धरानमा मनाइयो बौद्धिक अपांगता दिवस

धरान । बौद्धिक अपाङ्गता सशक्तिकरण केन्द्र, धरानको आयोजनामा तथा बौद्धिक अपाङ्गता अभिभावक महासंघ, नेपालको सहयोगमा प्रथम राष्टिूय बौद्धिक अपाङ्गता दिवस धरानमा भव्य रूपमा सम्पन्न भएको छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, सहभागिता तथा समावेशीकरणप्रति समाजमा जागरण अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम विविध गतिविधिहरूका साथ सम्पन्न गरिएको हो । बौद्धिक अपाङ्गता अभिभावक महासंघ, नेपालको स्थापना दिवसलाई स्मरण गर्दै उक्त दिनलाई प्रत्येक वर्ष राष्टिूय बौद्धिक अपाङ्गता दिवसका रूपमा मनाउने उद्देश्यले यस वर्षदेखि औपचारिक रूपमा सुरुवात गरिएको आयोजकले जनाएको छ । यस दिवसले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र सशक्तीकरणका विषयमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सरोकारवाला निकाय, अभिभावक र समुदायबीच सहकार्य तथा ऐक्यबद्धता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रम बौद्धिक अपाङ्गता सशक्तिकरण केन्द्र, धरानकी अध्यक्ष सान्तना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान १६ मा रहेको सुस्त मनस्थिति स्कुललाई अगाडि बढाउने कुरामा धरान उपमहानगरपालिकाले कुनै कसर नराख्ने बताउनुभयो ।

उहाँले यहाँको समस्यालाई मध्यनजर गरी धरान उपमहानगरपालिकासँग समन्वय गरेर अगाडि बढिरहेको बताउनुभयो ।उहाँले स्थानीय सरकारमात्र हैन नीजि क्षेत्र, विभिन्न संघ संस्थाले समेत यस विद्यालयलाई गर्ने सहयोग निरन्तर भइरहेको बताउदै यस विद्यालयका शिक्षक शिक्षिका, अभिभावकहरुले पु¥याएको योगदान समेत अतुनीय रहेको बताउनुभयो । सो अवसरमा राष्ट्रिय बौद्धिक अपाङ्गता दिवससम्बन्धी घोषणा–पत्र समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको नृत्य, खेलकुद तथा अन्य मनोरञ्जनात्मक प्रस्तुति पनि समावेश गरिएको थियो । उक्त कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो, जसमा बौद्धिक अपाङ्गता भएका बालबालिका, उनीहरूका अभिभावक, संस्थाका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी रहनु भएको थियो । सहभागीहरूले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सामाजिक समावेशीकरण तथा सशक्तीकरणका लागि सबै पक्षबीच सक्रिय सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया