्काठमाण्डौ । आसाम राज्यसभाबाट निर्वाचित, भारत सरकारका केन्द्रीय पत्तन, पोत परिवहन एवम् जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नेपालमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न भारत सरकारले सघाउने बताउनु भएको छ । भारतको केन्द्रीय मन्त्री मण्डलमा प्रभावशाली मानिनु हुने सोनोवाले हिन्दुहरुका आराध्यादेव पशुपतिनाथ मन्दिरको दर्शनसँगै मन्दिर परिषरमा आयोजित दशंमहाविद्या रुद्राहवन महायज्ञमा सहभागी हुँदै उक्त कुरा बताउनु भएको हो । उहाँले सो अवसरमा पशुपतिनाथ दर्शन गर्न आफ्नो उत्कृष्ट इच्छा रहेको र सो इच्छा आज श्रावण मै पूरा भएकोमा खुशी व्यक्त गर्दै नेपाल र भारतका बीचमा ऐतिहासिक सम्बन्धसँगै धार्मिक समानता रहेको चर्चा गर्नुभएको थियो । उहाँले नेपालमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न भारत सरकारले हरतरहले सघाउने समेत बताउनुभयो ।


पशुपतिनाथ दर्शनको एक मात्र उद्देश्य लिएर आउनु भएका भारतका केन्द्रीय क्याविनेट मन्त्री सोनोवालले नेपाल र भारतका बीचमा जुन जनस्तरसम्म फैलिएको सम्बन्ध छ त्यो संसारका अन्य कुनै पनि देशबीचमा नभएको भन्दै यो सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री सानोवाल धार्मिक अभियन्ता महामण्डलेश्वर कृष्णनन्द परमदंश कालिदाश बाबाको निमन्त्रणामा काठमाण्डौ आएर पशुपतिनाथमा आयोजित दशमहाविद्या रुद्रावहन महायज्ञमा सहभागी हुनुभएको हो । पशुपतिनाथ मन्दिरमा आयोजित महायज्ञ धार्मिक पर्यटन प्रवद्र्धन, आर्थिक विकासमा सहकार्य र समुन्नतिका लागि भएको महायज्ञ आयोजक कमिटीका सल्लाहकार डा. मिलनकुमार थापाले जानकारी दिनुभयो । महामण्डलेश्वर कालीबाबाको निमन्त्रणमा भारतका केन्द्रीय मन्त्रीको सहभागिता रहनु अत्यन्तै सुखद् पक्ष भएको समेत थापाको प्रतिक्रिया थियो । महामण्डलेश्वर कालीबाबा केही दिनदेखि काठमाण्डौमै रहँदै आउनु भएको छ ।
यसैबीच डा. मिलन कुमार थापा कालिका साधना आश्रम नेपालको अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको उद्देश्य सनातन धर्मको संरक्षण एवम् सम्बद्र्धन गर्ने रहेको छ । उहाँलाई कालिका साधना आश्रमको आषाढ ३ गतेको निर्णय अनुसार कालिबाबाले डा. थापालाई संस्थाको अध्यक्षमा नियुक्ति गर्नुभएको हो । अध्यक्षमा नियुक्त थापाले आइतबार पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको थियो ।
त्र
