घण्टाघरबाट हेर्दा

लठेप्रो र किड्नेश्वरहरुले कमाल गर्ने भए
नेपालमा यतिबेला लठेब्रो र किड्नेश्वरको दबदबा चल्या छ । किन नचलोस् त यिन्का अगाडि राणा शासन र पञ्चायत काल समेत फेल भा’छ । यी दुई प्रभुको जस्ले परिक्रमा गर्दैन त्यसको टाउकोमा साढे सतिको ग्रह घुम्न थाल्छ । यिन्को परिक्रममा गर्नेहरु जस्तासुुकै संकटबाट पनि मुक्ति पाउँछन् । पार्टीका कार्यकर्ता तिनका दास हुन्, तस्कर, माफिया तिनका आम्दानीका स्रोत हुन् । युवा निर्यात गर्नेका संरक्षक हुन्, भ्रष्टाचारी, व्यभिचारी, बलात्कारी, डन तिनका संरक्षक हुन् । लठेब्रो र किड्नेश्वरको विरुद्धमा कसैले बोल्यो कि त्यसलाई पोल्यो । देखे नि नदेखेझै गर्नुपर्छ । थुतुनो त चल्नै हुँदैन । यी दुईले अब अर्को चमत्कारिक र कमालको काम गर्ने भा’छन् । अब चाँडै आफ्नै कार्यकालमा यी दुवैको सल्लाहमा सवसाधारणको फोनरेकर्डिङ्ग र सामाजिक सञ्जाल नियन्त्रण कानुन आउने भा’छ । अब लठेब्रो र किड्नेश्वरका बारेमा कसैले आँच हुने ढंगले आक्रोस व्यक्त गरे त्यसलाई लाउरेस र झालेमालेका प्रहरीले लौरी ठोक्ने भा’छ । बेलैमा होस पु¥याएस् हेै नत्र सहकारी ठग घण्टेको नियति भोग्नुपर्ला ।
एम्बोस अनिवार्य गर्ने रे
काम कुरो एकातिर कुम्लो बाकी ठिमीतिर भनेझैँ । अब जनविरोधी सरकारले दुई पांग्रे, चार पांग्रे सवारी साधनका नम्बर प्लेट अनिवार्य गर्ने रे । अहिलेसम्म त चौध अञ्चल, प्रदेशका नाममा नेपालीमा नम्बर प्लेट थिए । अब भने अंग्रेजीमा न अञ्चल, न प्रदेश भा’का नम्बर प्लेट अनिवार्य टाँस्नु पने भा’छ । हैन हौ सरकार भन्या त जनताका हितका लागि काम गर्ने हैन र ? तर यहाँको द्विसंकु सरकार जनहित विपरीतमात्र दौडिएको छ । एम्बोस्ट नम्बरका लागि देशैभरिबाट नागरिक दु्हुने काम हुने भयो । अहिलेसम्म अञ्चलका नाम सावरी साधनमा देख्दा गर्व लाग्थ्यो अब त्यो पनि गायव हुने भयो । हैन हौ यस्ता वेÏवाँकका काम गर्न दिसंकु सरकारलाई कस्ले आइडिया दिँदो रै’छ ? खाली नहुने नहुने काम ग¥या छ । हरेक गोडा, चेकपाष्टमा यो क्यामेरा जोड्न अरबौ पैसो लाग्छ । फेरि अर्को कुन बहानामा क्यामेरा जोड्ने पैसा असुल्ने हो ? कि त विदेशीसँग ऋण लिने हो । त्यसै पशुपति शर्माले गाएका होइनन् नि लुट्न सके लुट कान्छा….।
हरामीका छाउरा रन्थनिएका छन्

हरामीका छाउरा भन्या हरामीकै छाउरा हुँदा रै’छन् । ती कहिल्यै नसुध्रिने रै’छन् । हुन त बाउहरु सुध्रिए पो छोराहरु सुध्रन्छन् । कागतिको बोटमा कागती नै फल्छ, सुन्तलाको आश गरेर पनि कही हुन्छ ? अब हेरम न यस पटक राजाका छोरा हृदयेन्द्र आफ्नो जन्मोत्सव मनाउन जुम्ला गएछन् । जुम्लामा स्थानीयसँग रमाए, घुलमिल भए । यो कुरा हरामीका छोराहरुलाई पच्दै पचेन । झन एउटी चुम्बावालीलाई त उखरमाउलै भएछ । अपाच्य शब्द प्रयोग गरेर तथानाम भट्याउन भ्याइछे । हुन त जस्को चरित्र जस्तो छ त्यसले त्यस्तै छाद्ने त हो । हृदयेन्द्र जुम्ला जाँदा हरामीका छाउराहरु किन रन्थनिएका होलान् ? तिनकै बाबु बाजेले आर्जेका मुलुकको राज्य सत्ता कब्जा गरेर बस्नेहरुलाई औडाहा होइन कुरी कुरी लाग्नुपर्ने हो । तर लुटेरा कब्जा जमाएर हसुर्ने बानी परेकाहरु आफ्नो वर्चस्व गु्म्ने खतरा देख्दैछन् । वनको बाघले खाओस् कि नखाओस् मनको बाघको भयले हरामीका छाउराहरु अत्तालिएका छन् ।
कति नाटक गर्न सक्या होला ?
