जेष्ठ नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना : हालसम्म सैयौ जेष्ठ नागरिकले लिए लाभ

धरान । अव्यवहारिक जीवन शैली र अन्तुलित खानपानका कारण समाजमा बढ्दै गएको दीर्घ रोगीलाई लक्षित गरी परिवर्तनका लागि सामाजिक अभियान नामक संस्थाले ७८ औं संस्करण अनुरुप निःशुल्क चेकजाँचसँगै औषधि वितरण समेत गरेको छ । धरान १ मा रहेको धरान मोडल कलेजमा आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रशान्त शाहले निःशुल्क चेकजाँच गर्नुभएको छ । शिविरमा विशेष गरी मुटुरोगी, मधुमेह तथा उच्च रक्तचाप भएका ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरी नियमित प्रत्येक महिनामा दुई पटक आयोजना गर्ने गरिएको परिवर्तनका लागि सामाजिक अभियान धरानका अध्यक्ष विष्णु बरालले जानकारी दिनुभयो । उहाँका अनुसार ७८ औं संस्करणको शिविरमा ७५ जना उच्च रक्तचाप तथा मुटुरोगीलाई उपचारसँगै निःशुल्क औषधि समेत वितरण गरिएको हो ।


पहिलो संस्करणबाट ७८ औं संकरणसम्म आइपुग्दा हजारौ जेष्ठ नागरिकलाई निःशुल्क उपचारसँगै औषधि वितरण गरिसकेको छ । मानवीय सेवामा समर्पित यो संस्थाले ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क रुपमा आयोजना गर्ने गरेको काम सह्रानीय भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । अस्पतालसम्म पुग्न नसक्ने, नियमित उपचारमा आइरहनुपर्ने जेष्ठ नागरिकहरुलाई लक्ष्ािँत गरेर आयोजना गरिएको यो शिविरले विरामीहरु लाभान्वित भएक छन् । अशक्त विरामी जो अस्पतालसम्म पुग्न समेत समस्या हुन्छ यस्ता विरामीलाई लक्षित गरी प्रा.डा. शर्माले नियिमत निःशुल्क उपचार गर्दै आउनु भएको छ । यो अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया