धरान । धरान उपहानगरपालिका वडा नं. १९ बालकचौकस्थित आइतबहादुर लिम्बुको घरमा एक महिलाले झुण्डिएर आइतबार आत्महत्या
्रगरेकी छन् । ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका वडा नं. ५ घर भएकी कुसुम लिम्बुले झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी विगत दुई बर्षदेखि आइतबहादुर लिम्बुको घरमा बस्दै आएकी थिइन् । अन्दाजी ३४ बर्षकी लिम्बु श्रीमानसँग डिभोर्स भइसकेकोले एक्लै बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार लिम्बुले खोले पकाउने कटेरोमा काठको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा शव रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रसनी पर्शुराम राईको कमाण्डमा प्रहरी घट्ना स्थल पुगेको थियो । प्रहरीले घट्नास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुको नेतृत्वमा गएको टोलीले लिम्बुको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
