प्रहरीले थाल्यो ‘ब्लेकेड तथा स्वीप अप्रेशनको सिमुलेसन अभ्यास

धरान । प्रहरीले काम कारबाहीका समयमा हुने समस्या र त्रुटीका कारण वास्तविक अपराधी पत्ता नलाग्ने तथा वास्तविक प्रमाण फेला नपर्दा अदालतमा बहस गर्दाको समयमा यथेस्ट प्रमाण जुटाउन नसक्दा मुद्धा किनारा लाग्न नसक्ने अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरीले ‘ब्लेकेड तथा स्वीप अप्रेशनको सिमुलेसन अभ्यास’ धरानमा आयोजना गरेको छ ।
समाजमा बढ्दै आपराधिक गतिविधि, बढ्दो दुर्घटनाको जोखिम कम गर्नका साथै आपराधिक तथा दुर्घटनापछि अदालतमा परेको मुद्धामा यथेष्ट प्रमाण सम्बन्धित पक्षले जुटाउन नसक्र्दा अनुसन्धानमा असहज परिस्थिति पैदा भएको तथा अदालती प्रक्रियामा समेत समस्या परेकोले प्रहरीले यो अभियानलाई प्रयोगात्मक ढंगबाट अभ्यास शुरु गरेको हो ।
धरान ८ तीनकुनेमा आयोजना गरिएको सो कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीका साथै इलाका प्रशासन कार्यालयका कर्मचारीहरुको सहभागितामा प्रयोगात्मक रुपमा अभ्यास गरिएको थियो ।

सो अवसरमा ट्राफिक नियम उल्लंघन गरी मोटरसाइकल चलाउँदा भएको दुर्घटनामा दुर्घटनाको प्रकृतिलाई हेरेर प्रहरीले बनाएको मिसिलले दुर्घटनाको वास्तविक कुरालाई अदालतले मुद्धा किनारा लगाउन नसक्ने अवस्था भएकोले प्रहरीसँग प्रसस्त स्रोत साधन नहुने, दुर्घटनाको प्रकृतिका विषयमा वास्तविक कुरा उल्लेख गर्न नसकिने, सिसी क्यामरा फुटेज प्राप्त गर्न विविधि कठिनाई भोग्नुपर्ने अवस्था सिर्जना हुने गरेका कारण अनुसन्धानमा कठिनाइ हुने गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगुले जानकारी दिनुभयो ।सो अवसरमा मोटरसाइकलमा तीन जना चढेर लापारबाही ढंगले मोटरसाइकल चढेको र टूाफिक प्रहरीले छेक्दा छेक्दै पनि अटेर गरी हो हल्ला गरी जबरजस्ती चलाउँदा भएको दुर्घटनामा कसरी अनुसन्धान गर्ने भन्ने सम्बन्धमा प्रयोगात्मक ढंगबाट अभ्यास गरिएको थियो । अभ्यासको अवलोकन गर्न पुग्नु भएका धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले घटना घटिसकेपछि प्रहरीले सूचना पाएपछि गर्नुपर्ने काम, घट्ना स्थलमा पुगेपछि प्रहरीले गर्ने काम के हो, घट्ना स्थलम कसरी सिर्जमिन मुचुल्का लिनुपर्ने, घट्ना घटिसकेपछि आक्रोसित मासलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरादेखि लिएर अपराधी पक्राउ गर्नेसम्मका अभ्यासमार्फत प्रदर्शन गर्दा वास्तविकतासँग मेल खाएको अनुभव भएको उहाँले बताउनुभयो । प्रहरीले अपराध घटिसकेपछि वा दुर्घटनापछि बनाएको मिसिल तथ्यपरक नहुदा हुने समस्यालाई मध्यनजर गरी यो अभ्यास शुरु गरिएको हो । यस्ता अभ्यासले प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्नुका साथै सही मिसिल अदालतमा समेत पुग्ने भएकोले अदालतलाई पनि मुद्धा किनारा लगाउन सहजता प्रदान गर्न
गरिएको अभ्यासले आगामी दिनम कार्यक्षेत्रमा लागेका प्रहरीहरुलाई सहजता प्रदान गर्ने अपेक्षा राखिएको छ ।

तपाईको प्रतिक्रिया