धरान/अब नेपालमा बसोबास गर्ने कुनैपनि भारतीय भूतपूर्व सैनिकहरुले औषधोपचारको अभावमा अनाहकमा ज्यान गुमाउनु नपर्ने भएको छ । सेवा निवृत्त पश्चात यहाा बसोबास गर्दै आएका भूतपूर्व भारतीय सैनिक एवम् तिनका आश्रित परिवारको जटिल भन्दा जटिल रोगको औषधोपचारका लागि भारत सरकारले पेन्सन अफिसमा सञ्चालित अत्याधुनिक पोलिक्लिनिक हुादै यहााका प्रतिष्ठित अस्पतालसागै भारतमा ठूला र सुविधा सम्पन्न अस्पतालमा समेत नि:शुल्क उपचारको व्यवस्था मिलाएपछि भूपूहरु स्वास्थ्य उपचारको समस्याबाट निश्चिन्त भएका हुन् ।
भारत सरकारले आÏना भूतपूर्व सैनिकहरुका लागि स्वास्योपचार मात्र हैन अनेकौ लोककल्याणकारी योजनाहरु सञ्चालन गर्दै आएको छ भने प्रत्येक बर्ष यस्ता सुविधाहरुमा बृद्धि समेत गर्दैै आएको छ । पूर्वाञ्चलमा हाल १६ हजार पााचसय भारतीय भूतपूर्व सैनिहरु बसोबास गर्दै आएका छन् । भूतपूर्व सैनिकहरुलाई भारत सरकारले आÏनो अभिन्न अंगकै रुपमा लिएका कारण उनीहरुलाई लक्षित गरी कैयौ लोककल्याणकारी योजनासागै स्वास्थ्योपचारलाई प्राथमिकता दिादै आएको भारतीय दुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी सेना मेडल सुनिलकुमार पाल बताउनुहुन्छ ।
भ्ह(क्भचखष्अझभल ऋयलतचष्दगतयचथ ज्भबतिज क्अजझभ ९भ्ऋज्क्०
भ्ऋक्ज् प्रोगाम भारत सरकारले आफ्ना भूतपूर्व सैनिक, तिनका आश्रित परिवारहरुका लागि १० अप्रिल २००३ देखि भारतमा लागू गरे तापनि नेपालमा यो योजना केही बर्ष अगाडि मात्र लागू भएको हो । यो योजना मभाभलअभ, उबचब(mष्ष्तिबचथ र अष्खष् ि
उभलकष्यलभच मा लागू गरेको छ ।
धरान, पोखरा र काठमाण्डौमा रहेको आÏना पोलिकिलनिकहरुमा उपचार सम्भव नभएको अवस्थामा नेपालका अन्य सुविधा सम्पन्न सरकारी अस्पताल, निजी अस्पताल तथा भारतकै निजी तथा सरकारी अस्पतालमा उपचारका लािग पठाउन सक्ने छ । नेपालका सन्दर्भमा भारतीय राजदुतावासका रक्षा सहचरी विभागले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराटनगर अस्पताल प्राइभेट लिमिटेड विराटनगर, बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, टिचिङ्ग अस्पताल काठमाण्डौ, मणिपाल मेडिकल कलेज
पोखरासाग समझौता गरिसकेको छ । यी अस्पतालहरुमा मात्र (आर.एम.डिएफ) सहायता दिइने छ । यदि निजी अस्पतालमा उपचार गराएको हो भने सरकारी अस्पताले रिफर गरको हुनुपर्नेछ ।
कतिपय अवस्थामा विरामीहरु सम्झौता भएका अस्पतालमा पुग्न नसक्ने हुन्छन् । आकस्मिक रुपमा अस्पताल भर्ना हुनुपर्नेै अवस्था हुनसक्छ । त्यस्तो अवस्थामा
विरामी तथा निजका आफन्तले ४८ घण्टाभित्रमा पेन्सन कार्यालय वा त्यहाा सञ्चालित पोलिक्लिनिकमा जानकारी गराउनुपर्ने हुन्छ । भारत सरकारले ल्याएको भ्ऋज्क् प्रावधान अनुरुप स्थानीय स्तरबाटै सम्पूर्ण
रोगको उपचार आफ्ना भूपूहरुले पाउन भन्ने उद्देश्यले २०७१ पौष १४ गते अर्थात २९ डिसेम्बर २०१४ सोमबार दिन भारतीय
राजदुतावास कामाण्डौको रक्षा सहचरी
