सुनियोजित प्रचार गरिएको भारतीय नाकाबन्दीले तस्कर र आयल निगमका कर्मचारी मालामाल ट्यांकरका ट्यांकर तेल उद्योगलाई बढी मूल्यमा : व्यवसायी र सर्वसाधारण कलो बजारीकै भरमा

धरान/सुनसरीको श्रीपुरबाट प्रहरीले सोमबार ग्यालेन र जर्किनमा भारतीय बजारबाट खरिद गरेर ल्याएको एक हजार आठ सय लिटर डिजल एक पिकअप भ्यान र तीनलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढायो ।
दुई दिन अगाडिमात्र नेपाल आयल निगमको क्षेत्रीय कार्यालयको मिलोमत्रामा वीरगञ्जको एक उद्योगले चालीस हजार लिटर डिजेल रु १ सय २२ का दरले लिएर जाादा प्रहरीले त्यसलाई पक्राउ गरेन । ट्यांकरका ट्यांकर तेल उद्योगलाई आयल निगमकै कर्मचारीको मिलेमतोमा बढी मूल्य लिएर विक्री गर्दा सम्बन्धित निकाय मौन बस्नु तर सामाय रुपमा भारतीय बजारबाट आफ्नो प्रयोजनका लागि खरिद गरेर ल्याउादा चोरीको आरोपमा प्रहरीले पक्राउ गर्नुले सरकारको नियममाथि नै गम्भीर प्रश्न खडा भएको छ ।
सुनियोजित प्रचार गरिएको
भारतीय नाकाबन्दीले तस्कर आयल निगमका कर्मचारी यतिबेला मालामाल भएका छन् । मधेश आन्दोलनले निम्त्याएको असहजतालाई सरकारले भारतीय नाकाबन्दीको खोल ओढाएर तस्कर र कर्मचारीलाई मोटाउने अवसर दिएको स्वयम् व्यवसायीहरु बताउाछन् । विगत पााच महिनादेखि जारी मधेश आन्दोलनका क्रममा जनजीवन नराम्रो साग प्रभावित भए पनि कुनैपनि उद्योगहरु बन्द प्राय: भएका छैनन् । उद्योग सञ्चालनका लागि उनीहरुले इन्धन कहााबाट पाइरहेका छन् त ? पछिल्ला दिन तेल आायात ह्वात्तै बढेपनि सर्वसाधारणले सहज ढंगले पम्पहरुबाट तेल पाउन नसक्नुको रहस्य के हुन सक्छ ? यस सम्बन्धमा हामीले नेपाल आयल निगमका विराटनगरस्थित क्षेत्रीय प्रमुख भुवन रेग्मीसाग सम्पर्क राख्दा सम्पर्क हुन सकेन । निगमकै वितरण प्रमुख बासु भण्डारीसंग सम्पर्क राख्दा उहााले भन्नुभयो बजारमा जे जस्तो हल्ला छ त्यो गलत हो ।
वितरण प्रमुख भण्डारी भन्नुहुन्छ, केही दिन यता तेल आपूर्तिमा सहजता देखिएको छ । हामीले आपूर्तिको मात्रालाई हेरेर आइतबार, मंगलबार र विहीबार मोरङ र सप्तरीका पम्पहरुलाई र सोमबार, बुधबार, शुक्रबार सुनसरी, सिराहा लगायतका जिल्लामा पेट्रोल दिने व्यवस्था मिलाएका छौं । आइतबार सोमबार मूल्य घट्ने हल्लाले नै व्यवसायीहरुले तेल उठाएनन् । मूल्य पनि घट्यो । एकातिर तेल आयात सहज भएको बताइरहादा बजारमा वा पम्पहरुमा तेल पाइादैन भने अर्कातिर निगमको डिपोमा स्टक राख्ने ठाउा नै नभएको भनाइप्रति भण्डारी भन्नुहुन्छ, हामीसाग स्टक फुल छ । यो केन्द्रकै निर्देशन अनुसार भएको हो । कि त हामीलई स्टकबाट तेल वितरण गर्नु भनेर केन्द्रले निर्देशन दिनुपर्‍यो हैन भने त्यो हामी चलाउन सक्दैनौं । उहााले थप्नुभयो, हुन त यतिबेला स्टक बृद्धि गर्ने बेलै होइन । अभाव र अस्तव्यस्त भएको बेला स्टक राखेर सर्वसाधारण, व्यवसायीलाई मार पनेर् काम गर्नु हुदैन । तर भोलिका दिनलाई ध्यानमा राखेर केन्द्रले यो नीति अख्तियार गरेको हुनुपर्छ ।
एउटै उद्योगलाई रातारात अन्यत्रको सिफारिस बनाएर ४० हजार लिटर डिजल दिएको प्रसंग कोट्याउादा वितरण प्रमुख भण्डारी भन्नुुहुन्छ, यो सरासर गलत हो , प्रशासनको सिफारिस बिना हामीले एक थोपा पनि त्यसरी कुनै उद्योगलाई डिजल उपलब्ध गराएका छैनौं । फेरि वीरगञ्चको उद्योगलाई हामीले यहााबाट तेल दिने
कुरा पनि आउादैन । उनीहरुले सीमा नाकाबाट तस्करहरुसाग किनेर लिएर गएका हुन सक्छन् । उनीहरुले तेल पाउने नै हो भने अमलेखगञ्ज डिपोबाट पाउन सक्छन्, यहााबाट त सम्भवै छैन । उहााले भन्नुभयो पूर्वाञ्चलका १६ जिल्लामध्ये चारवटा जिल्लाई १ लाख ५० हजार र १२ वटा जिल्लालाई २ लाख ५० हजार लिटर डिजल छुट्याएको छ । वास्तवमा भन्ने हो भने १२ वटा जिल्लालाई यो
परिमाण थोरै भयो । यसलाई हाम्रो आपूर्ति क्षमता हेरेर बढाउने नीति लिएका छौ्र, भण्डारीको कथन थियो ।

तपाईको प्रतिक्रिया