धरान । चिकित्सकलाई भगवानको रुप त्यसै भनेको होइन । कस्ता कस्ता अपत्यारिला समस्यालाई समेत उनीहरुको अथक प्रयासबाट सफल बनाउने काम गर्छन् । यस्तै भएको छ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा । जटिलप्रकारको शल्यक्रिया चिकित्सकको टिमले सफल पारेर विरामीलाई नयाँ जीवन प्रदान गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक दुर्लभ तथा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ सर्जन डा. रिकेशजंग कार्कीको नेतृत्वमा रहेको चिकित्सक टोलीले इटहरी–५ का मनोज श्रेष्ठको पेटभित्र रहेको १८ किलोग्राम तौलको विशाल ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको हो । चिकित्सक टोलीका अनुसार अत्यन्तै जोखिमपूर्ण मानिएको उक्त शल्यक्रिया लामो समयसम्म सञ्चालन गरिएको थिया े। पेटभित्रका महत्वपूर्ण अंगहरूमा दबाब परेको अवस्थामा रहेको ट्युमर निकाल्नु चुनौतीपूर्ण भए पनि अनुभवी टोलीको समन्वय, दक्षता र आधुनिक प्रविधिको प्रयोगले शल्यक्रिया सफल बनाउन सम्भव भएको हो ।

शल्यक्रियामा संलग्न सर्जन डा. रिमेशजंग कार्कीले ट्युमरको आकार असाध्यै ठूलो भएकाले सानो गल्तीले पनि जटिल अवस्था निम्त्याउन सक्ने अवस्थामा सावधानीपूर्वक शल्यक्रिया सम्पन्न गरिएको बताउनुभयो । उहाँले यस्ता प्रकारका शल्यक्रिया अत्यन्त संवेदनशील हुने भएपनि सम्पूर्ण टिमको समर्पण र सावधानीका कारण आफूहरुले सफलता हासिल गरेका बताउनुभयो । सर्जन डा. कार्कीले पनि यो शल्यक्रिया प्रतिष्ठानका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यस्ता जटिल केसहरू सफलतापूर्वक सम्पन्न गर्न सक्षम जनशक्ति र प्रविधिका कारण सम्पन्न भएको बताउनुभयो । उहाँको शल्यक्रियापश्चात स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । बिरामी मनोज श्रेष्ठे पेट अस्वाभाविक रूपमा ठूलो हुँदै जाँदा हिँडडुल गर्न समेत गाह्रो भएको थियो । शुरुमा अन्य अस्पतालमा उपचारका लागि गए पनि अन्त्यमा बीपीका चिकित्सक र डा. कार्कीर्को टिमले आफूलार्ई नयाँ जीवन दिएकोप्रति आभार व्यक्त गनुृभयो ।
यो सफल शल्यक्रियासँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जटिल तथा दुर्लभ शल्यक्रियामा आफ्नो क्षमता फेरि एकपटक प्रमाणित गरेको छ । चिकित्सकहरूका अनुसार यस्ता केसहरू विरलै हुने भएको र समयमै शल्यक्रिया नगर्दा विरामीको ज्यान समेत जान सक्ने अवस्था भएकोले बीपी प्रतिष्ठानको सर्जन टिमले जटिल प्रकारको शल्यक्रया क्रिया गरेर नेपालमै उच्चस्तरीय उपचार सम्भव रहेको सन्देश पनि दिएका छन् ।