नेपालको छेपारे पार्टीका आजीवन अध्येक्षे छेपारे दाहालले अस्तिका दिन आफ्ना नन्दीभृंगीहरुका माझमा एउटा निर्नय गरेछन् । हुन त तिनका निर्नयहरु सधै लेनदेनमा कार्यान्वयन भा’छन् । एमएसीको खुब विरोध गरे, आफ्ना नन्दीभृंगीहरुलाई सडकमा उफारे, सडकमा मात्र नभएर संसदमा तान्डव देखाए । अन्त्यमा लेनदेन मिलेपछि व्याख्यात्मक टिप्पणी गरेर सही घस्क्याए । भिजिट भिषा काण्डमा घर।ेलु मन्तरीले राजीनामा दिनुपर्छ भनेर संसदमा खुब मच्चिए । अन्त्येमा लठेब्रो काजी र किड्नेश्वरले बोलाएर कानेखुशी गरेर मालपानीको व्यवस्था गरेपछि मच्चिनै छोडे, घरेलु मन्तरीको राजीनामा मागैकै छैन भनेर कुम हल्लाए । अहिलेचाहिँ तिनले माउवादीका नेता, कार्यकर्ताका छारा छोरीलाई बोर्डिङ्ग स्कुल र विदेशमा पढाउन नपाइने भनेर निर्नय गरेछन् । सरकारी स्कुलमा अनिवार्य पढानुपर्ने रे । हगिसक्यो दैलो देख्यो भन्या यही हो । सत्तामा पुग्न हिजो सरकारी स्कुलहरु जलाए, भत्काए । आफ्ना छोराछोरी बोर्डिङ्ग र विदेशमा पढाए । अहिलेचाहिँ सरकारी स्कुलमा पढाउनु रे । माउवादी नेता मात्र होइन आफ्नै नातिनीहरुलाई विदेशमा पढाएको तिनले किन बुझबचाएका ? अम्रिकाबाट जनाजनले छोरी, देवेन्द्रले छोरी फिर्ता ल्याउँछन् ? लंगट जस्तो निर्नय गरेर किन जग हँसाएको होला ?
जस्केलाबाट छिरेकाहरुको फूर्ति
जस्केलाबाट बेकामे माथिल्लो सदनमा छिरेका कृष्ण कुमाईको हिजोआज अलि ज्यादै फूूर्तिफार्ती बढेको छ । मूलद्वारबाट छिर्न खोज्दा उत्तानोचित्त परेर बल्ड्याङ खाएका कुमाइले अन्तत ः बुढानिलकण्ठे काजी कजिनीका अगाडि लम्पसार परेर बेकामे संसदमा छिरेको आफ्नो हैसियत बिर्सेको देख्दा घण्टाघरलाई आश्चार्य लाग्या छ । अस्तिका दिन तिन्ले सरकारलाई कर्मचारी तन्त्रले नियन्त्रण गर्ने कुरा सैह्य हुँदैन भनेर उफ्रेछन् । पक्कै तिन्ले बेसुरमै बोलेको हुनुपर्छ । सरकारलाई कर्मचारीले नियन्त्रणमा लिएका छैनन् । लिए पनि तिन्को टाउको हनहनी किन दुख्नु ? नेपाली सेनाको शान्ति मिशनमा अरबौ घोटाला गरेको तिन्ले भुसुक्कै बिर्सेछन् । कुमाई बाजेले कुम्लाए कर्मचारी हे¥याहे¥यै । ललिता निवासको जग्गा सरकारमा बस्ने दर्जनौले कुम्ल्याए कर्मचारी त कारिन्दामात्र । माकुनेले पतञ्जलीको र रिजाल टाँसीको जग्गाबाट कुम्ल्याए कर्मचारी त हे¥याहे¥यै । झलुले सर्पबाट कुम्ल्याए कर्मचारी हे¥याहे¥यै । कोही लाउडाबाट खाने, कोही एनसेलबाट खाने, कोही चेजएयरबाट खाने, कोही एयरपोर्टबाट खाने कर्मचारी त हे¥या हे¥यै । अझै कर्मचारीतन्त्रको नियन्त्रण सैह्य हुँदैन रे । वात करता है ।
शाही र किराँतीको मस्ती
