घण्टाघरबाट हेर्दा

थोडा तो सरम करो
सत्ताबाट गलहत्याइएका, आफ्नैले पनि जुम्राले मरेको लासलाई छा्ेड्दै हिडर गएसी सडकमा पुगेका र चौविस घण्टा बर्बराउदै हिडेका प्रचण्डाउले अस्तिका दिन संसदमा फलाकेछन् । सामाजिक सञ्जाल विधेकमा पाइलैपिच्छे जेल र जरिवानाका तरबार झुण्ड्याइएको छ रे । थोडा तो सरम करो । सामाजिक सञ्जाल विद्येयकको मस्यौदा प्रचण्ड सत्तामा हुँदा तयार पारिएको तिनले बिर्सेछन् । अहिले त्यही विद्येयक लाउरेस र झालेमोको सरकारले अध्यादेशको रुपमा ल्याएको न हो । विद्येयकचाहिँ आफू तयार गर्ने अनि अरुले त्यसलाई ल्याउँदा जेल र जरिवानाको डंका पिट्नु त भएन नि । हुन त विचराको मनस्थिति नै अहिले ठीक छैन । कुन बेला के बोल्छन् ? कुन बेला के बोल्छन् ? मनस्थिति ठीक नभएसी मान्छे ठाउँ कुठाउँ जहाँ पनि बर्बराउँछ । झुठो बोल्न, स्टण्ड गरेर नेपाली जनतालाई मूर्ख बनाएर सहानुभूति बटुल्न प्रचण्डाउसँगै सिक्नुपर्ने हुन्छ । आफैले एकछिन अगाडि के बोल्या थिएँ अहिले के बोल्दैछु अलिबारमा के बोल्नुपर्ने हो त्यसको हेक्का नै विचरालाई हुन छाड्या छ । हुन त विचरालाई के भन्नु रोगै यस्तो लागेसी’ ।
हेर्दै छु रे
हाम्रा निधौरे काजीकी जोई उर्फ आरजु कजिनीले काँग्रेसका कार्यकर्ताहरुलाई आफ्नै हली, गोठाला, खेतला, हुक्के, ढोके, बैठके ठान्छिन कि क्या हो ? हुन त हिंग नभएपनि हिँग बाँधेको टालो भन्छन् । गन्ध मात्र आए नि तुजुग त देखाउनै प¥यो । त्यसमाथि अहिले परराष्ट्र मन्तरीको जामा लगाएकी छन् । अब हेरौ न अस्तिका दिन कजिनीले काँग्रेसका कार्जेकर्तालाई निर्देशन दिइछन् । निर्देशनमा फेसबुक र अन्य सामाजिक सञ्जालमा नेताहरुको विरुद्धमा नकरात्मक कमेन्ट् नगर्नु, सबैको म हेर्दैछु भनिछन् । तिनले त्यसरी निर्देशन दिने हैसियत कहाँबाट पाइन् ? इमान्दार र सच्चा काँग्रेसका कार्यकर्ताहरुले विचरीलाई नेतै मान्दैनन् । काजीको जोई र मुनाफाकमा पाएको परराष्ट्रमन्त्री हुँ भन्दैमा तिनले द्या निर्देशन कार्जेकर्ताहरुले अपानवायु छाडेझै छोड्न थाल्या छन् । मान्छेको जातले धेरै मात्तियो भने खतिमात्र हुन्छ । फेरि नेपाली काँग्रेसमा तिनको लगानी के नै छ ? कति काँग्रेसका कार्जेकर्ता तिनले उत्पादन ग¥या छिन् ? बात करता है ?
प्रभु र ठगको कनेक्सन के हो ?

