घण्टाघरबाट हेर्दा

ठग बन्धनका नाइने निराश
ठग (गठ) बन्धनका नाइके आच्या खप्रओ हिजोआज बडो निराश देखिन थाल्या छन् । विचराको ओठ, मुख, अनुहार, तालु सबै सुक्दै गा’छ । प्रहर, सेना र आफ्ना नन्दीभृंगीहरुको
घेरामा समेत हिडिनसक्नु भएपछि विचरा निराश हुने नै भए । जहाँ गयो त्यही भाग भन्दै नारा लगाउँछन् । लोभले छोडेर हिड्न पनि सक्दैनन् । वडो फसाद छ खप्रओलाई । अब त हुँदा हुँदा मासुभात, तेल र पैसा बाँड्दा समेत जनताले पिँध देखाउन थालेका छन् । बुटवलको जागरण सभामा ५० हजार मान्छे उतार्ने योजना मासुभात र रक्सी खुवाएर पैसा बाँडैरै बनाएका थिए । खाएपछि लिएपछि नमकको सोझो त गर्नुपर्छ नि । सबका सब बेइमान । त्यत्रा विधिलाई खुवाएर बाँडे अन्तेमा हजार पन्द्रेक सय भेला भएछन् । कोही आएर बीचैबाट लाखा पाखा लागे, कोही आउँदै आएनन् । सिराहामा पनि बेइमानहरुले त्यस्तै धोका दिएछन् । हुँदा हुँदा आÏनै गृह नगर झापाको दमकमा समेत लोप्पा खुवाइदिएछन् । यस्तो भएसी’ विचारा खप्रओले कसरी सहनु ? अन्तका त तैबरु तै त्यस्तै हो आफ्नै गृहनगरकाले त त्यसरी धोका दिनु हुन्थेन गाँठे । अन्तेमा विचराले मञ्चमा बसेकालाई भाषण सुनाएर टिएपी देछन् ।
गा“डतन्त्रको जग लिरिबिरी

नेपालँ यतिबेला गाँडतन्त्रको जग लिरिविरी लिरिविरी गरेर हल्लन थाल्या छ । फागुन २५ गतेदेखि चल्न थाल्या हावाहुरीले गाँडतन्त्रको जग नमज्जै सँगेले लिरिविरी बनाइद्या छ । चैत्र १५ गतेको आँधीवेहरी रोक्न दुनियाँ प्रकारका टेको लगाए पनि केही लछारपाटो लागेन । चैत्र २६ गतेको आँधीले आधाउधी जरा उखेलिएको छ । तैपनि गाँडेहरु सत्ता जोगाउन राज्यको ढुकुटीबाट ढुंगा माटो हाल्ने असफल प्रयास गरिरा’ छन् । अब त हुँदा हुँदा आफ्ना नन्दीभृंगी, भूत, पिसाचहरुले समेत जुम्राले मृत शरीर छोडेर हिडेजस्तो हिड्न थालिसके । तिनीहरु पनि सबै गाँडतन्त्रको जरा उखेल्न सडकमा आइसके । सडकमा टायर बालेर, अर्काको घरमा ढुंगा हानेर, रेलिङ्ग भाँचेर, चक्काजाम गरेर, विदेशीले खल्तिमा राखेको दाम घिचेर गाँडतन्त्र, धर्म निरपेक्षता, संघीयता दिएकोमा मख्ख प¥या थिए । अब समुलै जाला जस्तो पो छ ।
दह्रो दिएछन् बुढाले
राजसंस्था पुनस्र्थापा संयूक्त जन आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवदीले भाडाका गाँडेहरुलाई दह«ो झापड दिएछन् । राजा महेन्द्रले आफ्नी श्रीमतिको गरगहना बेचेर त्रिभुवन विद्यालय खोलको तर अहिलेका गाँडेहरुले टियुको जग्गा बेचेर आफ्नी स्वास्नी र छोरी बुहारीलाई गहना बनाएका रै’छन् । संयुक्त राष्ट्रंघको देशलाइ सदस्य बनाए, देशभरि सयौ कलेज खोलिदिए, पूर्व पश्चिम राजमार्ग बनाइदिए । गाँडेहरुले ३० बर्षदेखि यिनै कुरा बेच्दै खाँदै गरे रे । बुढाले दनकचाहिँ राम्रै दिएछन् । हुन त बुढाको कुरा मासुभातमा बिक्नेहरुले के बुझ्लान् ?
बडो राम्रो् भनेछन्
मान्छे बिग्रिएपछि थुतुनोमा जे आयो त्यही बक्छ भन्थे हो रै’छ । अब हेरौ न त्यो रास्वपाका प्रवक्ता सन्तोष परियारलाई । घण्टाघर पनि एकछिन त अलमलमा प¥यो । त्यो परियार
रास्वपाको प्रवक्ता हो कि गाँडेहरुको प्रवक्ता हो ? त्यसले भन्या राजसंस्थावादीहरुको चैत्र १५ गते काठमाण्डौको कोटेश्वरमा भएको आन्दोलन अनि घट्ना कुनै हालतमा राजनीतिक थिएन रे । हुन त परियारले ठीकै भन्या हुन् । टाउकोमा जति गिदी हुन्छ त्यति नै बोल्ने त हुन् । त्यसैले त सहकारी ठगेर अकुत कमाउनु, गोडाचारेक स्वास्नी बटुल्ने सामाथ्र्य
राख्नु, दाोहोरो नागरिकता लिनु, दोहोरो पासपोर्ट लिनु, बाढी पहिरोको नाममा राहत बाड्न कुस्त चन्दा उठाएर स्वास्नीका नाममा जम्मा गरेकोलाई जेल हाल्नुचाहिँ राजनीतिक हो । जे होस् गाँडेहरुको प्रवक्ता बनेर मालपानीको जोहो राम्रै गर्न भ्याए जस्तो छ परियारले ।
गठ्ठे सिंहको लाल अनुहार