उल्फाको धन फूपूको श्राद्ध । नेपालका वनमन्त्री ऐनबहादुर शाहीले ऐन मौकामै चौका हान्देछन् । वन मन्तरी मात्र किन पूर्व माओवादी मन्त्री सुदन किराँतीले पनि मस्ती मारेछन् । भाको चाहिँ के रै’छ भने विदेशमा माने नर्वेमा हुँदै नभएको फर्जी कार्यक्रम किराँती र शाहीले तयार गरेछन् । त्यसपछि सरकारी खर्चमा आफ्नी उनी, स्वकीय सचिव र तिनकी उनी, दुई चार जना लाउकेहरु लिएर नर्वेमा मस्ती मारेर फर्किएछन् । हुन त राज्यको ढुकुटीमा मस्ती मार्न कस्ले पो छोडेको छ र ? घुम्न मन लाग्यो भने फलानो देशमा कार्यक्रम छ भन्यो नन्दीभृंगीहरुको टिम तयार ग¥यो, चल्दियो । न यिनलाई कानुन लाग्छ, न अख्तियारको अँठ्याउने लुर छ, न सम्पत्ति सुद्धिकरणको मुद्धा लाग्छ । उन्मक्त भैरवलाई कस्ले लछार्ने ? हुन त ऐनबहादुर शाहीलाई वन चहार्दा चहार्दा दिक्क लाग्या थियो होला । न बाउको न साहुको रकममा मस्ती गर्न पाएसी’ । किन छाड्ने, कि कसो हौ ?
आश लाग्दो केटो…
राष्ट्रिय भाउजुका दुई देवरमध्ये मटना काजी त पहिल्यै सर्वाङ्ग नांगा भइसकेका थिए । अलिकति आशलाग्दा विश्वप्रकाश थिए तिनलाई पनि मटनकाजीकै हावाले छोएछ । अब हेरम न अीस्तका दिन संसदमा शर्माले ३८ मिनेट भाषण ठोकेछन् । तिनले त्यसबेला न सरकारको गलत कामको आलोचना गरे, न जनताका समस्या उठाए,। न हाल बाढी पहिरोबाट पीडितका लागि राहतका कुरा उठाए, न खडेरीले आक्रान्त भएका किसानको कुरा उठाए, न अरु समसामयिक कुरा उठाए । ३८ मिनेट सम्म प्यार प्यार बोलेका उनले सहकारी ठग घण्टेको कुरामात्र उठाए । आशा लागेको केटो जेठाजु परेछ भनेझैँ । हुन त मटनकाजीको कित्तामा पुगेकमा शर्माबाट जुन अपेक्षाको कुरा आउला भन्नु बेकार हो । हुन त शर्मालाई पनि समस्यै छ । काठमाण्डौको बसाई, बाबु बाजेको सम्पत्तिले धान्न सकिदैन । दाजु भाउजुको बटम लाइन अनुसार चल्नै प¥यो । गाह«ो छ है
विचारालाई गाह«ो छ ।
अन्तेमा
धरानमा यतिबेला पानी माफियाहरु सल्बलाउन थाल्या छन् । वाटर मन्त्री प्रदीप यादवले कुछ दिन पहिले धरानमा आएर ६ अर्ब दिन्छु भनेर के बोल्या थिए एडिवीका माल खाने तत्कालीन सात दलीय संयन्त्रका माफियाहरु सल्बलाउन थाल्या छन् । न आजसम्म धरानलाई ६ अर्ब दिने भनेर मन्त्रिपरिषद्ले निर्णय ग¥या छ, न त्यसको डिपिआर बन्या छ । चतराको पानी ल्याउने भनेर पहिला पनि एडिवीको माल गतिलैसँग भ्याएका थिए । कम्ता मोज ग¥या थिएनन् । दिनैपिच्छे भोज चलेको थियो, घर परिवारको दैनिकी अच्छासँग गुज्रेको थियो । अब अहिले कहीँकतैबाट झर्न छोड्या छ । पानी माफियाहरुलाइ सुकेनाश लाग्या छ । ६ अर्ब पैसो ल्याउनैपर्छ भनेर एकोहोरो सासै जाला जस्तो गरेर चिच्याएका छन् । शायद वाल्वाटार मन्त्रीले कमिशनको कुरा पनि कान फुक्द्या थे कि क्या हो ? नत्र धरातलै नबुझी यति साह«ो प्राणै जाला जस्तो गरेर भुक्नु नपर्ने हो ? वात बुझ्नुमा छ ।

तपाईको प्रतिक्रिया