धरान । पछिल्लो पटक कोशी प्रदेशकै धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुरमा धार्मिक पर्यटकको केन्द्रविन्दुमात्र हैन नेपाली चलचित्रहरुको छायांकन गर्ने स्थानको रुपमा विकास हुदै गएका छन् । विजयपुरम रहेका मठ मन्दिरका कारण चलचित्रको शुभमुर्हत गर्ने काम यहीबाट हुने गरेको छ । विहीबार राति धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिरबाट नेपाली कथानक चलचित्र ‘लडाइ पहिचानको’ शुभमुर्हत गरियो । विगतमा पनि विजयपुरमा रहेका मठ मन्दिर आकर्षक स्थानमा सुटिङ गरिएका चलचित्रहरु धेरै थिए । पूर्वको धरान त्यसमा पनि ऐतिहासिक मठमन्दिर भएको विजयपुरमा नै शुभमुर्हत गर्न पाउँदा चलचित्र निर्माणकर्ता, निर्देशक तथा कलाकाहरुले खुशी व्यक्र गरेका थिए । नेपालमा पहिचानको मुद्धा दरिलो रुपमा अगाडि उठिरहेको बेला यस चलचित्र त्यसैमा केन्द्रित रहेको निर्देशक भिम लामाले जानकारी दिनुभयो । उहाँले यो चलचित्रमा पहिचान र अस्तित्वको विषयलाई गम्भीर रुपमा उठान गरिएको बताउनुभयो ।


यस चलचित्रमा नयाँ र पुराना कलाकारहरुको समिश्रण गरिएको छ । चलचित्रको नायकमा धिरेन शाक्य, नायिका करिश्मा मान्धतरसहित विगतमा द्वन्द्व निर्देशकको भूमिका निर्वाँह गर्नुृभएका राजेन्द्र खड्गी, प्रशान्त तामाङ, मनोञ्जन क्षेत्रमा डेरा जमाएका सुरविर पण्डित, पूर्वका चर्चिक कलाकार प्रेम सुब्बा, जेनी घिसिङ, किशोर सम्हाम्फे, शर्मिला राई, रोशन शर्माको अभिनय रहने सो अवसरमा जानकारी दिइएको थियो । यो चलचित्र निर्माणपश्चात पूर्वमा रहेका रमणीय स्थलको प्रचारसँगै पूर्वका कलाकारहरुको पुराना कलाकारहरुको सम्बन्ध विस्तारमा सहयोग पुग्ने कोशी प्रदेश चलचित्रकर्मी संघका अध्यक्ष अरुण प्रधानले जानकारी दिनुभयो । प्रहरीको डिएसपीको भूमिका निर्वाहमा रहनु भएका धिरेन शाक्य र पत्रकारको भूमिका निर्वाह गर्नुभएकी करिश्मा केसीको डाइगलसहित बुढाुसुब्बा मन्दिर परिषरमा नरिबल फोडेर चलचित्रको शुभारम्भ गरिएको थियो । चलचित्रको छायांकन सबै पूर्व रहने जनाइएको छ । सो अवसरमा बोल्दै कलाकार धिरेन शाक्यले धरानको प्रख्यात मन्दिर बुढासुब्बा मन्दिरमा शुभमुर्हत गरिएकोमा खुशी व्यक्त गर्दै चलचित्र निर्माणको क्रममा धेरै कसरत गरिएकोले चलचित्र राम्रो बनेको बताउनुभयो । सो अवसरमा बोल्दै कलाकार करिष्मा केसीले नेपाल राष्ट्रिय चलचित्र उद्योगमा हरेक ठाउँमा चलचित्र छायाँकन हुदा स्थानीय तथा कलाकारहरुसँग सम्बन्ध विस्तार गरेर वृहत भएर जाने बताउनुभयो । यस्ता खालका चलचित्रले सबैसँग सम्बन्ध विस्तार गर्न ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कोशी प्रदेश पर्यटकीय स्थलको रुपमा परिचित छ । यहाँ रहेका रमणीय स्थलको प्रचारप्रसारको कमिका कारण पोखरा लगायत नेपालका पश्चिम क्षेत्रको जस्तो प्रचार नहुने र पर्यटक कमै मात्रामा आउने गरेका छन् । कोशी प्रदेशका हरेक क्षेत्रमा नेपाली चलचित्र छायाँकन हुने क्रम बढ्दा यस क्षेत्रका रमणीय स्थलहरुको प्रचारप्रसार राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रियमा पु¥याउन मद्धत पुग्नेमा दुईमत छैन ।

