सिराहा । सिराहाको लहानस्थित इलाका प्रहरी कायालयको मुद्धाफाँटमा कार्यरत प्रहरी जवान नविन यादव बलात्कारको आरोपमा पक्राउ परेका छन् । बलात्कार आरोपित यादवलाई जिल्ला प्रहरी कार्यालय सिराहाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवम् डिएसपी वीरेन्द्र पासवानका अनुसार यादवलाई फागुन १५ गते नै एक स्थानीय महिला (नाम गोप्य राखिएको) लाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

बलत्कृत महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि निज यादवलाई प्रक्राउ गरी अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो । डिएसपी पासवानका अनुसार यादवले विवाह गर्न शतमा महिलासँग यौन सम्पर्क राखे पनि विवाह नगरेपछि उनले बलत्कार आरापमा उजुरी दिएकी थिइन् । हाल यादवमाथि अनुसन्धान गर्न जिल्ला अदालत सिराहबातट चार दिनको म्याद थप गरिएको छ । विवादित ती महिलालाई प्रहरी जवान यादवले पतिसँग डिभोर्स गर्न लगाएको र लहानमा कोठा भाडामा लिएर राखेका थिए । फागुन १० गते यादवले ती महिलालाई कोठाबाट समेत निकालेपछि उनी बलात्कारको उजुरी गर्न पुगेकी थिइन ।
