धरान । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता पाएका ६ वटा राजनीतिक दलहरूले आइतबार निर्वाचन आयोगमा समानुपातिक प्रणालीबाट सांसद बन्नेहरुको नामावली बुझाएका छन् । समानुपातिक प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली काँग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन् । निर्वाचनको घोषित अन्तिम परिणाम अनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५१ लाख १३ हजार ९८४, नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १७ लाख २८ हजार ७४८, नेकपा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १४ लाख ३४ हजार ८०९, नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ७ लाख ८५ हजार ७०१, श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ३ लाख ८४ हजार ८३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ३ लाख २७ हजार ३४७ मत प्राप्त गरेका थिए । संसदमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको चैत्र १ गते आइतबार बसेको बैठकले मतका आधारमा प्राप्त ५७ सिटमा खस आर्यबाट १७ जनामा प्रतिभा रावल, रचना खतिवडा, लिला अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका संग्रौला (पिछडिएको क्षेत्र), कान्ती शिखा धिताल, आकृति अवस्थी, सुस्टी भट्टराई, मञ्जु भुषाल, प्रभा कार्की, गोमा खनाल, रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र), क्षत्रु पौड्याल, प्रभाव ढकाल, खस आर्य पुरुषतर्फ रमेश प्रसाई, थारु महिलामा गीता चौधरी, करिस्मा कठरिया, थारु पुरुषमा सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, मधेशी महिलामा पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिताकुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिता कुमारी चौधरी, मधेशी पुरुषमा सुप्रभात यादव, खगेन्द्र कर्ण, मुस्लिम महिलामा समिना मियाँ, अपसना वानु, गजाला शमिम किसरानी, दलित महिलामा रिमा विश्वकर्मा, अमृत विक, सीता बादे, स्मृति सेन्चुरी, सुस्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक, दलित पुरुषमा प्रकाशचन्द दर्जी, आदिवासी जनजाति महिलातर्फ वसुमाया तामाङ, गंगा छन्त्याल, सुम्रिमा उदास, अनुस्का श्रेष्ठ, अजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिसा गुरुङ र आदिवासी जनजाति पुरुषबाट राम लामा, खुस्बु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा रहेका छन् ।
काँग्रेसबाट को को परे समानुपातिक सांसद

नेपाली काँग्रेसले समानुपातिकतर्फको प्राप्त मतको आधारमा पाएको समानुपातिक २० सांसदमा १५ जना महिला र ५ जना पुरुषको नाम आइतबार निर्वाचन आयोगमा बुझाएको छ । नेपाली काँग्रेसले आयोगमा बुझाएको नामहरूमा खस आर्य कोटाबाट सुशिला ढकाल, रुक्मणि कोइराला, रिता उप्रेती, सीता थपलिया, कालीबहादुर सहकारी, अर्जुन नरसिंह केसी, गीता कुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेणुका काउचा, मदनकृष्ण श्रेष्ठ र भीष्मराज आङदेम्बे रहेका छन् । यसैगरी मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव, चन्दमोहन यादव, दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक, मनमाया विक, थारु कोटाबाट प्रमिला कुमारी गच्छदार र मुस्लिम कोटाबाट शाहजान खातुन रहेका छन् ।
एमालेले बुझाएको १६ जना को को हुन् ?
यसअघि मुलुकको दोस्रो ठूलो राजनीतिक दल रहेको एमाले यस पटकको निर्वाचनमा तेस्रो स्थानमा न्यून संख्या सहित खुम्चिएको छ । समानुपातिकतर्फ उसले पाएको १६ सिटमा भूमिका सुवेदी, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर, कुलभक्त शाक्य, पद्मा अर्याल, टुंकाभद्र हमाल, यसोदा कुमार बराल, गुरुप्रसाद बराल, पुष्पराज र्णेल, कृष्णराम राना, विष्णुमाया विक, नीत घतानी, रिङला यादव, यसोदा कुमारी यादव, चन्देश्वर मण्डल र साजिदा सिद्धिकी छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टीले पाएको ९ सिटमा प्रमेश हमाल, बलावती शर्मा, पर्शुराम तामाङ, भिमकुमारी बुढा, प्रेम बयक, जोगबहादुर बरबरिया यादव, पार्वतीनी विक, गणेश विश्वकर्मा र निशा चौधरी रहेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले समानुपातिक ४–४ सिट पाएकोमा उनीहरूले पनि आइतबारै समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएका छन् । राप्रपाले बुझाएका ४ नाममा भरत गिरी, मुस्लिम ताहिर अली, खुस्बु ओली र सरस्वती लामा रहेका छन् भने श्रम संस्कृति पार्टीले पूर्णप्रसाद लिम्बु, अम्बिकादेवी संग्रौला, राधिका रम्तेल र रुबीकुमारी ठाकुर रहेका छन् ।
