धरान । पुर्वी पहाडको दुर्गम क्षेत्रवाट आएका ८ जना महिलाहरुको सुनसरीको इनरुवा स्थित जिल्ला अस्पतालमा महिलाहरुको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया गरिएको छ ।
भोजपुर जिल्लाको षडानन्द नगरपालिमा आयोजित स्वास्थ्य शिविरमा पहिचान भएका ८ जना समस्या ग्रस्त महिलाहरुको षडानन्द नगरपालिकाले निशुल्क स्थास्थ्य उपचारको व्यवस्था मिलाएको हो । अहिले उनीहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । ग्रामिण क्षेत्रका गरिव तथा विपन्न महिलाहरुले निः शुल्क उपचार पाएपछि खुशी व्यक्त गरेका छन् । गाउँ घरमा गरिबी र अशिक्षाका कारण पाठेघरको त्यसमा पनि आङ खस्के समस्या बढ्दै गएपछि स्थानीय सरकारले रोगीहरुको पहिचान गरी तीन वर्षदेखी यो रोगको न्यूनिकरण गर्ने अभिप्रायले अभियानकै रुपमा अभियानकै रुपमा लागेको षडानन्द नगरपालिकाका उपप्रमुख प्रमिला राइले ु जानकारी दिनुभएको छ ।े अभियान अन्तरगत शिविरवाट पहिचान भएका महिलाहरुको नगरपालिकाले निःशुल्क शल्यक्रिया लगायत उपचारको व्यस्था गरिदिने गरेको उहाँले बताउनुभयो ।

यस अघि समेत नगरपालिकाले सञ्चालन गरेको दुइ चरणमा शिविरमा पहिचान भएका विरामीहरुको निःशुल्क उपचार गराइ सकिएको षडानन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले बताउनुभयो । नगरपालिकाले महिलाहरुको सुनसरीको इनरुवा स्थित जिल्ला अस्पतालको शल्यक्रिया ,कुरुवाको खर्च र यातायातलगायत सवै खर्च व्यहोरेको हो । पछिल्लो समय स्थानीय सरकारले सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुगोस् भन्ने अभिप्रायले स्वास्थ्य महाशखाा मार्फत विभिन्न प्रकारका शिविर आयोजना गर्ने र विपन्न परिवारलाई निःशुल्क उपचार समेत गराउन थालेको छ । यसले सर्वसाधारणमा ठूलो राहत मिलेको छ ।
