बराह सहकारी पीडित स्वतन्त्र समूहद्वारा पत्रकार सम्मेलन बचतकर्ताहरुको १४ अर्ब अपचलन : सञ्चालकहरु राजनैतिक संरक्षणमा, पीडितलाई अज्ञात स्थलबाट धम्क्याउदै

धरान । यहाँस्थित बराह बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्य र बचतकर्ताको १४ अर्ब रुपैयाको साँवा ब्याज नदिई सञ्चालकहरु फरार भएपछि आफ्नो बचत रकम फिर्ताको माग गर्दै बराह सहकारी पीडित स्वतन्त्र समूहले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदै आएको छ । समूहले शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरेर पीडितको पक्षमा, न्याय र सत्यको पक्षमा, ठग र पीडकको विपक्षमा पहल गरिदिन विभिन्न निकाय, प्रतिष्ठित व्यक्तिहरु, जनप्रतिनिधिहरुसँग हारगुहार गर्दा पनि कहीँकतैबाट सुनुवाही नभए पनि आफूहरुले हार नखाएको बताएका छन् । बराह सहकारी पीडित स्वतन्त्र समूहका अध्यक्ष शंकर थापा गाउँलेले भन्नुभयो बचतकर्ताको १४ अर्ब रुपैया अपचलन गर्ने सञ्चालकहरु फरारको बहानामा राजनैतिक संरक्षणमा बसेर अज्ञात स्थलबाट उल्टै पीडितलाई धम्क्याउने काम गरिरहेका छन् । अध्यक्ष गाउँलेल भन्नुभयो समूहले सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिका अध्यक्ष सूर्यबहादुर थापा समक्ष शेयर सदस्य र विशेष बचत खाताको बारेमा हाम्रो पीर, मार्का र बराह सञ्चालक ठगहरुको बारेमा आफ्ना पीडा र बराह सञ्चालक ठगहरुकका बारेमा छानविन, अनुसन्धान एवम् कारबाहीका साथै पीडितको रकम फिर्ताका निम्ति २०८१ साउन १३ गते जाहेरी दिएका थियौं । हामी पीडितहरुको निवेदनका आधारमा पहिलो पटक सरकारी निकायबाट यसका सञ्चालक समितिका अध्यक्ष मानबहादुर विश्वकर्मासँग आयोगले बयान लिएको थियो । बयानमा निजले बराहमा हाल जम्मा बचत ९, ४७, ८१, ८५, १०१ भएको उल्लेख गरेका थिए । पीडितको पक्षमा आयोगले गरेको अनुसन्धान, सुझाव र नेपाल सरकारलाई आवश्यक कारबाहीका निम्ति ४० सहकारीलाई गरेको सिफारिसमा बराहलाई समेत समेटिएकोले पीडितले न्याय पाउने आशा जागेको छ ।
ठगीसम्बन्धी छानविनको माग र कारबाही
अध्यक्ष थापाले भन्नुभयो बराहलाई पुनः चलायमान बनाएर, व्यापार व्यवसायलाई अगाडि बढाउँदा पीडितहरुको रकम फिर्ता गर्न सकिन्छ कि भन्ने प्रयास गर्दागर्दै केही समूहले पीडकको पक्षमा लागेर बराहको सम्पत्ति अमुक व्यक्ति स्तुति रिटेल्सलाई सुम्पने कुचेष्टा गरे । त्यसलाई तत्काल रोक्न आवश्यक देखिएकोले पीडित समूहले अदालत, प्रहरी, प्रशासनलाई गुहार्दा त्यसलाई रोक्न केही हदसम्म सफल भएका थियौं । हाल त्यसलाई छानविन समितिको २०७९ आषाढ १६ को रिपोर्ट अनुसार समस्याग्रस्त घोषणा गर्न धरान उपमहानगरपालिकामा २०७९ असोज २९ गते निवेदन दिए पनि कारबाही नभएपछि २०८१ आषाढ २५ गते धरान उपमहानगरपालिकाको सिफारिस अनुसार स्थानीय प्रहरी प्रशासनमा ठगी मुद्धा पेश गरेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीको २०८१ भाद्र २ गतेको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीले भाद्र ५ गते गृहमन्त्रालयमा बचत रकम हिनामिना सम्बन्धी समस्या समाधानको निम्ति अनुरोध भए अनुसार गृहमन्त्रालयको पहलमा छलफल निर्णय भई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट छानविन र कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको २०८१ पुष ३ गते दर्ता नं. २६र्२ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट