धरान । गत बर्षको भदौ १३ र असोज १२ गते आएको भीषण बर्षाद्ले धरान १३ अमरबस्तीका सर्वसाधारणको उठीबास लगायो । अविरल बर्षाका कारण त्यहा आसपासका बस्तीका सर्वसाधारणको विचल्ली भयो । क्षति भएको स्थानमा प्रदेश सरकारले अनुगमन ग¥यो । अनुगमनपश्चात क्षति पुगेका सर्वसाधारणलाई राहत र समस्या समाधानमा लागि सरकारले सहयोग गर्ने आश्वासन दियो । आश्वासन आश्वासनमै सीमित भएपछि अहिले सर्वसाधारणले आफै रकम जुटाएर श्रमदान गर्दै बाढी नियन्त्रणा लागेका छन् । एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको असरबाट धरान १३ स्थित अमर वस्ती सेतोपुल आसपासका वासिन्दाहरुको जनजीवन कष्टकर जीवन बिताए । क्षतिग्रस्त स्थानमा स्थानीय सरकार तथा प्रदेश सरकारले अनुगमन समेत ग¥यो । बाढी नियन्त्रणसँगै क्षतिग्रस्त स्थानको निर्माण र पीडित परिवारलाई राहत दिने आश्वासन दिएपनि आश्वासन आश्वासनमै सिमित भएपछि स्थानीयहरुले आफै रकम जुटाएर आफनै श्रमदानमा काम शुरु गरेका हुन् । स्थानीय घनश्याम तिम्सिनाले कोशी प्रदेश सरकारका सिंचाईमन्त्री एकराज कार्कीले अनुगमनपश्चात बनाउन निर्दैशन दिए पनि अहिलेसम्म रकम निकासा नभएको बताउनुभयो । क्षतिको विवरण बुझाउँदा समेत कतैबाट सहयोग प्राप्त नभएपछि बाध्य भएर स्थानीयहरु आफै जुटेर निर्माण सामाग्री खरिद गरेर श्रमदानबाट तारजाली लगाउने काम शुरु गरेको बताउनुभयो ।

दुई पटक आएको बाढीले तीन करोड भन्दा बढी क्षति भएको स्थानीयहरु बताउँछन् । यो क्षेत्रम ८५ घर परिवारको बसोबास रहेको छ । बाढीले सडक र खोलाको तटबन्ध नै बगाएपछि सर्वसाधारणहरुले थप क्षति नपुगोस् भन्ने अभिप्रायले रोकथामका लागि स्थानीयहरु आफै जुटेका हुन् । करिब १६५ मिटर क्षतिका लागि स्थानीय सरकार धरान उपमहनगरपालिका १३ नं. वडा कार्यालयले ५ सय बोरा सिमेन्टबाहेक अरु सहयोग गरेको छैन । जनसहयोग र जनसहभागितामा काम अगाडि बढाइएको अर्का स्थानीय सुवास राईले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकार र प्रदेश सरकारको आश्वासनलाई पर्किदा बर्षादको समयमा थप क्षति पुग्ने सम्भावना बढेकाले स्थानीय आफै जुटेर थप क्षति हुन नदिन अल्पकालीन रोकथानममा लागेको उहाँले बताउनुभयो । बजेट धेरै लाग्ने भएकोले वडासँग प्रसस्त बजेट नभएको बताउदै वडाबाट समेत यथाशक्य सहयोगपछि स्थानीयहरुकै सक्रियतामा अहिले खोलाको बाँध बाध्ने काम शुरु गरिएको धरान उपमहानगरपालिका १३ नंं वडा कार्यालयका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताउनुभयो । अहिले मध्य बर्षादकौ समय रहेको छ । बर्षाद् हुने सम्भावना टरेको छैन । आश्वासनको पोको लिएर सर्वसाधारण बस्न सक्ने अवस्था नभएपछि आफ्नै लगानीनमा आफ्नै श्रमदानमा निर्माणमा जुटेका हुन् । सरकारको मुख ताकेर बसिरहँदा काम नहुने र थप क्षति व्यहोर्नुपर्ने भएपछि आफ्नो काम आफै गर्ने मनसायले एकजुट भएर अल्पकालीन भएपनि बाँध बनाएर थप कटान रोक्ने प्रयास स्थानीयले गरेका छन् । यसले भविष्यमा ठूलो क्षति रोक्ने अपेक्षा स्थानीयबासीले लिएका छन् ।
