धरान । कार्य सम्पादन, पूर्वाधार र व्यवस्थापनका लागि मुलुककै उत्कृष्ट नेपाल परिवार नियोजन संघ सुनसरी शाखा धरानको ४६ औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संघको साधारण सदस्य र आजीवन सदस्य गरी झण्डै २५० जना सदस्य रहेको साधारणसभामा सम्पूर्ण सदस्यहरुका साथै स्थानीय राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्थामा आवद्ध समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

धरान उमपहानरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको अध्यक्षता शाखा अध्यक्ष निर्मला अधिकारी (आचार्य) ले गर्नुभएको थियो । कार्यक्रममा शाखाको सांगठनिक प्रतिवदन सचिवले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सागर प्रसाईले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य चन्द्रमाया श्रेष्ठ र झापा शाखाका अध्यक्ष लोकनाथ भट्टराईको समेत उपस्थिति रहेको थियो ।ं
