धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरास्थित दुर्गासाघाट क्षेत्रमा व्यवस्थित शव दाह स्थल छैन । देशकै धार्मिक क्षेत्र बराहक्षेत्र जस्तो स्थानमा यहाँ दैनिक दाहसंस्कार गर्न सुनसरीका विभिन्न क्षेत्रबाट मात्र हैन मोरङ जिल्लाका विभिन्न क्षेत्रबाट शव ल्याउने गर्छन् । व्यवस्थित शव दाह स्थल नहुदा समस्या भोगेका सर्वसाधारणले अब भने व्यवस्थित शव दाह स्थल निर्माण हुने भएको छ । यसको शिलान्यास कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले शिलान्यास समेत गरिसक्नु भएको छ । मारवाडी सेवा समिति धरानको आर्थिक सहयोगमा सो स्थानमा शवदाह स्थल बन्न लागेको हो । दैनिक दाहसंस्कार गर्ने स्थानमा शव दाह गर्ने समयमा विभिन्न भोग्दै आएका सर्वसाधारणको समस्यालाई मध्यनजर गरी व्यवस्थित दाहसंस्कार निर्माणको काम अघि बढेसँगै शिलान्यस समेत भएको हो । समाजसेवालाई केन्दविन्दु बनाएर गठन भएको समितिले विगतदेखि नै भएको अत्यन्तै अत्यावश्यक शव दाह स्थल निर्माणमा पहल गर्दै आएको थियो ।

सो अवसरम बोल्दै मारवाडी सेवा समितिका अध्यक्ष पितरुमल अग्रवालले मारवाडी समुदायका विद्यद वर्ग, बराहक्षेत्र नगरपालिकाको नगरप्रमुख तथा पशासकीय अधिकृतको छलफलपश्चात डिपिआर बनेपछि सर्वसाधारणको सहजताका लागि शवदाह स्थल निर्माणको पक्रिया अगाडि बढेको बताउनुभयो । शिलान्यासपछि बोल्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले बराहक्ष ेत्र नगरपालिकाभित्र पर्ने यस स्थानमा व्यवस्थित शवदाह स्थल निर्माणले सहजता प्रदान गर्ने बताउनुभयो । नेपालकै प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र धाम रहेको यस्तो पवित्र स्थानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारतका विद्वान, साधुसन्त लगायतसँग चाडै छलफल गरेर यस क्षेत्रको विकासमा प्रदेश सरकारले योजना अगाडि बढाउने बताउदै धार्मिक पर्यटनको केन्द्रको सम्भावना बोकको यस क्षेत्रले देशको समृद्धिमा ठूलो योगदान पु¥याउने बताउनुभयो । यस्तै बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले गंगानदी भन्दा पनि महत्व बोको कौशिकी नदीको जलको महत्वको विषयमा पौराणिक ग्रन्थहरुमा उल्लेख भएको बताउदै चारधाममध्ये एक धाम बराहक्षेत्र धामको हिन्दु सनातन धर्मालम्बीहरुको आस्थाको केन्द्रविन्दु मानिएको यस क्षेत्रको विकासमा स्थानीय सरकारले गम्भीरतापूर्वक लिँदै आएको बताउनुभयो । उहाँले यस्तो पवित्र स्थानमा अन्तिम संस्कार गर्न पाए पुण्य प्राप्ति हुने मान्यताका साथ अन्तिम दाह संस्कारका लागि आए पनि व्यवस्थित शव दाह स्थल नहुदा भोग्दै आएको समस्याको समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । यहाा दैनिक ४ देखि ५ जनाको अन्तिम संंस्कार हुने गरेको छ । दाउराको समस्या, झरी पानीमा दाहसंस्कार गर्दा हुने समस्या लगायतका विविध समस्या भोगे पनि यहाँ अन्तिम संस्कार गर्दा पुण्य कमाइने विश्वासले आउने गरेका हुन् । अझ यहाँ व्यवस्थित दाहसंस्कार निर्माण सम्पन्न भएपछि सर्वसाधारणमा अझ विश्वास बढेर जाने अपेक्षा समेत सबैले लिएका छन् ।
