धरान । सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित उदय सामुदायिक वनभित्र लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । वैशाख १७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी चौकी रेल्वे र जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ती युवालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार धरान–१७ फोकल्याण्डका अन्दाजी ३० वर्षीय सुरज रार्ईलाई १६.९५ ग्राम ब्राउन सुगर पक्राउ गरिएको हो । प्रहरीले राईसहित उनले प्रयोग
गरिरहेको को २९ प २९४९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अगाडि बढाएको जनाएको
छ ।
