घण्टाघरबाट हेर्दा

बाउ जग्गा छोरो रौसी
लाउरेसका झोलेहरुलाई यतिबेला कम्ता गाह«ो छैन । तीनकुनेको राजसंस्थावादीहरुको आन्दोलन भाँडभैलो गर्न भेष धारण गरेर छिरेको एउटा ठिटोलाई बल्ल जनताले चिनेछन् । भाटभटेनीबाट रौसी चोर्दै भागेको केटाको असल नियत त बल्ल बाहिर आएको छ । रौसी चोर्ने गणेका आफन्त अनि दोषचाहिँ राजसंस्था वादीहरु माथि । हुलमुलमा कसैले नचिल्ला कि भनेर गाँडेहरु ढुक्क थिए । ढिलो चाँडो हो पाप धूरीबाट कराउँछ भन्थे हो रै’छ । रक्सी चोरेर भागेका त लाउरेसका सहमहामन्त्री महेन्द्र जादवका कुपुत्र पो रै’छन् । हुन त सहमहामन्त्रीका छोराले रौसी चो¥यो भनेर के अनौठो मान्नु ? बाउ सरकारी जग्गा किर्ते गरेर आफ्नो नाममा बनाउने छोरा रौसी चोर । धन्न सिसिटिभी फुटेजले तिनको पहिचान खुलाइदे’सी संसदमै अध्यक्षे राजीन्दर लिंगदेनले उदांगो पार्दिएछन् । रौसी चोरेर भागेका तिनलाई प्रहरीले अँठ्याए पनि कारबाही नगरी छोडिएको थियो । चोर चोरै हो । अरुलाई चाहिँ कारबाही हुने तिन्लाई चाहिँ कारबाही गर्नु पर्दैन ? घरेलु मन्तरी दाहिना भएसी’ बातै खलास । अब कुनबेला प्रहरीको चिफले डिपफेक भिडियो भनेर वक्तव्य निकाल्छन् । गाँडतन्त्रका बाउ खालदेखि छोरा खाल सबै धन्दामा लाग्या रै’छन् । क्या वात ।
विशाल जनसागर

झालेमालेका रकमी छोले, खप्रओका मलद्वार पछुवा बरिष्ठ सल्लाहकार कथित बुद्धिजीवि राजन भट्टराई नि किर्ते गर्नचाहिँ खप्पिस रै’छन् । नेपाली जनता ज्यानमारा, डाका, बलात्कारी, चोरको रैती भएको माने लुटतन्त्र शुरु भएको वैसाख ११ गतेको दिनलाई भट्टराईले हुर्मतै लिएछन् । मासुभात, रौसी, पकेट खर्च र यातायततको व्यवस्था गर्दा नि भृकुटी मण्डपमा भीड जम्मा गर्न नसकेसी’ भट्टराईले राजावादीहरुको जनसागरलाई कपी गरेर झालेमालको जनसागर भनेर सामाजिक सञ्जालमा पोष्ट्याएछन् । विचराले गर्न त ठीकै ग¥या हुन् । एकलाख युवा भृकुटी मण्डपमा उतार्ने भन्या थिए । त्यसमा ९५ हजार कम भएछन् । लाज ढाक्न पनि त अरुको फोटो फेस्ट्यानु प¥यो । लाजनीतिमा यस्तो सबै चल्छ कि कसो हौ ?
दश कक्षा पास शिक्षामन्त्री
आफ्नो औकात नभए पनि अनेकौ तिक्डम लगाएर जस्केलाबाट छिरेका गुप्त शिक्षामन्त्री भएछन् । झालेमाले फुट्दा माकुनेको पछि पछि दौडिएका पन्त माकुनेबाट केही झर्ला जस्तो नदेसी’ तालमेल मिलाएर खप्रओतिर लहसिएका थिए । माकुनेको पछि लाग्दा तिनले भन्या थिए ‘सारी सर्लक्क पारेर सेवा तिघ्रा देखाएपछि केपी ओलीले सांसद पद दिइहल्नुहुन्छ ।’ उनको व्यंग्य थियो झालेमालेबाट समानुपातिक सांसद बनेकी कोमल ओलीलाइ यस्तो तुच्छ बोल्नेलाई यतिबेला खप्रओले शिक्षामन्त्री बनाएका छन् । गोडापाँचेक पटकको प्रयासपछि बल्लतल्ल धरान आएर म्याट्रिक पास गरेका पन्तलाई चाँड नै आपत पर्ला जस्तो छ । नारीहरुको अपमान गरेको भन्दै ओलीले मुद्धा दायर ग¥याछिन् । वल्ल तल्ल चाकडी बजाएर पाएको पद पनि जाला जस्तो पो छ । त्यसैले थुतुनो र त्यो के जातिचाहिँ जोगाउनु त्यसै भन्या होइन ।
कम्प्रमाइज गरेर नखाने रे
लाउरेसका महामन्त्री मटनकाजी पनि हिजोआज अर्थ न बर्थ गोविन्द गाई जस्ता भाषन गर्न थाल्या छन् । अस्तिका दिन उन्ले त्यो के जाति भन्ने ठाउँमा झालेमालेसँग कम्प्रमाइज
गरेर सरकारमा नबस्ने भनेछन् । हुन त मटन काजीको भिजन भन्या थुतुनोमा जे आयो त्यही बोल्ने मात्र हो । अनि तिनको केही भरौटेहरु कट्टु खोलेर काँधमा बोकेर हिड्छ्न् । सत्ता र शक्तिको वरिपरि घुमेर फाइदामात्र लिन र गफ दिने गफाडीलाई किन नचिनेको होलान् ? फेरि मटनकाजीले सरकारमा बस्ने नबस्ने भनेर निर्णय गर्ने ल्याकत पनि राख्दैनन् । उनले झालेमालेसँग कम्प्रमाइज ग¥या पनि हैनन् क्यारे । बुढानिलकण्ठे काजी कजिनीले झाटेपछि मटन काजी साइजमा आइहाल्छन् । ल्याकत भन्दा ठूलो गफ नगरेकै बेश । किसो हौ ?
नेपालमा उपचारै हुन्न गणे श्री ६ महाराजहरु अति
रोगले पीडित भा’छन् । अति रोगले च्यापेसी नेपालाँ उपचार हुँदै हुँदैन । यस्तै अतिरोगबाट पीडित लाउरेसका श्यालबहादुर यतिबेला सिंगापुर पुग्या छन् । सिंगापुरमा उपचार गरेसी थाइल्याण्डमा फ्लोअप गर्ने रे । देशमा गाँडतन्त्रको दियो धिपिक धिपिक गर्दैछ उता गाँडे राजाहरु ढुकुटीबाट आफन््रै हात जगन्नाथ भनेझै मनलाग्दी लिएर चल्दिएका छन् । गणे महाराजाहरुलाई हाच्छिउ आउनु हुँदैन, गिलो आँची आउनु हुँदैन, टाउको दुख्नु हुँदैन विदेश चल्दिइहाल्छन् । हुन त विचराहरुले सोझा जनतालाई सडकमा उफारेर त्यसै गाँडतन्त्र ल्याएका हुन त ? कहिले सर्पनाथको अण्डकोष सुनिन्छ विदेशै हानिन्छन्, कहिले खप्रओको त्यो के जाति सुनिन्छ विदशै हानिन्छन् । गणेहरुलाई लाग्ने अति रोगको उपचार नेपालमा सम्भव नभएसी’ त जानै प¥यो ।
खप्रओको कडा निर्देशन
पर्धानमन्तरी खप्रओले झालेमालेका सांसदहरुलाई अस्तिका दिन कडा निर्देशन दिएछन् । दिने भए नि विचराको कुनबेला सिंहदरबारबाट बहिर्गमन हुने हो टुंगो छैन । जता जाउ चाहे स्वदेशमा होस् कि विदेशमा होस चोर देश छोड भन्ने नारा मात्र लगाएका छन् । विचरालाई सानो टेन्सिन छ त ? मासुभात खुवाएर पालेकाहरुले मात्र केपी बा आइलभयु भन्छन् । अरु त सबै धारे हात पार्नेमात्र छन् । अस्तिका दिन उन्ले संसदमा झुटो कुराको प्रतिवाद गर्न सांसदलाई निर्देशन द्या थिए । त्यसभन्दा अगाडि आफ्ना मासुभातेलाई राजसंस्था समर्थकलाई झम्टन निर्देशन द्या थिए । यस्ता निर्देशन त कति दिन्छन् दिन्छन् । अब झालेमालेका सांसदहरुले सदनमा सत्य कुरालाई झुटो बनाउन सबै हदकण्डा अपलाउलान् जस्तो छ । खप्रओको निर्देशन त विचराहरुले मान्नै प¥यो ।
गणे मण्डलेले हेरिदिनुप¥यो

