धरान । स्थापनाकालदेखि नै पूर्वाञ्चलकै अब्बल शैक्षिक क्षेत्रको रुपमा स्थापित धरानस्थित युरेका आवासीय माविले तेस्रो मन्टेसरी दिक्षान्त समारोह सम्पन्न गरेको छ । विद्यालयले विगत १५ बर्षदे्खि मन्टेसरी कक्षा सञ्चालन गर्दै आए तापनि मन्टेसरी दिक्षान्त समारोह भने यो तेस्रो रहेको विद्यालयका निर्देशक सुदिप एल्मोले जानकारी दिनुभयो । मन्टेसरीका विद्यार्थी र तिनका अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको समारोहको प्रमुख अतिथिका रुपमा आजीवन समाजेवामा समर्पित रहनु भएकी समाजसेवी सरला कायस्थले सम्भवत : विद्यालय स्तरमा मन्टेसरी दिक्षान्त समारोहको आयोजना गर्ने युरेका आवसासीय माविलाई धन्यवाद दिनुभयो ।


उहाँले भन्नुभयो स–साना बालबालिकाहरुका प्रतिभालाई प्रोत्साहन गर्ने हेतुले विद्यालयले यस्ता अतिरिक्त कार्यक्रमको आयोजना गर्नु आफैमा प्रशंंसनीय छ । यस्ता कार्यक्रमले नानीहरुको क्षमता विकासमा ठूलो मद्धत पुग्ने समेत उहाँले प्रष्ट पार्नुभयो ।
नानीहरुले सिकेका कुरा मञ्चमा देखाए–प्रिन्सपल कुरन चेम्जोङ
युरेका आवासीय माविका पिन्सिपल कुरन चेम्जोङ मन्टेसरी दिक्षान्त समारोह कार्यक्रममा निम्त्याइएका अथिति, विद्यार्थीहरुका अभिभावक र अन्य आगन्तुकहरुलाई स्वागत सत्कारका लागि दौडधूपमा रहनु भएको थियो । कक्षा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन गराउदै आएको विद्यालयमा हाल ३ हजार भन्दा बढी विद्यार्थीहरु रहेका छन् । समारोह मन्टसरी विद्यार्थी लक्षित भएकोले मन्टेसरीका विद्यार्थी र उनीहरुका अभिभावकहरुको उपस्थिति रहेको थियो । यसै सम्बन्धमा दिक्षान्त समारोहमा केन्द्रित रहेर प्रिन्सिपल चेम्जोङसँग धरान साप्ताहिकले संक्षिप्त वार्ता गरेको थियो ।

– दिक्षान्त समारोह आयोजना गर्नुको लक्ष्य के होला ?
मन्टसरीका विद्यार्थी, उनीहरुका अभिभावकमात्र सहभागी समारोहमा विद्यार्थीहरुले आफूले सिकका कुरा मञ्चबाटै प्रदर्शन गर्न सकुन भन्ने नै हो ।
– विद्यार्थीहरुले के–कस्ता कुरा प्रदर्शन गरे त ?
नानीहरुले ह्विलचयेर, गीत, ड्रामा, डान्स, संवाद लगायतका कुराहरु मञ्चमा देखाएका थिए । यसबाट उनीहरुमा आत्मबल बढ्ने मैले विश्वास लिएको छु ।
– हाल मन्टेसरीमा कति विद्यार्थी छन् त ?
हाम्रो विद्यालयमा २५० जना मन्टेसरीका विद्यार्थी छन् । कार्यक्रमले उनीहरुमा थप आत्मबल बढेको छ । बेलकम स्पिच, अध्ययन सम्बन्धी सेयरिङ्ग उनीहरुले राम्रोसँग गरेका थिए ।

