६७ औं गणतन्त्र दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न

धरान/नेपालको अत्यन्तै निकटको शक्ति सम्पन्न राष्ट्र भारतको ६७ औं गणतन्त्र दिवस नेपालस्थित रहेका भारतीय कुटनीतिक नियोगहरुमा विधि कार्यक्रमका साथ सम्पन्न भएको छ ।
धरानस्थित रहेको भारतीय राजदुतावास पेन्सन वितरण कार्यलयमा ६७ औं गणतन्त्र दिवस कार्यालय परिषरमा मनाइएको थियो । कार्यालय परिषरमा विहानैदेखि राष्ट्रभक्तिका गीत गुन्जिएका थिए भने चारैतर्फ झण्डाहरु फहराएका थिए । कार्यालय प्रमुख एवम् प्रभारी अधिकारी सेना मेडल मेजर सुनिलकुमार पालले झण्डोत्तोलन पश्चात वीर अमर शहीदको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । सैनिक विगुलका धुनमा सलामी सहित पुष्पहार अर्पण गर्दा उपस्थित भारतीय भूतपूर्व सैनिक, आमन्त्रित विशिष्ट व्यक्तिहरुका आाखा रसाएका थिए । सो अवसरमा कार्यालय
परिषरभित्र रहेको पोलिक्ििलनिक ९च्ऋज्क्० का डा. मेजर ए.के.सिंह लगायत अमन्य विशिष्ट सेवा निवृत्त भारतीय भूपूहरुले पनि सहीद स्मारकमा पुषहार अर्पण गर्दै आगन्तुक सबैमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भूपू विङ्ग कमाण्डर के गुरुङ्ग, प्रभारी अधिकारी सेना मेडल मेजर सुनिलकुमार पालले भूपू पत्रिकाको विमोचन गर्नुभएको थियो । ६ वटा भूपू तथा पि.पि.ओ. कर्मचारी बीचमा भएको खेलमा इटहरी शान्तिनगर स्थित एकता भूपू क्लब विजेता भएको थियो भने पि.पि.ओ. कर्मचारी ग्रुप उपविजेता भएको थियो । विजेता र उपविजेताला दुुवैलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ र सेना मेडल मेजर सुनिलकुमार पालले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
यसैगरी भारतीय राजदुतावास क्याम्प अफिस विराटनगरमा समेत उक्त दिन विशेष कार्यक्रमको आयोजना गरिएको थियो । क्याम्प अफिसका प्रमुख पि.के.चालियाले विहान झण्डोत्तोलन गर्नुभएको थियो भने सााझमा विराटनगरका उद्योगी, व्यापारी,
राजनीतिकर्मी, समाजसेवी, सञ्चारकमीर् हरुबीचमा जलपानसागै अन्तरक्रिया कार्यक्रम गरिएको थियो । आगन्तुकहरुलाई कार्यालय प्रमुख चालिया र द्वितीया सचिव शरजित सिंहले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया