शान्तिको कामना गर्दै मोलम पूजा

धरान । बौद्धधर्मालम्बीहरुलाई नेपालमै बौद्ध चार धामको दर्शनसँगै धार्मिक पर्यटकीय गन्तव्यको अवधारणा अनुरुप धरानमा बौद्ध चारधाम निर्माणको काम शुरु भएको छ ।
बौद्ध चार धाम बनाउन बौद्ध समन्वय समितिले सर्वसम्मत निर्णय गरिसकेकोले काम अगाडि बढेको छ । बौद्ध धर्मको ्रचारसँगै पर्यटन प्रवद्र्धनका लाग बौद्ध चार धाम बनाउँदा लागिएको समितिले जनाएको छ । बौद्ध चार धाम निर्माण सम्पन्न भएको खण्डमा कोशी प्रदेशको चार धाम हुने भएकोले कोशी प्रदेशकै पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बौद्ध समन्वय समितिका अध्यक्ष कर्ण गुरुङल जानकारी दिनुभयो ।

धरान ८ बौद्ध दाहसस्कार तथा धार्मिक बन क्षेत्रमा रहेकौ ११.८ हेक्टर अर्थात २३ विगाह जग्गामा निर्माण शुरु भएको सो काम २०५५ सालमा संस्था दर्ता गरेर काम अगाडि बढेको हो । आर्थिक अभावका कारण काम तिब्र गतिमा अगाडि बढ्न नसकेको अध्यक्ष गुरुङ बताउनुहुन्छ छैन । यो स्थान विगतमा बौद्ध दाहसंस्कार स्थल भएकोलै यहाँ भएका चिहानहरुलाई व्यवस्थित गर्न वनविभाग र समिति मिलेर मोहन कोइराला डेफो हुँदा सहयोग शुरु गरिएको हो । यहाँ भएका १३७ वटा चिहानका मृत आत्मलाई एउटै सिंगो चिहान बनाउने र चिहानलाई विस्थापित गर्ने भनिए पनि वन विभागले सहयोग नगरेको उहाँको दुःखेसो छ । समितिले हाल कार्ययोजना बनाइसकेकाले भएका चिहानलाई पनि एउटै चिहान (आत्मघर) बनाएर जग्गा जोगाउने काममा समिति लागेको छ । अध्यक्ष गुरुङले मुख्य चारधाम लुुम्बिनीको कोशी प्रदेशलाई लक्षित गरी सानो लुम्बिनी बनाउने योजना अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार तीन वटा भारतमा छ । बुद्धगया, सारनाथ, कुसीनगर भारतले बन्द गरिदियो भने नेपालका बौद्धमागीहरु जाने ठाउँ नभएकोले त्यसैको विकल्पको रुपमा पूर्वाञ्चलमा बौद्ध चार धाम बनाउने निर्णय गरेको उहाँको भनाई छ । यो धार्मिक वन भएकोले् पनि कसैले रोक्ने कुरा नआउने अध्यक्ष गुरुङ्गले बताउहुनन्छ । उहाँले आफू सिक्किमको चार धाम गएको तर तर त्यो बुद्धको चारधाम जस्तो नभएको बताउनुभयो । अहिले चारधामको बनाउन र यसको प्रचार प्रसार गर्नका लागि प्रदेश स्तरीय दोस्रो मोलम (प्रणिधान) समै भएको छ । शान्तिसँगै विश्व शान्तिको कामनासहित मोलमको आयोजना गरिएको १ नं. प्रदेश डिङ्मा मोलम छोप्पा समितिका सचिव राजेन्द्र स्याङबो तामाङले जानकारी दिनुभयो । बौद्धधर्मालम्बीहरुको दाह संस्कार गर्ने स्थल, धार्मिक बनभित्र भएका चिहानलाई व्यवस्थित गर्दै बौद्ध चारधामको परिकल्पना अनुसार काम समेत अगाडि बढिसकेको अवस्था छ । यसले धरानको मात्र हैन कोशी प्रदेशकै पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा समेत राखिएको छ ।

तपाईको प्रतिक्रिया