अनुहार न दनुवार पाण्डव सुनुवार भनेझैँ ओइलिएको पात झै अनुहार भा’की निर्माता निर्देशकलाई रकम दिएर हिरोइन भा’की सुरक्षा पन्तको विलौना यतिबेला खपिनसक्नुको छ । पेशाभन्दा बाहिर गएर राजसंस्थाकका विरुद्धमा हाब्रो के च्यातेकी थिइन् उनको फिल्म नै नचलेर चौपट्ट भा’छ । पन्तको फिल्म नचलेसी गणे मण्डलेहरुलाईचाहिँ राम्रै चोट परेछ । निर्माता निर्देशक त डुबे अनि पन्तका विरुद्धमा देशव्यापाी गालीको बर्षा भा’छ । अब पन्तलाइ उकास्ने एउटै उपाय छ गणे मण्डलेहरुले गएर फिल्म हेरिदिनुप¥यो । हुन त गणे मण्डलेहरु मासु भातमा विक्री हुन्छन् टिकट काटेर के हेरिदिन्थे ? विचरी पन्तले सबैले जिस्काउन र गिजोल्न थालेसी’ अस्तिका दिन म मिन्स भा’की छु कोही छुन नआउनु सम्म भन्नु परेछ । त्यसै भन्या होइन त्यही मुखले पान खुवाउँछ अनि त्यही मुखले जुत्ता खुवाउँछ ।
अन्तेमा
नेपालमा यतिबेला गाँडतन्त्र जोगाउने ठेक्का पहेलो वस्त्रधारी धिक्कारकर्मी डलरे कृष्ण पहाडीले पाएका रै’छन् । अम्रिका लगायतका देशबाट डलर आउन बन्द भएसी’ पहेलो वस्त्रधारीले गाँडतन्त्र जोगाउने ठेक्का लाउरेस र झालेमालेबाट पाएका रै’छन् । अस्तिका दिन दहाल थरका एकजना बरिष्ठ पत्रकारले धिक्कारकर्मीको नालीबेली नै खोलिदिएछन् । जताबाट माल झर्छ त्यसैको स्तुतिगान गाउने पहाडीले आफ्नो गोरसधन्दा राम्रैसँग चलाएका रै’छन् । तिनले धिक्कारकर्मीको आवरणमा धन्दा गर्नुभन्दा ब्रोकरको रुपमा चिनाएका छन् रे । होला पनि अनुहार र हाउभाउ त्यस्तै छ ।

तपाईको प्रतिक्रिया