हाल ठगी मुद्धा दर्ता भएर कारबाही अगाडि बढेको छ । यतिमात्र नभएर सञ्चालकहरुमाथि संगठित अपराधमा (तीन पुस्तासम्मको सम्पत्ति छानविन) कारबाही अगाडि बढेको, सम्पत्ति सुद्धिकरणमा समेत मुद्धा दर्ता भई छानविन अगाडि बढेको, साइबर फरेन्सिक ल्यावको परीक्षणका निम्ति प्रहरी प्रधान कार्यालय पठाएको, रेडकर्नर नोटिशका लागि आवश्यक कारबाही र व्यवस्थाका निम्ति कार्यहरु भइरहेको, ठगी र संगठित अपराध सम्बन्धी सुनसरी जिल्ला अदालतमा कारबाही चलेको, अदालतबाट बराह सहकारी संस्थाबाट ऋण लिने ऋणीहरुबाट ऋण असुलीको कार्य भइरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
समस्याग्रस्त घोषणा र व्यवस्थापन समिति गठन


पत्रकार सम्मेलनमा पीडितका तर्फबाट दिएको जानकारी अनुसार हाल पीडितहरुका पक्षमा केही सकारात्मक कार्यहरु भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट छानविनको काम तिब्र रुपमा अगाडि बढको छ । FCA को हिसाब छानविनले १०,७३,४३,४७,९१३ देखाएको छ भने जाहेरी दिने ४१६८ जनाको दाबी रकम ५,८९,४४,४३०७५ रहेको छ । यससँगै बराह सहकारीबाट गएको ऋण उठाउने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीमा केही रकम जग्मा भएको र उक्त रकम जिल्ला अदालत सुनसरीमा जम्मा भइरहेको छ । संकलित रकमहरु दैनिक मासिक रुपमा उठाउनुपर्ने रकम छरिएर रहेको र छरिएर रहेको
रकमको व्यवस्थापन गरेर पीडितहरुलाई क्रमश ः भुक्तानीको व्यवस्था मिलाउन बराह बचतलाई तत्काल समस्याग्रस्त घोषणा गरेर सहकारी नियमावली २०७५ अनुसार स्थानीय निकायलाई दफा ७७, ७८ ले दिएको अधिकार अनुसार काम अगाडि बढाउनुपर्ने हुन्छ । बराह सहकारी समस्याग्रस्त घोषणा हुन नसक्दा संघीय सरकारले १९ वटा सहकारीलाई छानविन गरेर जसरी आंशिक रकम उपलब्ध गराएको छ त्यो हुन सकेको छैन । यो सुविधाबाट बराहका पीडितहरु बञ्चित भएका छन् । पीडित स्वतन्त्र समूहले समस्याग्रस्त घोषणा र व्यवस्थापन समिति गठनका लागि २०७९ कार्तिक २९, २०८१ असार २ गते धरान उपमहानगरपालिकामा निवेदन दिएका थिए । पुन ः २०८२ जेठ १२ गते नगरप्रमुख हर्कराज राईलाई सो प्रयोजनका लागि निवेदन दिएका थिए । नगर प्रमुखले समेत कार्यपालिकाको बैठकमा राख्ने र कार्यान्वयन गर्ने आश्वासन दिएका थिए । पीडितहरुले वडाध्यक्ष एवम् कार्यपालिका सदस्यहरुलाई भेटेर बराहलाई समस्याग्रस्त घोषणा गरी पीडितलाई सहयोग गर्न आग्रह गरे पनि कार्यपालिका बैठकमा उक्त निवेदन नै गायव बनाइएको थियो ।
फरार सञ्चालक पीडित धम्क्याउदै

पीडितहरुको अकुत रकम अपचलन गरी फरार भनिएका सञ्चालकहरु काठमाण्डौ लगायतका स्थानमा रहेर अनर्गल पेपर वार गरिरहेको पीडितहरुले जनाएका छन् । काठमाण्डौबाट प्रकाशित चक्र नामके मासिक पत्रिकामा विशेष बराह अंक प्रकाशित गरी अध्यक्ष शिव लामिछानेका लेख अन्तर्वार्ता नै प्रकाशित भएको छ । लामिछानेले २०८१ पौष १३ गते पत्रिकाको २०८२ असारमा प्रकाशित अंकमा अन्तरवार्ता प्रकाशित गरी फेसबुक लगायत अन्य सामाजिक सञ्जालमा पोष्ट्याएर पीडितहरुलाई हेप्ने काम गरेको पीडितले बताएका छन् । पीडितले भनेका छन् राज्य सत्ताले समेत आफूलाई केही गर्न नसक्ने खुल्ला चुनौति दिएको आफूहरुले महसुस गरेका छांै । फरार सूचिमा रहेका शिव लामिछाने, मानबहादुर विश्वकर्मा, अमरबहादुर विश्वकर्मा, गंगा कालिकोटेहरुलाई तुरुन्त कानुनी दायरामा ल्याएर मुलुकमा कानुनी राज छ भन्ने पीडतलाई महसुस गराउन पनि पीडितहरुले माग गरेका छन् । बचतकर्ताहरुलाई भ्रममा पार्ने, झुक्याउने प्रपञ्च निजहरुले २०७८ सालदेखि निरन्तर गर्दै आएको भन्दै पीडितले निजहरुका कारण केहीले आत्महत्या गरेको, कतिको छोराछोरीको स्कुल कलेज बन्द भएको, कतिको परिवारसँग सम्बन्ध विच्छेद भएको, कतिले औषधोपचार गर्न नपाएर तड्पिनु परेको छ ।
चार बर्षदेखि भ्रम सिर्जना गर्द
फरार सूचिमा रहेका सञ्चालकहरुले पीडितहरुलाई विगत चार बर्षदेखि झुक्याउने, फुटाउने, प्रलोभनमा पारेर दिग्भ्रमित पार्ने काम गर्दै आएको भन्दै अब आफूहरु नअल्मलिने बताएका छन् । उनीहरुले पत्रकार सम्मेलनमा पैसाको बलमा केही ठूलाबडाको आर्शिवाद छ, जे गर्दा पनि हुन्छ भन्ने भ्रममा नपर्न चेतावनी दिँदै समय आएपछि सबै कुराको पर्दाफास हुने बताएका छन् । आफूहरु १८ हजार पीडितहरुको विचल्ली बनाउने र पीडिकलाई संरक्षण गर्न नेता, कर्मचारी एवम् पीडतको अनुहार भएका शिव लामिछाने, मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेहरुलाई समेत गराउँदै गलत कार्य त्यागी मानवताको सत्य र न्यायको पक्षमा आउन अन्यथा पश्चाताप गर्न समेत असहज हुने पुन ः चेतावनी दिएका छन् ।
भाँड्ने प्रपञ्च नगरेकै वेश
पीडकहरुले अब पीडितहरुलाई फुटाउने, लोभ्याउने, प्रलोभनमा पार्ने प्रपञ्च नगर्न पनि सचेत गराएका छन् । उनीहरुले भनेका छन् पीडितहरुले खुन पसिनाले जम्मा गरेको रकम फिर्ता गर्न, तिमीहरुले देश विदेशमा लुकाएको चल अचल सम्पत्ति फिर्ता गर्ने योजना बनाएर सम्बन्धित निकायमा आइ समाधन गर्न पनि चेतावनी दिएका छन् । अन्यथा आफना बचत रकम फिर्ता लिने जुन अभियानमा पीडितहरु लागेका छन् त्यसलाई अनेकौ षड्यन्त्र गरेर भाँड्ने प्रयास नगरकै वेश । पीडितहरुले विगत चार बर्षदेखि सहेर, झेलेर बसेका छन् । अब सहनुको स्थति पराकाष्ठमा पुगेको, अव सहेर बस्ने दिन गइसकेको पनि स्मरण गराएका छन् । उनीहरुले फरार ठग सञ्चालहरु शिव लामिछाने, मानबहादुर विश्वकर्मा, गंगा कालिकोटे, शौराज विश्वकर्मा लगायतलाई हालसम्म पक्राउ गर्न नसकेका कारण पीडितहरुको विरुद्धमा निर्वाध आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन् । यिनीहरुमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धिकरण मुद्धा चले पनि सो मुद्धामा स्थानीय निकायहरुबाट रोक्का भएका चलअचल सम्पत्तिहरु प्राइम कमर्शियल बैंकको मिलीभगतमा लिलाम भइरहेको समेत पीडितहरुले बताएका छन् । उनीहरुले भनेका छन्, जसको ज्वलन्त उदाहरण काठमाण्डौको न्युरोडमा रहेको बराह ज्वेलरीको घर जग्गा सेटिङ्गमा ११ करोडमा विक्री गरेको बुझिाएको र अन्य सम्पत्तिहरु पनि लिलाम विक्री गर्ने गतिविधि भइरहेको छ । यस्ता गतविधिले पीडितहरुलाई थप मार्कामा पार्ने काम भइरहेको छ । उनीहरुले यसतर्फ नेपाल सरकार लगायत सबै सम्बन्धित प्रहरी, प्रशासनले निजहरुलाई पक्राउ गर्न ठोस कदम चालियोस् भन्दै ध्यानाकर्षण समेत गराएका छन् । साना चुकले २८ हजार पीडितहरुको जीन्दगीसँग खेल्ने काम कहीँकतैबाट नहोस भन्ने पीडितहरुले आग्रह गरेका छन् । साथै कमिर्शियल बैंक जसले पीडिहरुको हित विपरीत कार्यहरु गरिरहेको छ । यसले पीडितहरुलाई झुक्याएर आफ्नो बैंकमा खाता खोल्न लगाएको
छ । त्यस्ता सबै खाता पीडितमारा प्राइम कमर्शियल बैकमा बन्द गरी बहिष्कार गर्न पनि सम्पूर्ण पीडितहरुलाई आवहान गरेका छन् ।

तपाईको प्रतिक्रिया