इटहरीमा लागूऔषधसहित एक युवक पक्राउ

इटहरी ।सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ मा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पौष ३ गते गते साँझ ७ बजेको समयमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका २८ वर्षीय सन्तोष दमाईलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सात सय मिलिग्राम फेला पारेको हो ।

प्रहरीले बरामद गरिएको लागूऔषधसहित दमाईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया