धरान १६ को एक घरबाट लागू औषधको डिलरसहित एक महिला पक्राउ

धरान । धरान उपमहानगरपालिका वडा नं. १६ को एक घरबाट प्रहरीले भारीमात्रामा लागू औषधसहित लागू औषध विक्री गर्ने एक जना गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरीले सूचनाको आधारमा धरान १६ मा एक घरमा डेरा गरी बस्ने धरान ८ घर भएकी ३२ बर्षीय करण विकले लागू औषध कारोबार गर्ने गरेको सूचना प्रहरीले थाहा पाएलगत्तै छापा मार्दा ट्रामाडोल ३२१० क्याप्सुल , प्रतिबन्धित औषधीस्पास्पेष्ट १६६० ट्याब्लेट र स्पास्पिन ७३० ट्याब्लेट सहित विककी श्रीमति सुष्मा तामाङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रकाश जवेगुले जानकारी दिनुभयो ।

बि.क.ले राखेको डिलरबाट उनकी श्रीमर्ति २९ की सुष्मा तामाङले लागूऔषध कारोबार गर्ने गरेको प्रहरीले खुलासा गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया