शिक्षाविद् गोकुल श्रेष्ठको अविश्रान्त यात्रा सार्वजनिक

धरान । शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठको आत्मकथामा आधारित ‘अविश्रान्त यात्रा’ पुस्तकको शनिवार विमोचन गरिएको छ । धरान ७ सिद्धि नेवाः परिषद्मा आयोजित एक कार्यक्रमका बीच शिक्षाविद् श्रेष्ठद्वरा लिखित अविश्रान्त यात्राको सार्वजनिक गरिएको हो । लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित धरानका शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठले आफ्नै जीवनमा आधारित ‘अविश्रान्त यात्रा’ को विमोचन गरिएको छ । पुस्तकको विमोचन धरानका साहित्यकार, भाषाविद् प्रा.डा. टंक न्यौपानेले गर्नुभएको थियो । धरानको शिक्षा सदन माविमा प्रअको भूमिका लामो समयसम्म रहनु भएका श्रेष्ठले शिक्षा क्षेत्रमा गरेका सह्रानीय प्रयासहरुलाई कृतिमार्फत समाजमा छोड्ने अभिप्रायले पुस्तक लेखिएको विमोचन कार्यक्रममा प्रष्ट पार्नुभयो । उहाँले जीवनकालमा भोगेका, दुःख पाएका, जीवनको यात्राका क्रममा आफूले संघर्ष गरेका कथाहरुलाई समावेश गरेर पुस्तक सार्वजनिक गरेको बताउनुभयो ।

सो अवसरमा भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपानेले सार्वजनि भएको पुस्तकले समाजमा सन्देश प्रवाह गर्ने बताउनुभयो । जीवनको भोगाइमा आधारित यो पुस्तक साँच्चै नै राम्रो, सन्देशमूलक रहेको प्रष्ट्याउनुभयो । पुस्तकको सम्पादन ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले गर्नुभएको थियो । जीवनभर संघर्ष गरेका कुराहरुलाई समेटेर पुस्तक तयार पारेकोले भावी पुस्तालाई समेत सन्देश प्रवाहसँगै समाजमा सकारात्मक कुरा प्रवाह गर्न पनि आत्मवृतान्त पुस्तक लेखिएको बताउनुभयो । विमोचन कार्यक्रममा धरानका शिक्षाविद्, साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया