धरान । धरानसहित देशभर चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ । चिसोको सबैभन्दा ठूलो मार वृद्धवृद्धा, बालबालिका र आर्थिक रूपमा कमजोर समुदायले खेपिरहेका छन् । यस्तो अवस्थामा विभिन्न सामाजिक संघ(संस्थाले न्यानो कपडा वितरण गर्दै राहतको काम गरिरहेका छन् ।

‘जाडोमा कसैलाई समस्या नहोस्’ भन्ने उद्देश्यका साथ क्लोथ फाउन्डेशन नेपालले विगत तीन वर्षदेखि निरन्तर न्यानो कपडा वितरण गर्दै आएको छ । फाउन्डेशनले यस वर्ष स्थानीय सरकारसँग समन्वय गरी धरान–२० विष्णुपादुकास्थित भगवती आधारभूत विद्यालयका २२ जना विद्यार्थीलाई टूयाकसुट वितरण गरेको छ । सहयोगी मनका धनीहरुलाई धरान २० का वडाध्यक्ष मनप्रसाद लिम्बुले धन्यवाद प्रकट गर्नुभयो । सुगम सहर धरानको दुर्गम वडाभित्र पर्ने धरान २० विष्णु पादुकाको भगवती अधारभूत विद्यालयमा पुगेर टूयाकसुट वितरण गरेको प्रति विद्यालयका प्रद्यानाध्यापक भुपेन्द्र राईले धन्यवाद दिनुभयो ।