९म्भाभलअभ ब्ततबअजभ० कर्णेल मनराज मान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दाशका बीचमा सम्झौता भएको थियो । पहिलो सम्झौता दुई बर्षका लागि भएको थियो । पछि यो सम्झौता पुन: थप हुार्दै जाने कुरा भारतीय राजदुतावसका रक्षा सहचरी कर्णेल मनराज मानले बताउनु भएको थियो । सेवा निवृत मभाभलअभ, उबचब(mष्ष्तिबचथ र अष्खष् िउभलकष्यलभच हरुले सहज ढंगले यहााका स्तरीय अस्पतालबाट जटिल भन्दा जटिल उपचार सेवा पाऊन भन्ने उद्देश्यले उक्त सम्झौता गरिएको थियो । प्रतिष्ठानबाट त्यस्ता भारतीय भूपूहरु मध्ये हालसम्म पााचसय ८६ जनाले कार्डियोलोजी, कार्डियो थमरी, न्यूरो लगायतका सुविधा लिइसकेका छन् । यसैगरी विराटनगर अस्पताल प्राइभेट लिमिटेडमा एकसय ३ जनाले स्वास्थ्य सेवा लिइसकेका छन् । यसरी उपचार गराउदा लागेको सम्पूर्ण उपचार खर्च दूतावास मार्पत नै सम्बन्धित अस्तापलले प्राप्त गर्छन् ।
एयथि ऋष्लिष्अ(म्जबचबल
े भारतीय दुतावास पेन्सन वितरण कार्यालय धरानको हातामा सुविधा सम्पन्न पोलिक्लिनिक रहेको छ । पेन्सन वितरणको अलावा पोलिक्लिनिकबाट भूतपूर्व भारतीय मभाभलअभ, उबचब :ष्ष्तिबचथ र ऋष्खष् िउभलकष्यलभच हरुले उपचार सेवा समेत लिइरहेका छन् ।
पेन्सन क्याम्प अफिसको रुपमा सन् १९५९ सालमा धनकुटामा अफिस खोलिए तापनि पछि त्यसलाई सन् १९६८सालमा धरानमा स्थानान्तरण गरिएको थियो । त्यसबेला भूपूहरुलाई पेन्सनसागै अस्थायी रुपमा भएपनि औषधि उपचार दिन थालियो । सन् १९९३ मार्च ९ देखि भने पेन्सन कार्यालयकै हातामा आजको पोलिक्लिनिकबाट उपचार र औषधि वितरण थालियो ।
पोलिक्लिनिक ९भ्ऋज्क्० का डा. मेजर एके सिंहका अनुसार सन् १९८३ मार्च ८ तारिखदेखि नै यहााबाट चिकित्सकीय सेवा भारत सरकारले आÏना भूपपूहरुलाई दिादै आएको छ । हाल पोलिक्लिनिकमा दुई जना एमविविएस डाक्टर, एक डेन्टिस्ट, दुई जना नर्सिङ्ग स्टाफ (एकजना पुरुष र एक जना महिला), एकजना ल्याव टेििक्नसियन, एकजना एक्सरे टेक्निसियन, एक क्लर्क, एक एडम, एक पियन, एक वार्ड सहायक कार्यरत रहेका छन् । एक प्याथोलोजी ल्याप, दुई एक्स–रे मेसिनबाट भूपूहरुलाई सेवा प्रदान गरिरहेको छ । डा. मेजर सिंह भन्नुहुन्छ पोलिक्लिनिकबाट भूपू तथा तिनका आश्रित परिवारले पाउने सुविधाका अलवा दुई तीन महिनाको अन्तरालमा भारतबाट आउने मेडिकल विशेषज्ञको टोलीले थप सेवा प्रदान गर्ने गरेको छ । त्यसरी आउने मेडिकल टिममा एक मेडिकल स्पेशलिष्ट, एक आाखा र एक दाातका डाक्टरसहित ८/१० जना हुन्छन् , त्यसरी आउने टिमले आफूसागै औषधि समेत लिएर आउाछन् । उनीहरु पोलिक्लिनिकमा मात्र बस्दैनन् । पेन्सन वितरण कार्यालयले जाहाा जहाा पेन्सन क्याम्प सञ्चालन गर्छ उनीहरु त्यहाा त्यहाा पुगेर स्वास्थ्य परीक्षण र औषधि वितरण समेत गर्छन । डा. मेजर सिंहका अनुसार पोलिक्लिनिकमा इमरजेन्सी, डेन्टल, आाखा लगायतको उपचार हुन्छ । यहाा सम्भव नभएमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराटनगर अस्पताल प्राइभेट लिमिटेडमा रिफर गछौं । भारतीय
राजदुतावास डिफेन्स विभागले यी अस्पतालमा सम्झौता गरेकोले हामी यहाा उपचार सम्भव नभएका भूपूहरुलाई त्यहाा रिफ गछौंं, सिंहले भन्नुभयो ।
डा. मेजर सिंहका अनुसार गत
जनवरी देखि हालसम्म पोलिक्लिनिकमा १२ हजार ८ सय १८ जनाको उपचार भइसकेको छ । जसमध्ये भ्ऋज्क् को सदस्यता लिएका ५ हजार ६ सय ८७ जना थिए भने सदस्यता नलिएकाहरु ७ हजार १ सय ३१ रहेका
थिए । यीमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ सय ८६ जना विराटनगर अस्पताल प्राइभेट लिमिटेडमा १ सय ३ जना भारतका भ्ऋज्क् एयष्अिष्लिष्अकर:ष्ष्तिबचथ ज्यकउष्तब िमा ३० र भ्ऋज्क् का सदस्यता नलिएका भूतपूर्व सैनिक सैनिक १ सय ३४ जनालाई यहााबाट उपचारका लागि सैनिक अस्पतलामा रिफर गरिएको
