भारतीय प्रमद्वारा बधाई

धरान । नेपालको अत्यन्तै निकटको छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण सम्पन्न भएकोमा नेपालका जनता, सरकारलाई हार्दिक बधाई दिनुभएको छ ।


फागुन २३ गते साँझ उहाँले सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश ट्वीट गर्दै मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको जनाउनु भएको छ । उहाँले यो ऐतिहासिक उपलब्धी नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण भएको समेत उल्लेख गर्नुभएको छ । एउटा घनिष्ट मित्र र छिमेकीको रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाई हाँसिल गर्न नेपालका जनता र उनीहरूका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिक छ, सन्देशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया