आर्जेको जमिनदारी त हैन होला ? यिन्ले एउटा भन्दा एउटा हुने, दुईवटा भन्दा दुईवटा हुने हो र ? भारतका पर्धानमन्तरी नरेन्द्र मोदीले उत्तर दक्षिण प्रदेश नबनाउनु भनेर त्यत्रो अर्ति दिएर गए । यिन्का गिदीमा गुदी भए पो मोदीको अर्ति मान्थे त ? आफ्नो व्यहोरा देखाइहाल्छन् । यस्ता धुन्धुकारी नेता र दल भएसी फुइाय्याा हुन्छ मुलुकको विकास ?
अन्तेमा
झण्डै तीन साता अगाडि पशुपति शमशेरको व्युटीको निधन भयो । व्युटी माने पशुपति शमशेरले पालेको कुकुर । व्युटी मर्दा पशुपतिले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसागको भेटघाट छोट्याए, भावुक बने, तिरिक्क आाशु खसाले, मरेको व्युटीलाई चुम्मा खाए । वाह, मान्छे मर्दा त मान्छे यति भावुक हुादैन व्युटी मर्दा पशुपतिको वेहालै भयो ।

तपाईको प्रतिक्रिया