बाबुको विरासत भँजाएर उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री भाका गठ्ठे सिंहको अनुहार अस्तिका दिन बढो हेर्न लायकको थियो । कोशी पर्यटन बर्ष २०८२ को उ्घाटन गर्न तीनजुरे पुग्या थिए । गठ्ठे सिंहको भाषण सुन्नै कोही आइदिएनन् । मञ्चमा उपरखुट्टी लगाएर बसेका गोडादशेक जना, आफ्नै सुरक्षाकर्मी र मञ्चको तल्तिर राखेका कुर्सीलाई भाषण सुनाएर फर्किएछन् । गठ्ठे सिंहको आज सम्म त्यतिको घोर अपमान यस अघि कहिल्यै भएको थिएन होला । हुन त तिनलाई मानै पो कस्ले गर्छ र ? जसको मानै हुँदैन उसलाई अपमानको के मतलब । धन्न ढुंगा हानेर लघारेनछन् ।
काजीको धन्दा डुब्ला जस्तो छ
नेपालको राजनीतमा मटनकाजी भनेर चिनिने उर्फ गनगने थापाको गनगन अब ज्यादै भएजस्तो छ । कहिले आफ्नै पार्टीका नेताका विरुद्ध भट्याउने, कहिले अरु पार्टीका नेता विरुद्ध फलाक्ने, कहिले राजसंस्थाबादीलाई तथानाम भन्ने । आफूमात्र ठीक भन्दै अरुका विरुद्ध बिषबमन गर्ने अनि अर्को जात र गोत्र नमिल्ने पार्टीसँग मिलेर सरकार चलाएर देश समृद्ध बनाउन सकिन्छ भनेर भाषण गर्दै हिड्ने । जे होस् मटन काजीले बहुरुप धारण गर्नचाहिँ जान्या रै’छन् । अबचाहिँ उनको वहुरुपीया धन्दा डुब्ला जस्तो छ । तर बहुरुपियाहरु त्यसै बस्दैनन् भन्छन् । भोलिका दिनमा राजसंस्था स्थापना भएपछि दरबार छिर्नेमा मटन काजी नै पहिला भए भने कसैले जिब्रो नटोके हुन्छ । काजीले धन्दा कसरी गर्ने भनेर राम्रोसँग बुझ्या छन् ।
सडकमा पछार्नुपर्छ रे
सुकुम्बासी नेताबाट रातारात खरबपति बनेका ललिता निवासको जग्गा समेत डकार्न नेपालका अरथ मन्तरीको थुतुनो हिजोआज निक्कै चल्न थाल्या छ । अस्तिका दिन तिन्ले भन्या भिन्न विचार राख्ने्हरुलाई सडकमा पछार्नूपर्छ रे । वाह † क्या वात अरथ मन्तरी ? गाँडतन्त्रमा गाँडेहरुसँग सहमति नहुनेहरु सबै अराजकवादी हुँदा रै’छन् । हुन त स्याललाई दशा लागेपछि सहर पस्छ भन्ने हो रै’छ । गाँडतन्त्रमा गुहुको मुलाझै मौलाएकाहरु बहुलाउन थाल्या छन् । गाँडतन्त्रको जरै उखेलेर फाल्न जनता सडकमा आएपछि आफ्नो धन्दा चौपट्ट हुने भयले मस्ती मार्नेहरु बहुलाउनु स्विभाविक हो । तर सडकमा को पछारिन्छ ओ तो समय बताएगा ।
अन्तेमा
गणतन्त्रे ठेकेदारहरु दिनैपिच्छे नांगिदै गएका छन् । संसारले देखेको सत्यलाई ढाकछोप गर्न तिनीहरु गोवल्सबादी हल्ला पिटाउँदै हिड्या छन् । यसमा सबैभन्दा अग्रपंक्तिमा देखिएका छन् अनुहार न दनुवार पाण्डव सुनुवार जस्ता घरेलु मन्तरी, महिलाको किड्नी बोकेर हावादारी गफ दिने खप्रओ, बाख्रे काजी, झोले महेश वतौला, ल्याप ल्यापे काजी, धुलाबरीका फोर फुटेड भण्डारी, युवा संघका मुखिया महेश बस्नेत, माने उखाने, गुखाने र सुनखानेहरु नांगिदै गा’छन् । अब त मासुभात, रक्सी, पेट्रोल दाम दिइएन भने यिन्का पछाडि कोही लाग्दैनन् । तै पनि यिनीहरुको रवाफ काइदाको छ ।

तपाईको प्रतिक्रिया