६ बर्ष पछि हत्यारा पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ५५ बर्षीय एसराज लामालाई घटनाको ६ बर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जेठ २३ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर–१६ स्थितमा बस्दै आएकी २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया