साहिल र बर्षा भए उत्कृष्ट धरान बर्ष खेलाडी घोषित

धरान । धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन् । धरान १५ स्थित होटल किचनमा आयोजित धरान खेलकुद मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षा उत्कृष्ट धरान बर्ष खेलाडी घोषित भएका हुन् । अवार्ड प्राप्त गर्ने दुवै जनालाई जनही नगद ३०÷ हजारसहित अवार्ड प्राप्त गरको छन् । यसैगरि उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड प्राप्त गनुभएको छ उहाँ नगद २० हजारसहित अवार्ड प्राप्त गर्नुभयो । यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुदै नगद १५ हजारसँगै ट्रफी हात पार्नुभयो । मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयरको पुरस्कार फुटवल खेलाडी धरान १७ का मनोज राई पाउनुभयो भने फरक क्षमता भएका खेलाडी विवेक राईले स्वर्गीय विक्रम राई स्मृति बिशेष प्रतिभा पुरस्कार गर्नुभयो ।


यस्तै लिजेन्ड अफ दि इयर २०८२ को सम्मान करातेका वरिष्ठ प्रशिक्षक दिपेश शाक्य (मुकेश) लाई नगद १५ हजारसहित प्रदान गरिएको थियो । यसैगरि विगत बर्षदेखि शुरु गरेको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट यस बर्ष ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई नगद १५ हजार सहित पुरस्कृत गरिएको थियो । अवार्ड वितरण कार्यक्रमको प्रमुख अतितिका रुपमा कोशी प्रदेश सांसद विजय राई रहनु भएको थियो । कार्यक्रमको उद्घाटनपश्चात राईले धरानका विभिन्न खेलसम्बन्धी संस्थाहरुले खेलकुदको विकासमा जति गरेको छ त्यति संघ, पदेश र स्थानीय तहले नगरेको बताउनुभयो । यसैगरि विशेष अतिथिको रुपमा रहनु भएका कोशी प्रदेशका सांसद रमेश बस्नेतले धरानको खेलकुद विकासका लागि पूर्वाधार विकासका लागि कोशी प्रदेशमा पहल भइरहेको बताउनुभयो । मञ्चका अध्यक्ष किशोर राईको अध्यक्षमा भएको सो कार्यक्रममा धरान १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा ८ का अध्यक्ष धनबहादुर राई, एन्फा सुनसरी अध्यक्ष नविन राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया