अवैध लत्ताकपडा बरामद

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ शान्तिचोकस्थित कोशी लोकमार्गमा प्रहरीले अवैध रुपमा भन्सार छलि गरी ल्याइएको लत्ताकपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चैत १८ गते दिउँसो करिब ३ः०० बजे प्रहरी चौकी खनार र ट्राफिक प्रहरी खनारबाट खटिएको संयुक्त टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको सार्वजनिक सवारी साधनलाई जाँच गर्दा भन्सार छलि गरी ल्याइएको अन्दाजी मूल्य रु. २ लाख ५७ हजार ८ सय बराबरको लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान हाल इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ भने आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले पछिल्लो समय भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि नियमित चेकजाँचलाई कडाइ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया