सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस तथा छात्रावास भवन व्यवस्थापन समितिलाई हस्तान्तरण

धरान । भारत सरकारको २ करोड ९२ लाखको आर्थिक सहयोगमा काठमाण्डौमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस तथा छात्रावास भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास सहकार्य अन्तर्गत निर्माण गरिएको क्याम्पस तथा छात्रावास भवनको मंसिर २८ गते काठमाण्डौ जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, भारतीय राजदुतावास काठमाण्डौका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेसँगै नवनिर्मित भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । भवन उद्घाटनका अवसरमा सुष्मा कोइराला मेमोरियल क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक, अध्ययनरत छात्र–छात्रा, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरु, विभिन्न राजनेीतक दलका स्थानीय प्रतिनिधिहरु र स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो । नेपाल भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा दुई तले क्याम्पस भवन र छात्रावास भवन निर्माण भएको हो । उक्त परियोजना समेत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइएको र उक्त परियोजनकााको कार्यान्वयन जिल्ला विकास समिति काठमाण्डौले गरेको थियो । सो अवसरमा जिल्ला समन्वय समिति काठमाण्डौका प्रमुख सन्तोष बुढाथोकले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा भारत सरकारले पु¥याउदै आएको सहयोगको प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो नर्सिङ क्याम्पस भवनको अभाव र छात्रावास भवनको अभाव अब समाधान भएको छ । नवनिर्मित भौतिक संरचनाले क्याम्पसका विद्यार्थीहरुलाई व्यवसायिक शैक्षिक क्षमता आर्जन गर्न सहयोग पुग्नेछ । साथै भवन निर्माणसँग सिकाइकाका लागि राम्रो वातारण प्राप्त हुने र यस क्षेत्रको शिक्षाको समग्र विकासमा ठूलो सहयोग पुग्ने बुढाथोकीले विश्वास व्यक्त गर्नुभयो ।


प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त शुुष्मा कोइराला मेमोरियल क्याम्पस सन् २००० मा स्थापना भएको हो । उक्त क्याम्पसले तीन बर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेवल कोर्ष (पिसिए) अध्यापन गराउँदै आएको छ र प्रत्येक बर्ष १२० जना तालिमपाप्त नर्सहरु उत्पादन गर्दै आएको छ । उक्त क्याम्पसमा नेपालका दुर दराजका विद्यार्थीहरु अध्ययन गर्दै आएको र अध्ययन पश्चात अधिकांश आफ्नै गाउँमा फर्किएर सेवा दिँदै आएको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ । पछिल्लो पटक नेपाल सरकारले एक स्थानीय निकाय एक स्वास्थ्य केन्द्रको अवधारणा ल्याएपछि उक्त क्याम्पसबाट उत्तीर्ण तालिम प्राप्त नर्सहरु आफ्नै गाउँमा राजगारी समेत पाउँदै आएका छन् । नेपालका अत्यन्तै निकटको छिमेकी भएको नाताले भारत र नेपालबीचमा व्यापक र वहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । हाल हस्तान्तरण भएको सुष्मा मेमोरियल क्याम्पस र छात्रावास भवन परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारको सदैव सहयोग रहने भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया