घण्टाघरबाट हेर्दा

घण्टेका छाउराको सनक
सर्वत्र बदनामी थोपडाहरुको क्लब राष्ट्रिय स्वतन्त्र पार्टी घण्टे क्लबका सांसदहरुले संसद बहिष्कार गरे रे । गर्न नै भए पनि आफ्नो क्लबका महाठग अदालत र प्रहरीका चक्कर कााट्दै हिडेका देखेसी विचराहरुको मन कुटुक्क कुटुक्क खाएको छ । संसदमा बसेर थपडी मार्नु सकसै हुन्छ । संसदमा घण्टेका २० जना बदनामी आयाराम गयाराम थोपडाहरु छन् क्यार । महागठ माउको सांसद पद निलम्बित भइसक्या छ । विचाराहरलाई त्यसैपनि ल्लो लाग्ने नै भयो । संसद बहिष्कार गर्नुभन्दा बरु राजीनामा दिएर चल्दिए हुन्थ्यो । कमसेकम राज्यको कोषबाट तलब भत्ता त जोगिन्थ्यो । तर ती यसो गर्ने सहस गर्दैनन् । महिना मर्नासाथ त्यही तलब भत्ता बुझ्न सबै भन्दा अगाडि पंक्तिमा तिनै हुन्छन् । सांसदको काम ससद चल्दा उपपिस्थति हुनुपछृ । जब तिनीहरु उपस्थित नै हुँदैनन भन तिनलाई तलब भत्ता किन हसु¥याउने ? कि कसो हौ ?
काजीका पद जोगाउने दाउ
र्याले काजी, कजिनी, भाासे, दन्दी, भृंगी, बैठकहरुले ल लाउरेसलाई आर्यघाटमा पु¥याएर छाड्ने भए । लाउरेसको पन्द्रौ महाधिवेशन अढाइ बर्ष सार्न तिनल यतिबेला न्वारानदखिको बल लगाउन थाल्या छन् । एक बर्षभित्रमा हुनुपर्ने महाधिवेशन ८४ को निर्वाचन पछि गर्नुपछद्र्ध भन्द डम्फू बजाउन थाल्या छन् । पार्टीको आन्तरिक निर्वाचन समेत समयमै गर्ने ल्याकत देखिएन । पन्द्रौ अधिवेशन पश्चात र्याली काजीको सभापतिबाट विदाई हुँदैछ । सभापति नै नभएसी पर्धानमन्तरीको आधा कायकाल खाने सहमति हावामै जाने भया । बकुल्लाले माछा ढुकेझै पर्धानमन्तरी खान विचारा काजी ढुकेर बस्या छन् । छैठा पटक पर्धानमन्तरी बनुम्ला भन्ने कत्रो धोको छ । जसरी हुन्छ ८४ पछि नै अधिवेशन गर्न अनेकौ तावनावाना बुन्न प¥यो । विचरा काजीलाई फसाँदै छ । समयमै आन्तरिक निर्वाचन गर्न नसके त्यो प्रजातन्त्रिक पार्टी नै रहँदैन । बरु एमाले माओवादीसँग एकता गरे वेश । न बजे बाँसुरी न रहे बाँस ।
ठूलो साइबर अपराधी

यतिबेला सरकारले साइबर अपराध सम्बन्धी गतिलै कानुन ल्याउन लाग्या छ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न भन्दै उसले त्यस्तो कानुन ल्याउन लाग्या रे । सबलाई थाहा छ यो देशमा सभैभन्दा ठूलो साइबर अपराधी भन्या राजनैतिक पाटतर्इीका नेताहरु नै हुन् । यिनले कहिल्यै सत्यरर सद्धदे कुरै गदैनन् । पानी नभाको ठाममा पानी जहाजको अफिस खोल्छ्, रेल दौडाइदिन्छा भन्छन्, अब ग्याँस सिलिण्डर नकिन्नु घर घरमै ग्याँस पाइप जोडिदिन्छौै भन्छन् । हावाबाट विजुली निकालिदिन्छम । आफ्न नागरिकलाई धितोमा रखेर विदेशीसँग अरबौ ऋण लिएर भ्रष्टाचार गर्छन् । आफ्नै नागरिकलाई अम्रिमकन बनाइदिन्छन्, सहकारीमा गरिबको बचत ठगेर मलाई थाहा छैन भन्छन्, सरकारी जग्गा हडप्छन्, लुटेको रकमले ठूला ठूला तारे होटल, जलविद्युत आयोजना, स्कुल, कलेज खोलेर व्यापार गर्छन् । अनि पत्रकारले लेख्यो भने नियन्त्रण गर्न साइबर कानुन ल्याउँछन् । यो देशका सबैभन्दा ठूा साइबर अपराधी त नेताहरु नै हुन् । कि कसो हौ ?
प्रचण्डाउको स्टण्डबाज
लाउरेस र झालेमाले मिलेर माउवाीका अध्येक्षे प्रचण्डाउलाई असारमा जोरलात्ती बजाएको पीडा भुल्न विचरा यतिबेला देश दौडाका गरेर फर्किएका छन् । चौरासी व्यञ्जनका मार्सीभात खाने बानी परेका तिन्ले चार महिनामा ४४ जिल्ला दौडिएर स्टण्डचाहिा देखाउनु देखाए । हुन त स्टण्ड देखाउन तिनलाई कस्ले भ्याउने ? कहिी गएर सालको टपरीमा भात खाएर फोटो पोस्ट्याउ लगाए, कही केराको पातमा भात खाएको फोटो पोस्ट्याउन लगाए । तर जहाँ पुगेुर जेमा भात बजाए पनि तिनले पानीचाहिँ कल धाराको ज्यान गए नि पिएनन् । काठमाण्डौबाट बोकेर लगेको २ सय रुपैयाका मिनरल वाटर नै पिए । पानी पनि कलधाराकै पिएको भए अलिकति वाहीवाही पाउँथे होलान् । हुन त विचरा सत्ताके मार प्रचण्डाउलाई कलधाराको पानी पिउन सल्ला तिनका पिछलग्गुहरुले दिए होलान नि । तर उनी मान्ने वाला भए पो । जे हास् ४४ जिल्ला दौडदा तिनले लाउरेस र झालेमालेको सक्तो सराप गर्नचाहिँ भुलेनन् । भुल्ने कुरा पनि भएन । झम झम पानी परेको असारे महिनामा सिंहदरबारबाट भिजाउँदे लखेट्या त्यसै भुल्न सकिने हो र ? कि कसो हाउ प्रचण्डाउ ?
बेसरम माकुने
फ्रि भिषा, फ्रि टिकटवाला अर्राष्ट्रिय पार्टीका अध्येक्षे पुतली जुँगे माकुनलाई अलिकति पनि लाज सरम छैन कि क्या हो ? ुहुन त माकुनेलाई के को लाज ? जुन थालमा खायो त्यही थालमा विस्ट्याउने चरित्रका न परे । अब हेरम न माकुने अध्यादेशबाटै जन्मिएका हुन् । खप्रओले मलद्वारामा मुजा पर्ने गरी जमाएर दिएसी लापत्ता भा’का माकधुने सडकमा पुगेर हामी यता छम भनेर प्ले कार्ड झुण्ड्यएर रोइ कराई गरेर २० प्रतिशतमै पार्टी फुटाउने अध्याादेश ल्याइदिन विन्ती भाउ गरे । तिनको आँशु देख्न नसकर अध्यादेश ल्याइदिए । त्यही अध्यादेशबाट माकुनेको जन्म भयो । अब अहिले तिनै माकुने अध्यादेशको उफ्री उफ्री विरोध गरिरा’छन् । लाजको पसारो । आफू अनुकूल हुँदा ठीक प्रतिकूल हुँदा बेठीक । हैट ।
घण्टेको हास्यास्पद तर्क
सरहकारी ठग घण्टेले अस्तिका दिन बडो गज्जबको तर्क अघि सारेछ । ठगी, संगठित अपराध, पासपोठर्ट काण्ड, पुडासैनी काण्ड, ड्राइभर काण्ड जता काण्डै काण्डका नाइकेले भन्या म सार्वभाम सांदस हुँ । मलाई स्रम्पति सुद्धिकरण कानुन लाग्दैन रे । सासदबाट निलम्बन भएपछि सभामुखसँग साँसद पद फुकुवा गरिदिन हार गुहार गरेछन् । अदालतले धरौटी लिँदै दोषी होइन भन्न नमिल्ने भन्दै धरौटी लिएर डाम्दै छोड्दै गरेका घण्टेले सांद पद फुकुवा गरिदिनु प¥यो भन्दा अलिकति कुरी कुरी लागेन ? हुन त रास्वपाका घण्टेमात्र गतिछाडा भन त घण्टेका अरु मतियार पनि उस्तै