छ । यहाा स्मरणीय कुरा के छ भने १ सय ३ बर्षका भूतपूर्व हवल्दार देवीबहादुर सुनुवार, ९५ बर्षका राइफल मेन देवबहादुर थापा र ९७ बर्षका राइफलमेन बुद्धिमान थापाजस्ता बृद्धले पनि पोलिक्लिनक धरानबाट उपचार गराइरहेका छन् ।
लोककल्णकारी योजनाहरु
भारत सरकारले पूर्वाञ्चलमा बसोबास गर्ने पेन्सनर र उनीहरुका परिवारलाई प्रदान गर्ने कैयौ लोककल्याणकारी योजनाहरु रहेका छन् । पूर्वाञ्चलमा १६ हजार ५ सय भूपू र तिनका आश्रित परिवार गरी झण्डै एक लाखको बसोबास रहेको छ ।
लोककल्याणकारी योजनाबाट स्वीकृत (आर.एम.डिएफ) मा विवाह खर्च, घर पुन: निर्माणको लागि खर्च, महिनावारी आर्थिक सहायता, गरिबी आर्थिक सहायता, नानीहरुको शिक्षाका लागि ट्युशन शुल्क, होस्टल शुल्क, किताव कापी खरिद खर्च, स्कुल पोसाक खर्च, कक्षा ५ देखि एसएलसीसम्मको शिक्षा सहायता, कक्षा ११ देखि स्नातकसम्मको खर्च, उच्च शिक्षा सहायता, शिक्षा तालिमको सहायता, महात्मागान्धी शिक्षा सहायता, अपांग शिक्षा सहायता, गोल्डेन जुब्ली सहायता लगायत रहेका छन् । यसैगरी असम राइफल्स तर्फ पनि दर्जनौ लोककल्याणकारी योजनाहरु स्विकृत भएका छन् । जसमा विधवाको एक छोरा वा एक छोरीको विवाह खर्च, काजक्रिया खर्च, ७५ बर्ष नाघेका पेन्सनर तथा उनकी श्रीमतिलाई बृद्धभत्ता, दैवी प्रकोप सहायता, कक्षा ९ देखि एमविविएस वा इन्जिनियरिङ्गवापत शिक्षा सहायता,
अौषधोपचार खर्च, दाातको सेट, चश्मा भत्ता आदि रहेका छन् । यो सुविधा १९७८ यता रिटायर्ड हुनेहरुका लागि मात्र उपलब्ध
गराइएको हो ।
दिक्तेलका भूपूहरुलाई एम्बुलेन्स
भारत सरकाले भूतपूर्व भारतीय सैनिकहरुको बासोबास गरेको स्थानमा अनेकौ लोककल्याणकारी कार्यहरु गर्दै आएको छ । खानेपानी, विद्यालय भवन निर्माण, सडक निर्माण, छात्रावास निर्माण लगायतका कार्यहरु गरेको छ ।
६७ औं गणतन्त्र दिवसका अवसरमा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानको आग्रहमा खोटाङ्गको दिक्तेलका भूपू संघलाई एक एम्बुलेन्स प्रदान गरिने भएको छ । यस भन्दा अगगाडि शान्तिनगर
इटहरी, मोरङ्गको पथरी, धरानलाई एम्बुलेन्स प्रदान गरिसकेको छ । यसका अलावा भाषी उच्च माविलाई स्कुल बस समेत दुतावासले उपलब्ध गराएको छ ।
यसका अलावा पेन्सन वितरण कार्यालय धरानले आफ्ना भूपूहरुका लागि स्थापना कालदेखि नै घर आागनमै पेन्सन लगायतका अन्य सुविधा उपलब्ध गराउादै आएको छ । ६/६ महिनाको अन्तरालमा पेन्सन वितरण कार्यालयले पहाडी जिल्लामा रहेका आफ्नो डिष्ट्रिक सोल्जर बोर्डमार्फत त्यहाा बसोबास गर्नेै भूपूहरुलाई पेन्सन, औषधोपचार तथा अन्य लोककल्याणकारी योजनाहरु प्रदान
गर्दै आएको छ । पेन्सन वितरण कार्यालय धरानले इलाम, पााचथर, ताप्लेजुङ्ग, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सोलुखुम्बुमा रहेका सोल्जर बोर्डमार्फत पेन्सनसागै चिकित्सकहरुको मेडिकल टिम समेत लगेर भूपूहरुको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिरहेको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी सेना मेडल सुनिलकुमार पाल बताउनुहुन्छ । यसका अलावा भूपूहरुका नानीका लागि
धरानस्थित रहेको डिपिएस र भारतका प्रख्यात कलेजहरुमा केही सिट समेत छुट्याइएको
छ ।
