जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुखलाइ विदाई सहित सम्मान

धरान, २५, साउन : युवा आवाजको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।
युवाहरुलाई समाजमा क्रियाशील बनाउने, युवाहरुलाई बेरोजगारी मुक्त बनाउने तथा समाजमा युवाको भूमिकालाई अझ सशक्त बनाउने उद्देश्यले विभिन्न एफएम तथा रेडियोमार्फत कार्यक्रम चलाउदै आएका युवाहरुले धरानमा सम्पर्क कार्यालय समेत खोलेका छन् ।
कार्यालयको उद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख नविनराज अधिकारीले गर्नुभएको थियो । विगत एक बर्ष अगाडि धरानका विभिन्न एफएम रेडियोमार्फत सञ्चालन हुदै आएको यस कार्यक्रम विविध कारणले बीचैमा रोकिएपछि यसलाई निरन्तरता दिन विशाल राईको अध्यक्षतामा नया सञ्चालन समिति गठन गरेर धरान १० मा सम्पर्क कार्यालयको समेत स्थापना गरेको हो ।
युवाहरुहरुलाई सकरात्मकसोच बनाउने उद्देश्यले सम्पर्क कार्यालयर्संग पुन कार्यक्रम सञ्चालन गर्न थालिएको युवा समाजका समूहहरुले जानकारी दिएका छन् ।
सोही अवसर पारेर जिल्ला ट्राफक प्रहरी कार्यालय धरानमा प्रमुख प्रहरी निरीक्षक नविनराज अधिकारीलाई युवा आवाजले विदाई समेत गरेको छ । अधिकारीको यही साउन मसान्तभित्र कार्यकाल सकिने भएकोले ट्राफिक सचेतनाका क्षेत्रमा विविध काम गरेवापत सम्मानसहित विदाई समेत गरेको हो ।

 

तपाईको प्रतिक्रिया