पोि देखिए । हुन त एउटै ड्यांगका मुला उस्तै हुन्छन् । मुला सग्लो भए पो बगेको पानी सग्लो हुन्छ । अस्तिका दिन घण्टेका सांसदहरुले संसदमा बोल्न समय मागेछन् । कहिले बहिष्कार गर्ने, कहले मुख छोपेर भित्र छिर्ने नाटक मञ्चन गर्दै आएकाहरुले फुइøयाँ बोल्नु ? घोक्¥याएर बाहिर निकाल्ल्नु पर्नेलाई सभामुखले कि किन बोल्न दिन्थे ? लास्टाँ बोल्न भएनम भन्दै टेबुल ठोकेर चित्त बुझाएछन् ।
घर न घाटका बाउदेउ
नेपालका सुनबुढा भनेर चिनिने, कहिले कस्को पाल्टमा पुग्ने कहिले कस्को पोल्टामा छिनृ बाउदेउ गौतम यतिबेला घर न घाटका भा’छन् । हुन त बाँदर बढी जान्ने भएर उफ्रदा राजकानी च्यापिएर ठिनिक्कै हुन्छ । बाउदेउ पनि यतिबेला राजनीतमा ठिनिक्कै भा’छन् । न कसैले पुच्छ, न कसैले बोलाउँछ । विचारालाई दिन कटनी नै गाह«ो भा’छ । कहिले खप्रओको ढोकामा गएर भित्र आम भन्छन् । कहिले माकुनलाई भेटेर सँगै जाम भन्छद्धन्, कहिले प्रचण्डाउलाई मुसार्छन् । अरु त त्यस्तै उस्तै हो विचाराको जोडबल चाहिँ झालेमालेमै छिने हो । तर खप्रओले खासै घाँस नहाले पनि निराश भएर फत्फताउन थाल्या छन् । अब केही नलागे गामतिरै गएर खेतिपाति गर्छु र बस्छु भन्न थाल्या छन् । राजनीतिको खेति गर्दा किवन्टिलका क्विन्टल सुन ओसार्न पाइने तर खेतिपातिबाट खासै मुनाफा नहुने चिन्ता पनि विचरालाई उत्तिकै छ ।
लास्टा
अस्तिका दिन नेपालकी पूर्व राष्ट्रपतिले सुनसरी र मोरङको राजनीैतिक गन्ध सुँग्दै फन्को लगाइन् । दुई दुई पटक राष्ट्रपति भएर पनि तिन्लाई अझै सन्तोष लाग्या रै’नछ । अब सक्रिय राजनीतमा आउछु भन्दै आफ्ना केही हुक्के, बैठके, नन्दीभृंगीलाई साथमा लिएर हिड्दै रै’छिन् । राष्ट्रपति भएर अझै पदीय धित नमरेपछि अब पर्धानमन्तरी बन्ने हुटहुटी जाग्या छ रे । चुप लागेर नातिनातिना खेलाएर बस्नु नि ? राज्यले बाजुञ्ज्याल आवास दिया छ, राससन पनि दिया छ, गाडी घोडा, इन्धन, ड्राइभर दिया छ । कहालीलाग्दो ढंगले भत्ता दिया छ । अब के चाहियो ? उल्टै तिनले नयाँ पुस्तामा धैर्य गर्न र पर्खने क्षेमता छैन भनेर व्याक्क बोलिछिन् । लाजको पसारे । सधै पुरानाले सत्ता ओगटीरहनु पर्ने ? आफ्नो आङको भैसी नदेख्ने अनि अरुको आङको जुम्रा देख्न चरित्र तिन्ले देखाएको थाहा भएन नि क्या हो ? अब त जनताले विद्या जस्तालाई निर्वाचनमै वाइवाई गर्दिन्छन् । अब सत्ताको सपना नदेखे बेस । भुइँको टिप्न खोज्दा भाँडाको पनि पोखिएला । राज्यबाट पाएको सबै सेवा, सुविधा राजनीतमा आएको दिनदेखि खोसिएपछि पुपुरारेमा हात राखेपछि पत्ता चल्ला। बाँकी कुरा आफै मिलाएर बुझ वेश ।

तपाईको प्रतिक्रिया