पेट्रोलियम पदार्थको हाहाकार : पाच लिटर पेट्रोलको लागि १२ घण्टासम्म लाइनमा व्यवसायीले तेलको परिमाण बढाउन माग गदै प्रशासन गुहारेपनि केही गर्न नसक्ने प्रजिअको भनाई

धरान/पााच लिटर पेट्रोलको लागि धरान १८ का रितेश राई सोमबार बेलुका सात बजेदेखि नै लाइनमा बसे । मंगलबार धरानका पााचवटै पेट्रोल पम्बाट पेट्रोल बााड्ने सुनेका राईले एक रात सडकमै विताएर पााच लिटर पेट्रोल
पाए । पााच लिटर पेट्रोलका लागि एक रात अनिदो सडकमा बिताउनुपर्‍यो
राईले हाइ काट्दै भने ।
हुन त राईमात्र हैन मंगलबार पेट्रोल बााड्ने सुनेपछि धरानका पााचैवटै पेट्रोल पम्पमा मोटर साइकल, ट्याम्पु, निजी सवारी साधन कार जीपको दुई किलोसिटमर सम्म लामो लाइन लागेको थियो । रातभरि सडकमै विताएपनि तेल नपाएर अमिलो मुख लगाएर केही त्यसै फर्कन बाधय भएका थिए ।
त्यसरी लाइनमा लागेर पेट्रोल पाउने र नपाउने दुवैको आक्रोस सरकारमाथि नै थियो । धरान १५ की विनिता सुब्बा स्कुटीमा तेल हाल्न रातको ३ बजेदेखि नै लाइनमा बसेको बताउदै भनिन् चुतिया सरकारले साह्रै दु:ख दियो । यस्तो हैरानी त कहिल्यै व्यहोर्नु परेको थिएन ।
मधेशवादी दलहरुको आन्दोलनका कारण आन्तरिक सुरक्षाको अवस्था देखाउदै भारतबाट आपूर्ति कम हुादा तेल उपलब्ध गराउन नसकेको इण्डियन आयल निगमले बताउदै आएको छ । केही दिन विराएर नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले धरान, इटहरी, पूर्वी पहाडी इलाका लगायतका स्थानमा अत्यन्तै न्यून मात्रामा डिजेल, पेट्रोल दिदै आएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले सोमबार धरानका लागि २७ हजार लिटर पेट्रोल दिएको थियो । धरानमा रहेका पााचवटा पेट्रोल पम्पहरुमध्ये श्याभक्त Ïयुल सेन्टरबाट ६ हजार लिटर, राजेश अटो मोवाइल्सबाट ६ हजार, जय श्री ट्रेडिङ्गबाट ६ हजार, अरुण पेट्रोलपम्पबाट ६ हजार र हिमालय सर्भिस स्टेशनबाट ३ हजार लिटर पेट्रोल वितरण भएको थियो । अन्य सबै पेट्रोल पम्पबाटबाट ६ हजार लिटर पेट्रोल वितरण भएपनि हिमालय सर्भिस स्टेशनबाट ३ हजार लिटरमात्र वितरण भएको सम्बन्धमा हामीले हिमालय सर्भिस स्टेशनका सञ्चालक धुव्रराज घिमिरेसाग सम्पर्क राख्दा उहााले भन्नुभयो यो आयल निगमको मनपरी हो । कसैलाई ६ हजार दिन्छ, कसैलाई ३ हजार लिटर मात्र दिन्छ । डिजेलमा पनि यस्तै अनियमितता भएको छ । आयल निगमका कर्मचारीको चाकडी गर्न सक्ने र पहुाच हुनेहरुले ९ हजार लिटरसम्म ल्याएको बुझिएको छ, उहााले भन्नुभयो ।
लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक सवारी साधनलाई दूरी हेरेर व्यवसायी र प्रशासनको सिफारिसमा ट्राफिकले डिजलको कुपन उपलबध
गराउदै आएको छ । सिद्धार्थ यातायात व्यवसायी संघकका अध्यक्ष समेत
रहनु भएका धुव्रराज घिमिरे भन्नुहुन्छ इटहरीबाट पहाडतर्फ जाने बसलाई १ सय ६० लिटर, धरानबाट पहाड तर्फ जाने बसलाई १ सय ४० लिटर,, तेह्रथुम जाने माइक्रोबसलाई ४५ लिटर, हिलेसम्म जाने माइक्रोलाई ३५ लिटर, धरान–इटहरी चल्ने माइक्रोलाई १५ लिटर, बसलाई ३० लिटर र धरानबाटपूर्व जाने बसलाई ३५ लिटर डिजेल उलब्ध
गराउादै आएको छ । यसैगरी एम्बुलेन्सलाई दूरी अनुसार, टेलिकमलाई दैनिक १ सय लिटर, केवुल,, टेलिभिजन र एनसेललाई १ सय लिटर बााडेर दिने गरिएको छ भने निजी सवारी साधनहरुलाई, मालबाहक सवारी साधनहरुलाई डिजेलको कुनै व्यवस्था गरिएको छैन । इटहरी तथा धरानका पेट्रोल पम्पमहरुमा एक महिना लामो समयदेखि पार्किङ्ग गरेर राखिएका मालबाहक सवारी साधन डिजेल अभावकै कारण आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् ।
इटहरी उपमहानगरपालिकाको इटहरी पकली सडक खण्ड अन्तर्गत न्यू स्यार्सेकाली पेट्रोल पम्पमा २० दिनदेखि पार्किङ्ग गरेर राखिएको एक मालबाहक ट्रकका चालक भन्छन यस पटकको दशै सडकमै वित्ने भयो । हेटौडा वडा नं. १० घर भएका सविन स्याङ्गतानले भने २० दिनदेखि अगाडि स्कर्टिङ्गमा माल लिएर आइयो अहिले फर्किने बेलामा तेल छैन । कसरी पुग्नु ? यसै सम्बन्मा आइतबार इटहरीका ट्रक व्यवसायी र पेट्रोलियम डिलरका सञ्चालकहरु सुनसरीका प्रमुख जिल्ल्ला अधिकारी रविलाल पन्थकोमा डेलिगेसन नै गएका थिए । कमसेकम उनीहरुलाई फर्कने तेलको व्यवस्था सम्म गरिदिनुपर्‍यो भन्ने व्यवसायीहरुको आग्रहमा प्रमुख जिल्ला अधिकारी पन्थले भन्नुभयो उहााहरुलाई थुम्थुम्याएर राख्नुहोस् । मैले अहिले केही गर्न सक्ने अवस्था छैन । खुकुलो भएको नाकाबाट आयात भएका पेट्रोल, डिजेल पनि काठमाण्डौ लैजाने निर्देशन भएको छ, पन्थले भन्नुभयो । पन्थले भने झो यतिबेला पूर्वी नाका कााकडभिट्टा विराटनगरको रानी भन्सारबाट आएको तेलमात्र पूर्वाञ्चलमा वितरण गर्ने हो भने पेट्रोलियम पदार्थको अभाव हुने थिएन । न्यून परिणाममा यहाा वितरण गरेर बााकी सबै स्कर्टिङ्गमा काठमाण्डौ लगेपछि यहाा किन अभाव नहोस् त ? एक पेट्रोलियम व्यवसायीले आक्रोस पोखे ।

तपाईको प्रतिक्रिया