सहकारी ठगी संगठित अपराधमा अदालतले निर्देश होइन भन्दै लाखौ जरिवाना गर्दा Ïयाट–Ïयाटी पैसो बोकेर अदालत पुग्ने प्रभु बैंक र सहकारी ठग घण्टेको कनेक्सन के हो ? कनेक्सन विना त कसैले त्यत्रोविधि रकम दिने कुरा पनि आउँदैन । अब हेरम न पोखरा अदालतले ६५ लाख, बुटवल अदालतले ६५ लाख, काठमाण्डौ अदालतले ६० लाख, चितवन अदालतले ५४ लाख धरौटी बुझाउन आदेश दिन भ्याएको हुँदैन प्रभु बैंकका खजाञ्ची बोरामा पैसा बोकेर धरौटी बुझाइदिन पुगिहाल्छन् । घण्टे र बैंकबीचमा पवित्र गठबन्धन त ज्यान गएनि छैन । अपवत्रि गठबन्धन त घामजस्तै छर्लङ्ग भैसक्यो । अरुले त शंका ग¥यो ग¥यो अब त घण्टाघरलाई पनि शंका लाग्न थाल्या छ सहकारीबाट अरबौ ठगेको रकम घण्टेले प्रभुमै थन्क्याएका छ होइनन् ? नभाको भए सर्वसाधारणले निक्षेप जम्मा ग¥या त्यत्रोविधी रकम किन Ïयाट Ïयाटी दिन्थ्यो ? दालमे कुच काला है ।
सत्य बोलेछन्
पूर्व माउवादी कमाण्डर हालका झालेमालेका नेता, मन्तरी समेत पटक पटक पड्काइसक्या रामबहादुर थापा उर्फ बादलले अस्तिका दिन एउटा कुराचाहिँ सत्य बोलेछन् । दशबर्ष सम्म माउवादीले मच्चाएको नरसंहार जनयुद्ध नभर हिँसा थियो रे बादलले भन्या । बादलल सत्य बोलेसी माउवादीका नेताहरुको यतिबेला कन्पारो भत्किएला झै भएर दुख्या छ । दुख्न भयो नि । त्यत्रा मान्छे, अर्काका धनसम्पत्ति लुट्दा, देशका सार्वजनिक सम्पत्ति डङ्कीडङ बम हानेर भत्काउँदा, घरमा पालेका गाइवस्तु बाखा्र पाठा खाइदिँदा, मन्दिर, विद्यालय भत्काइदिँदा पनि कही जुनयुद्ध हुन्छ ? त्यो त हिँसा नै भयो । एकजना माओवादीका नेता त आगो खाएर अंगर विस्ट्याउलाँ झै गरेर बादललाई जेल हाल्नुपर्छ समेत भन्न भ्याएछन् । कुरा कामको ढिलोचाँडो पर्दाफास त हुन्छ नै ।
रातो क्रान्ति र निलो क्रान्ति
यतिबेला देशमा रातो क्रान्ति र निलो क्रान्तिवालहरुको खुबै चर्चा छ । सहकारी ठग घण्टे क्लबका मुखिया र हिसा मच्चाएर राजनीतिमा पदार्पण गरेकाहरुको जोडी खुब जमेको छ । घण्टे क्लबका मुखियाले त्यत्रो विधि जनताको सम्पत्ति लुट्दा समेत हिंसाका सुप्रिम कमाण्डर सडक र सदनमा घण्टे निर्दोष छन भन्दै फलाक्न थाल्या छन् । अदालतले हाल प्राप्त प्रमाणका आधारमा घण्टेलाई निर्दोष छन् भन्न नसकिने भन्दै धरौटी लिएर तारेखमा छोड्या छ । घण्टेलाई सुप्रिम कमाण्डरले राम्र साथ दिएका छन् । निद नै भए नि कस्तो परिस्थितिमा कस्तो गीत गाउनुपर्छ, कस्तो लयमा नाच्नुपर्छ भन्ने कुरा रातो क्रान्तिवाला प्रचण्डाउलाई भलिभाँति ज्ञान छ । सबभन्दा अगाडि निलो क्रान्तिवाला घण्टेलाई यतिविघ्न साथ दिएका थिएनन् । हुन त एउटा सर्पले अर्को सर्पको खुट्टी देख्छ रे । प्रचण्डाउले निलो क्रान्तिवाला ठगको खुट्टी दखेर समर्थन ग¥या होला, कि कसो हौ ?
जादवले समर्थन गर्ने भएछन्
मान्छे हेर्दा कपटी–कपटी परेका भए पनि जसपाका अध्येक्षे उपिन्दर जादवचाहिँ बडो चतुर खेलाडी रै’छन् राजनीतिमा । विगत आठ महिनादेखि बकुल्लाले किनारामा उभिएर माछो ढुकेझै ढुकेर बस्या जादव अन्तत ः गतिलै मन्तरी पाएर सरकारमा सहभागी हुने भा’छन् । अब त उपिन्दर जादवको राजनीति सिद्धियो भन्या त फुइøयाँको सिद्धिनु । लारेस र झालेमोले प्रचण्डाउले तयार पा¥या अध्यादेश मस्यौदालाई संसदमा पेश गरेसी’ माथिल्लो सदनमा बहुमतले पास हुन एक सिट कम हुनु नै जादवको खपराँ श्री लेखिन पुग्यो । अब यतिखेर जादवले रोजेको घरेलु तथा स्वास्थ्य मन्तरी पाउने भा’छन् । माथिल्लो सदनमा एक सिटले समर्थन गरेसी’ सरकारले ल्याएको अध्यादश पास हुनासाथ चन्द्रेका बाउ इन्द्रे आए नि नसक्ने भएको छ । २०–३० सिट भा’काहरुले कम्ता घु¥क्याएका बस्या थिएनन् । अब त संसदका दुवै सदनमा लाउरेर र झालेमालेको वहुमत ।
कमले खुस्केछन्
राजनीतिमा पूर्णविराम लागेपछि घरैमा ओथरा बसेका राप्रपा नेपालका स्वघोषित अध्येक्षे कमलाउ उर्फ कम थापा पनि खुस्केछन् कि क्या हो । हुन त यो देशमा सत्तामा बस्न पाउन्ज्याल नेताहरुको मनस्थिति ठीक हुन्छ । सत्ताबाट खुस्केपछि उसको मगज पनि खुस्किन्छ । त्यसमा पनि कमलेको त डबल खुस्केको छ । राजेन्द्र लिंगदेनसँग हारेपछि अध्येक्षे पनि चैट अनि सत्तामा पुग्ने कल्पनै रहेन । अस्तिका दिन ती पनि बर्बराउदै थिए । असली राजावादी त मै हुँ । लिंगदेन त राजावादी र हिन्दु धर्मको खोल ओढेको मात्र हो । हो कमले तिम्रा खुट्टी हेर्दै जनताले पत्याए । मन्त्री हुना साथ गणतन्त्र ठीक भन्दै भाषण ठोक्ने को हो ? चरित्रविनाको राजनीति गर्नुका कुनै तुक छैन । विचरा यसो गर्दा होला कि, उसो गर्दा पो होला कि भनेर बोल्छन् । तर कसैले पत्याए पो ?
अन्तेमा
कसैको नकाप नखुलुन्ज्याल त्यसलाई सबैले हाइ हाइ गर्छन् । अनि जब नकाव खुल्छ त्यसपछि सक्तो सरापको बर्षा शुरु हुन्छ । अब केरम न मदनकृष्ण र हरिवंशको कथा र अभियनयमा मरी मरी हास्नेहरु यतिबेला धारे हात लगाएर सराप्दैछन् । गाँठी कुराचाहिँ के रै’छ भने यी दुवै जोकरले अमेरिकी एड युएसएआइडीबाट करोडौ हसुरेका रै’छ् । नेपालमा आस्तिक फैल्याउन, धर्म परिवर्तन गराउन, मिलेर बसेका सम्प्रदाय बीचमा फाटो ल्याउन अमेरिकाले करोडौ रुपैया अनुदान दिँदो रै’छ । यस्तो अनुदान भ्याउनेमा जातीय संघ संस्था, सञ्चारमाध्यम लगायत दर्जनौ रै’छन् । यतिबेला डोनाल्ट ट्रम्पले अनुदान बन्द गर्देसी’ यिनको रो्इलो शुरु भएको छ । यससैभित्रका रै’छन् ती दुई जोकरहरु पनि । अनि धारे हात लगाउँदैनन् त । बाँच्नुुमात्र पर्छ के के देखिदोरै’छ के के ।

तपाईको प्रतिक्रिया