भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फागुन २५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी गर्नुभएको छ।

उहाँले निर्वाचनमा प्राप्त जित र नेपालका निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरुलाई बधाई दिनु भएको थियो। उहाँहरुले आगामि नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भन्नुभएको छ, हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरुमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नछ भन्ने कुरामा म विश्वस्त छु ।
