घण्टाघरबाट हेर्दा

काँग्रेसबाट आउट गर्ने रे
लाउरेसका बाख्रे साहेबले अस्तिका दिन बडो गज्जबको निर्णय गरेछन् । बोल्नमा केपी ओली गोता गा’का बाख्रेले जेठ २१ गतेसम्म क्रियाशील सदस्य नविकरण नगरे लाउरेसबाटै आउट गर्दिने रे । गज्जब छैन त निर्णय ? संसद छिर्न औकात समेत नभएका, ताइ न तुइको हावादारी गफ दिएर काँग्रेसको हुर्मतै लिएका छन् । जरा, फेद, टुप्पो खै के जाति हो कुन्नि अभियान चलाउँदा गोडा दशेक जना भेला गर्न नसक्नेले बालेको कुरामा कस्ले विश्वास गर्ने ? बाख्रे साहेबले सक्रिय सदस्यता नविकरण नगर्नेलाई आउट गर्नै पर्दैन । भकाभक आफै आउट हुँदैछन् । आइदेऊ सक्रिय सदस्यता नविकरण गरिदेऊ भन्दा पनि फर्कनेवाला छैनन् । सक्रिय सदस्यता नविकरण गर्दा घरव्यवहार चल्ने हो र ? जागिर पाइने हो र ? अब त कहीँकतै अरु कसैले नपत्याएकाहरू मात्र लाउरेसमा लाज पचाएर बस्लान् जस्तो छ । लाउरेसको कार्यकर्ता हुँ भन्दा पनि भक्कु गाली खाइने, उस्तै परे भकुराइ पाइने अवस्था छ । फकाएर, मुसारेर, हातै जोडेर कार्यकर्ता टिकाउनुपर्नेमा आउट गर्न धम्की ? पाँच वर्षसम्ममा त लाउरेस कार्यकर्ताविहीन भएर बाख्रे साहेब पनि अन्तै पलायन होलान् जस्तो पो छ ।
माकुने पूरै खु्स्किएछन्
संसदमा गएर विनावित्तामा चिच्याउनेहरू मात्र खुसीएका होलान् भन्या त संसद छिर्नै नपाएकाहरू पनि नराम्रोसँग खुस्किएका रै’छन् । अस्तिका दिन त्यो फोरफुटेड माकुने अन्टसन्ट बक्दै गरेको देखेपछि घण्टाघरलाई यो कुराको मालुम भयो । बुँचे बुँचे खुट्टा उचालेर माकुने अब चुप लागेर बसिन्न, बालेन सरकारविरुद्ध सडकमा उत्रन्छौं । बालेनलाई घिसार्छौं भन्दै थिए । पिण्ड खाने उमेर भएका माकुनेमा अलिकति सुझबुझ पलायो कि भन्ठान्या फुइयाँ हुनु ? मधेशतिर जथाभावी अन्टसन्टे बक्कोहरूलाई बुढुवा अब सढियाल गेल भन्छन् । माकुने नि सढियाएछन् । हुन त तिनले सडकमा उत्रन्छौं भनेर घुर्की लगाएको पनि निक्कै भयो । दुई चार जना भाडाका मान्छे लिएर निस्कियो भने मलद्वारका गालामा सुम्ला उठ्ने गरी प्रहरीले बजाउने त्रास तिन्लाई कम्ता छैन । त्यसैले यसो सामाजिक सञ्जालमा चिच्याएर आत्मसन्तुष्टि त लिनैप¥यो । कि कसो हौ बुँचु माकुने ?
बरिष्ठ नेता हुँ रे
कसैले तपाई भनोस् कि नभनोस आफै मपाई । अब हेरौ न प्रचण्डाउलाई अस्तिका दिन तिन्ले भन्या अहिले पनि म देशकै बरिष्ठ नेता हुँ रे । योग्यता र दक्षताका आधारमा आफू नै बरिष्ठ नेता हुँ रे । आफूलाई कसैले पछि पार्न सक्दैन रे । प्रचण्डाउले ठिकै भने । आजसम्म कुनै पार्टीका नेताले मन्दिर भत्काएका छन् ? पूजारी पण्डित मारेका छन् ? शिक्षकलाई रुखमा बाँधेर सुइरो रोपेर मारेका छन् ? सार्वजनिक बसमा बम हानेर सैयौलाई एउर्टै चियानमा पुरेका छन् ? विद्यालय चलाएका छन् ? बैंकबाट सुन र अरबौ रुपैया लुटेका छन् ? अरुको सम्पत्ति कब्जा ग¥या छन् ? हजारौ नागरिकलाई विस्थापित गरेका छन् ? व्यापारीलाई अपहरण गरेर चन्दा असुलेका छन् ? क्यान्टोमेन्टका नाममा अरबौ लुटेका छन् ? यस्ता महान काम त अरुले आजसम्म गर्नैसकेका छैनन् अनि प्रचण्डाउ बरिष्ठ नेता भएनन् त ? वात करता है ।
देश बीस बर्ष पछाडि गयो रे

लाउरेसका महामन्त्री प्रदीप पौड्यालले अस्तिका दिन भन्या पर्धानमन्तरी बालेन साहले देशलाई एकमहिनामै २० बर्ष पछाडि धकेले रे । के भन्या होला तिन्ले ? लाउरेस सत्तामा छँदा तनहुँको ५० औं रोपनी जंगल सुकुम्बासीका नाममा आफ्नो बाबुको नाममा दर्ता गराएको, स्वास्थ्य मन्त्री छँदा औषधि र इक्युपमेन्ट घोटाला गरेर अरबौ आर्जन गरेको, सग्लो पार्टी फुटाउन बाख्रे काजीको पछि दौडिएको कस्लाई थाहा छैन ? आफ्नो पोल छताछुल्ल हुने त्रासले अरुमाथि आरोप लगाएर चिच्याएर हुने त होइन । तीन महिनाको हनिमुन पिरियड सिद्धिएको छैन । पौड्यालले त बडो विज्ञ भएर मूल्यांकन गर्दैछन् । हुन त कागले आफ्नो नाम आफै काढ्छ भन्थे हो रै’छ । आफूले सत्तामा हुँदा के के अग्रगमनको काम ग¥यौ त्यसको फेहरिस्त चाहिँ लगाउन । राजनीतिको नाममा हावा कुरा ग¥या छ, बस्या छ । निर्वाचनमा जनताले किन नांगै बनाइदिए ख्याल छ ? बात करता है ।
हैट दूतावासकै जग्गा फाँक
लाउरेस र झालेमालेले सत्तामा छँदा देशभित्र मात्र नभएर देशबाहिर दूतावास राख्नका लागि खरिद गरेको जग्गा समेत बेचेर फाँक ग¥या रै’छन् । त्यसै यिनका विरुद्धमा जनता जाग्या हैन रै’छन् । अब हेरम न राजाको पालामा श्रीलंकाको कोलम्बो राजगिरियामा ११ रोपनी जग्गा किन्या रै’छ । जसमध्ये ७ रोपनी जग्गा बेचेर भ्याइदिएछन् । एम अरब रुपैयाँमा हुत्याइदिएको रै’छ । वाफ रे वाफ ! ०५६ पनि देशले कोल्टे फेर्छ भन्थे, उत्तानै प¥या रै’छ । अब उक्त जग्गा फिर्ता ल्याउन सरकारले निर्देशन दिएपछि पुराना दलका नेतामा टेन्सन शुरु भा’छ । त्यसैले त कोही यो सरकारलाई सडकमा घिसार्छौँ भन्दै रै’छन्, कोही राजीनामा गर्नुपर्छ भन्दै रै’छन् । देशभित्रकै बालुवाटारको जग्गा भ्याइदिनेले त्यति टाढा श्रीलंकाको जग्गा इदिनुचाहिँ अनौठो होइन, कि कसो हौ ?
चित्रको विचित्र गनगन
पिण्ड खाने बेलामा पनि राजनीतिको रोटी सेक्न व्यस्त रहेका चित्रहादुर केसीको यतिबेला विचित्रको गनगन दे्रख्न र सुन्न थालिएको छ । हुन त खुकुरीलाई दापमा हाल्यो भने हतियार, गिलासमा हाल्यो भने रम अनि बट्टामा हाल्यो भने चुरोट भनेझै आफूलाई गणतन्त्रवादी भन्ने तर सहियताको विरोध गर्ने केसीलाई यतिबेला उद्युम छट्टपट्टी भा’छ । अस्तिका दिन बालेन साह राजा ल्याउन नै राजनीतिमा आएको भने । हैन यो त अत्यन्तै खुशीको कुरा हो । बुढाले कहााबाट सुइँको पाएछन् कुन्नि ? नेपाली जनता यो दिन कहिले आउाछ भनेर पर्खिएर बस्या छन् । गणतन्त्र नेपाली जनताका लागि गलगाँड पासो भैसक्या छ । हुन त ती बुढा पनि सद्धे त कहाँ हुन् र ? आखिरी कम्निष्ट माने कमनिष्ठा भएका न परे । निर्वाचनमा कहीँकतै एक सिटसम्म जित्ने औकात नभएर पनि लिखरिक लिखरिक झोला बोक्नचाहिँ छाडेका छ्रैनन् ।
फ्याउरा र स्यालको विजोग
देशमा अहिले Ïयाउरा र स्यालहरुको विजोग भएको छ । हुन त Ïयाउरा र स्यालहरुलाई अरुको घरको कुखुरा चोर्न नपाउँदा कुकुरको भुकाई मन नपर्नु स्वभाविक हो । अहिले यस्तै भएको अक्टोपस झै चौतर्फी लुटेर खाने बानी परेकाहरुलाई विकास र सुशासन मनपर्ने कुरापनि भएन । झोलेहरुको धन्दामा पूरै मन्दी आएपछि बहुलाउन थाल्या छन् । यतिका बर्षदेखि लागेको बानी सहज जाने कुरापनि भएन । मिहनत गर्नु हुँदैन, काम धन्दा गर्नु हुँदैन । इजी मनी हसुरेकोे बानी । ख्याल अप्ठेरो प¥या छैन । यतिबेला Ïष्याउरा र स्यालहरु झल्झल्ती सम्झिराखेका छन ठेकेदारलाई तर्साएर, धम्क्याएर माल झारेको, कर्मचारीहरुको सरुवा बढुवाबाट माल झारेको कुरा अहिले आएर विचरालाई एकादेशको कथा झै भएको छ । दिन आउँदा अति नगर्नु त्यसै भन्या हैन । अब अहिले डुकु भएर लिन्ठिङ्ग हिड्नु प¥या छ ।
अन्तेमा
सुस्ला आमै पर्धानमन्तरी बालेन्द्र साहसँग किन त्यति साह«ो चिढिएकी र च्याठिएकी होला भनेर घण्टाघरलाई ख्याल खुल्दुली लाग्या थिएन । बालेन्द्रलाई छोरा भनेर हिड्ने आमै एक्कासी च्याठिएपछि केही कुछ राज त हुनैप¥यो । पर्धानमन्तरी भएसी आमैले ५ करोड मूल्य बराबरको सार्वजनिक सम्पत्ति मिचेर बनाएको संरचना टोखा नगरपालिकाले बाङ्गबुङ्ग बनाइ दिएछ । आमैका पूर्व स्वकीय सचिवलाई अध्यादेश ल्याएर पदमुक्त गरिदिएछन् । आमैले हिड्ने बेलामा प्रकृति सरक्षण कोषमा ठाडो नियुक्ति द्या रै’छिन् । अर्कौचाहिँ आमैले राज्यबाट दोहोरो सुविधाा लिएकी रै’छिन् । दुई वटा ल्याण्ड क्रुजर गाडी बालेन्द्रले खोसीदिएछन् । आफनै सहयोगले पर्धानमन्तरी भएको ब्यक्तिले आफ्नै सबैी सुविधा, नियुक्त, घर बनाएको जग्गमा डोजर चलाइदिएपछि आमैको कन्सिरी तातिएको रै’छ । त्यसैले त मलाई आमा सामा नभन्नु बालेन्द्रकी जोइलाई भन्नु भन्दै उफिदा रै’छिन् । चाट्न, खान, पाउदा मात्र त सबै आफ्ना हुने रै’छन् । फेरि आमा कानुन भन्दा माथिकी पनि हैनन् । त्यही कानुनले अरुको सुविधा खोसिदा हुने, नियुक्ति बदर हुने, जग्गामा डोजर चल्ने तर उनको चाहँ नहुने ? आमैको नियत पनि सफा चै रहेनछ ।

तपाईको प्रतिक्रिया