कर्मचारीको आन्दोलनका कारण प्रतिष्ठान अस्तव्यस्त

कर्मचारीको जारी आन्दोलनका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त बनेको छ ।
विगत ७ दिनदेखि लगातार रुपमा आन्दोलन गरिरहेका उनीहरुको आन्दोलनलाई प्रहरीले धरपकड गरी विथोल्न खोजेको भन्दै आजबाट आकस्मिक कक्षबाहेक सम्पूर्ण सेवा ठप्प पारी आन्दोलन चर्काएपछि प्रतिष्ठान थप अस्तव्यस्त बन्नुका साथै उपचारमा आएका विरामीहरु समेत प्रभावित बनेका छन् ।
माघ १३ गतेदेखि वीपीले तल्ला कर्मचारीहरुलाई हरेक कुरामा विभेद गरेको भन्दै सम्पूर्ण कर्मचारीका तर्फबाट अनसनमा बसेका प्रतिष्ठानका जुनियर फोरमेन किरण भट्टराई र केही कर्मचारीहरुलाई प्रहरीले धरपक्कड मात्र हैन लछारपछार पारेर आन्दोलन विथोल्ने प्रयास गरेको अनसनमा बसेका भट्राईको आरोप छ । आफूहरुको मागलाई वेवास्ता गर्दै प्रहरी प्रशासन लगाएर आफूलाई जबरजस्ती सघन उपचारकक्ष –आइसियु) मा लगेको उहाको भनाई छ ।
हिजो राती ८ बजे प्रहरीकै संलग्नतामा प्रतिष्ठानका कार्यरत कर्मचारी तथा महिला कर्मचारीमाथि समेत हातपात गरेको आरोप कर्मचारी हेमबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाले आफूलाई समेत लछारपछार गरेर फालिदिएको र घाइते भएको उहाको आरोप छ ।
यता प्रतिष्ठानले भने प्रतिष्ठानमा दिक्षान्त समारोह, सिनेटको वैठक नजिकिदै जादा जहिल्यै पनि आन्दोलन शुरु हुने बताएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. बीपी दाशले अवैधानिक कर्मचारीको संगठनले उठाएको माग जायज नभएको बताउनुभयो । उहाले डा. शेखर कोइरालाको संयोजकत्वमा बनाइएको तलबमान आयोगले तलबको विषयमा टुंगो लगाइसकेको, प्राधिकरणले तोकेको न्यूनतम शुल्क बमोजिम नै विजुलीको पैसा लिएको भन्दै यो आन्दोलनको कुनै तुक नभएको बताउनुभयो ।
कर्मचारीको मागलाई आफूहरुले कहिल्यै वेवास्ता नगरेको बताउदै प्रतिष्ठानको नियमावली अनुरुप प्रतिष्ठान अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उनीहरुले उठाएको माग पूरा गर्दा प्रतिष्ठानले आर्थिकभार खेप्न नसक्ने बताउनुभयो ।
कर्मचारीहरुको आन्दोलनलाई मध्यनजर गरी डा. गुरु खनालको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरी शुक्रबार एक चरण वार्ता गर्दा समेत उनीहरुले आन्दोलनलाई जारी रहेको छ । अनसनमा बसेका कर्मचारी भट्राईको स्वास्थ्य अवस्था बुझी उपचार गराउने उद्देश्यले डा. रविन भण्डारीको संयोजकत्वमा ४ सदस्यीय उपचार समिति गठन गरेर उपचार समेत जारी राखेको प्रतिष्ठानको भनाई छ ।
े प्रतिष्ठानले विगतमा नि:शुल्क रुपमा उपलब्ध गराएको कोठाको भाडा लिन थालेको, , बिद्युत शुल्क बढाएको र स्वास्थ्य बिमा शुल्क बढाको, १५ प्रतिशत बिजुलीको शुल्कबाट अहिले २२ दशमलव ७५ प्रतिशत वृद्धि गरेको र बिमा शुल्क ३० प्रतिशत बनाएको बनाएको भन्दै उनीहरु निरन्तर आन्दोलनमा उत्रिएका छन् । डा. शेखर कोईरालाको संयोजकत्वमा गठित उच्च तलबमान आयोगले सिफारिस गरे अनुसार १७ प्रतिशत तलब वृद्धि गरे पनि तल्लो तहका कर्मचारीको हकमा ज्यादती भएको कर्मचारीले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया