पहिचानलाई जीवन्तता राख्न पुस्ता हस्तान्तरणको आवश्यकता–सुच्चा राई

धरान । जातीय पहिचानलाई जीवन्तता दिँदै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले आफ्नो पहिचानलाई जीवन्तता राख्न भाषा, सँस्कृतिलाई युवा पुस्तामाझ पु¥याउनुपर्ने धारणा व्यक्त गरेका छन् । धरान १९ हरियाली सामुदायिक भवनको हलमा आयोजित समाजको पाँचौ महाधिशेनमा अगुवाहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । महाधिवेशको पहिलो सत्रको उद्घाटन राष्ट्रिय परीक्षा बोर्ड, विराटनगरकी अधिृकत समीता राईले गर्नुभएको थियो । उद्घाटन पश्चात बोल्दै प्रमुख िअतिथि राईले हरेक जातजातिको भाषा संस्कृति त्यस जातिको पहिचान र नेपालीको राष्ट्रिय सम्पति भएकोले भाषा सँस्कृति बचाइराख्न पुस्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।


‘सुच्चा राई कल्यणकारी समाजका अध्यक्ष विनोदकुमार राईले सुच्चा राईलाई र्संगठित गरी पहिचानलाई स्थापित गर्दै सामाजिक कार्यमा अग्रसर हुदै आएको बताउनुभयो । उहाँले पाचौ अधिवेशनसम्म आइपुग्दा सुच्च राईहरुले विविधि सामाजिक कार्यहरु रक्तदान कार्यक्रम, भुकम्पपीडितलाई सहयोग, आर्थिक विपन्ना भएका आफ्ना समुदायका मात्र हैन अन्य समुदायलाई समेत निरन्तर आर्थिब सहयोग पु¥याउदै आएको अध्यक्ष राईले जानकारी दिनुभयो । यस्तै कारोना संक्रमणका समस्यामा परेकाहरुलाई सहयोग पुगोस् भनेर आर्थिक सहयोग समेत उपलब्ध गराउदै आएको जानकारी दिनुभयो । उहाँले सुच्चा राईहरुको संंख्या दे विदेशमा गरी १३ हजार भन्दा बढी रहेको जनाउदै जातिय पहिचानलाई जीवन्ताता दिन समेत विविध कार्यक्रमको आयोजना गरिएको थियो । ऋधिवेशनको उद्घाटन समारोहमा सुच्चा राई कल्याण समाजका पदाधिकारी, विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्लेलाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको थियो । सो अवसरमा पाचौ महाधिवेशनबाट नयाँ नेतृत्वको चयन समेत गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया