मोरङ । मोरङको उर्लाबारी–४ नमुना चोकमा रहेका एक अशक्त दम्पती कमल र कमला श्रेष्ठको घर स्थानीय युवाको श्रमदानमा निर्माण सुरु गरिएको छ । सहयोग सङ्कलन समितिका सहसंयोजक सरोज बस्नेतका अनुसार करिब रु दुई लाखमा दुई कोठाको पक्की घर निर्माण गरिने छ । शारीरिक रुपमा अशक्त रहेको र घर अति नै जीर्ण रहेको कारण सहयोगस्वरुप निर्माण थालिएको हो । श्रेष्ठ दम्पतीको अवस्था ज्यादै कष्टकर भएको र घर निर्माण गर्न अति आवश्यक रहेको अवस्थामा घर निर्माण अभियान थालिनु महान् कार्य भएको स्थानीय युवा मधु लिम्बूको भनाइ छ । अभियानका संयोजक पूर्ण्सिङ लिम्बू, सहसंयोजक सरोज बस्नेत, महासचिव किशोर श्रेष्ठ, कोषाध्यक्ष सञ्जिव बुढाथोकी, सदस्य विजय धिमाल, विवेक हिङ्माङ, तेजनारायण राजवंशी, तेजन खड्कालगायतको टोली घर निर्माणमा सक्रियतापूर्वक लागेको छ । प्यारालाइसिसका कारण थलिएका कमल भन्छन् – ँम नथलिएको भए घर आफौ बनाउाथो होला, घर बनाउन सहयोग गरेकोमा खुसी छु ।’ कमलकी श्रीमती कमला भने प्रष्ट बोल्न, सुन्न र देख्न सक्ने अवस्थाको नभए पनि जसोतसो गरेर मागेर ल्याएर खुवाउने गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीले भौतिक सामान तथा रकम सहयोग गर्न थालेपछि ती दम्पतीको घर निर्माण सुरु गरिएको हो

मोरङ । मोरङको उर्लाबारी–४ नमुना चोकमा रहेका एक अशक्त दम्पती कमल र कमला श्रेष्ठको घर स्थानीय युवाको श्रमदानमा निर्माण सुरु गरिएको छ ।
सहयोग सङ्कलन समितिका सहसंयोजक सरोज बस्नेतका अनुसार करिब रु दुई लाखमा दुई कोठाको पक्की घर निर्माण गरिने छ ।
शारीरिक रुपमा अशक्त रहेको र घर अति नै जीर्ण रहेको कारण सहयोगस्वरुप निर्माण थालिएको हो । श्रेष्ठ दम्पतीको अवस्था ज्यादै कष्टकर भएको र घर निर्माण गर्न अति आवश्यक रहेको अवस्थामा घर निर्माण अभियान थालिनु महान् कार्य भएको स्थानीय युवा मधु लिम्बूको भनाइ छ ।
अभियानका संयोजक पूर्ण्सिङ लिम्बू, सहसंयोजक सरोज बस्नेत, महासचिव किशोर श्रेष्ठ, कोषाध्यक्ष सञ्जिव बुढाथोकी, सदस्य विजय धिमाल, विवेक हिङ्माङ, तेजनारायण राजवंशी, तेजन खड्कालगायतको टोली घर निर्माणमा सक्रियतापूर्वक लागेको छ ।
प्यारालाइसिसका कारण थलिएका कमल भन्छन् – ँम नथलिएको भए घर आफौ बनाउाथो होला, घर बनाउन सहयोग गरेकोमा खुसी छु ।’ कमलकी श्रीमती कमला भने प्रष्ट बोल्न, सुन्न र देख्न सक्ने अवस्थाको नभए पनि जसोतसो गरेर मागेर ल्याएर खुवाउने गरिएको छ ।
देश तथा विदेशमा रहेका नेपालीले भौतिक सामान तथा रकम सहयोग गर्न थालेपछि ती दम्पतीको घर निर्माण सुरु गरिएको हो

तपाईको प्रतिक्रिया