धरान । अमेरिकी राष्ट्रपतिको चुनावलाई लिएर विश्व राजनीतिमा गरिएका अनुमानहरु मिथ्या सावित भएका छन् । गत हप्ता सार्वजनिक गरिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट डोनाल्ट ट्रम्पको कमब्याक भएसँगै यतिबेला मध्यपूर्वी एसिया र युरोपेली राजनीतिमा तरंग छाएको छ । एक कार्यकाल राष्ट्रपति भएका ट्रम्प दोस्रोे कार्यकालमा पराजित भएका थिए । तर पुन ः उनले अमेरिकी राष्ट्रपतिमा सजिलै डेब्यु गरेका छन् । रिपब्लिकबाट उमद्वार भएका ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी भन्दा अत्याधिक वहुमतले मात्र विजयी भएनन् संसदमा समेत उनको दलले वहुमत हाँसिल गरेको छ । डोनाल्ड ट्रम्पले निर्वाचन जितिसकेपछि विश्व राजनीतिमा अनेकौ प्रश्नहरु उठेका छन् । खासगरि अप्रवासीहरुप्रति अत्यन्तै कट्टर, मुस्लिम आतंकवादप्रति अन्यन्तै अनुदार, इजरायल र हमास बीचको द्वन्द्व, लेवनानमा इजरायल र हिज्जुल्लाह बीचको संघर्ष, रुस, युक्रेन संघर्ष अब कुन मोडमा गएर टुंगिन्छ ।
कमला हैरिस भन्दा अत्यन्तै लोकप्रिय


यस पटकको अमेरिकी राष्ट्रपति निर्वाचनमा मत परिणाम आउनु भन्दा अगावै डोनाल्ट ट्रम्पले आफूलाई विजयी घोषित गरिसकेका थिए । चुनावी नतिजाले पनि उनको घाषणाले मेल खायो । कमला हैरिस भारतीय मुलुकी हुनु र निवर्तमान राष्ट्रपति जोवाइडेनको समर्थन रहनु नै उनको हारको मुख्य कारण बन्न गयो ।
ट्रम्पलाई राष्ट्रवादी अमेरिकी नागरिकहरुको सबैभन्दा ठूलो समर्थन थियो । खास गरेर रिपब्लिकन पार्टीका ग्रामीण क्षेत्रमा बस्ने जनताको ट्रम्पलाई सबैभन्दा ठूलो समर्थन प्राप्त भएको थियो । यसका अलावा आफूले चुनाव जितेपछि विश्व शान्तिका लागि अग्रसर हुने उनको घोषणा उनलाई निर्वाचनमा थप लोकप्रिय बनायो । अमेरिकाका ५० राज्यहरुबाट जब मत परिणाम घोषणा हुन थाल्यो अमेरिकी नागरिकहरुमा छुट्टै उत्साह देखिन्थ्यो । निर्वाचनको परिणाम आउन शुरु भएपछि कमला हैरिसको समर्थकहरु निरास देखिन थालेकामात्र थिएनन् विस्तार उनीहरु हैरिसका साथ छोड्दै ट्रम्पको समर्थकहरुसँग हर्षोल्लासमा सामेल हुन पुगेका थिए ।
अमेरिकी जनताले ट्रम्पलाई किन खोजे ?
सन् २०२० मा डोनल्ड ट्रम्पले जोवाइडेनसँग चुनाव हारे त्यसबेला सबैले सोचेका थिए ट्रम्पको राजनैतिक भाविष्य नै समाप्त भयो । त्यसैले पनि ट्रम्पको यो जीत ऐतिहासिक हुन पुग्यो । अमेरिकाको इतिहासमा यस प्रकारको घट्नाक्रम दोस्रो हो । एकपटक चुनाव हारेपछि पनि पुन ः राष्ट्रपति भवनमा प्रवेश गर्ने ट्रम्प अमेरिकी इतिहासमै दोस्रा व्यक्ति हुन् । अमेरिकमामा आजसम्म कुनै पनि महिला राष्ट्रपति बन्न सकेका छैनन् । यसभन्दा अगाडि हिलोरी क्लिन्टन
राष्ट्रपतिको उमेद्वार बनेकी थिइन् । तर उनी पनि सन् २०१६ मा ट्रम्पसँग पराजित भएकी थिइन । यसपटक भारतीय मुलकी महिला कमला हैरिसले प्रयास गरिन् उनी ट्रम्पसँगै पराजित हुन पुगेकी छन् । यसभन्दा अगाडि राष्ट्रपति छँदा डोनाल्ट ट्रम्पको कार्यकाल अराजक र आलोचनाका साथ समाप्त भएको थियो । यतिसम्मकी उनको आफ्नै पार्टी रिपब्लिकन पार्टीका नेता तथा सांसदले समेत उनको कटु आलोचना गरेका थिए ।
अमेरिकी जनताले दोस्रो पटक किन निर्वाचत गराए
पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले चारबर्षछि फेरि चुनाव जितेर अमेरिकाको राष्ट्रपति बने । अमेरिकाको शासकीय राजनीतिक इतिहासमा ट्रम्पको पुन ः आगमनले यतिबेला विश्वलाई चकित बनाएको छ । ह्वाइट हाउस छोडेको चार बर्षपछि अमेरिकी जनताले उनलाई पुन ः राष्ट्रपतिमा निर्वाचित गरेर ह्वाइट हाउस प्रवेश गराएका हुन् । यस पटकको उनको चुनावी अभियान आफैमा एउटा इतिहास सावित भएको छ । चुनावी दौरान क्रममा दुई पटक उनको हत्याको प्रयास समेत भएको थियो । उनको प्रमुख तथा शुरुवाती प्रतिद्वन्द्वी जोवाइडेनले निर्वाचन भन्दा केही हप्ता अगाडि आफ्नो उमेद्वारी छोडेर कमला हैरिसलाई डेमोक्रेटिक पार्टीको उमेद्वार घोषणा गरेका थिए । ट्रम्पलाई अमेरिकी जनताले दोस्रो पटक अत्याधिक मतले विजयी गराउनुको प्रमुख कारण त्यहाँका सचेत मतदाताहरुले ट्रम्पले अगाडि सारेको अमेरिकाको अर्थव्यवस्था र आप्रवासी मुद्धा नै प्रमुख थिए । यी दुई मुद्धाले ट्रम्पलाई निर्वाचनमा अत्यन्तै लोकप्रिय बनाएको थियो । जसको कारण उनी दोस्रो पटक निर्वाचित भए । ट्रम्पको आगमन उनको धराशायी बनेको राजनीति पश्चात भएको हो । उनले सन् २०१० चुनावी परिणाम मान्न इन्कार गरेका थिए । त्यसबेला चुनावी परिणाम उल्ट्याउन र राष्ट्रपति भवन नछोड्ने प्रयास समेत गरेका थिए । ट्रम्पमाथि सन् २०२१ जनवरी ६ मा क्यापिटल हिल्समा आफ्ना समर्थकहरुलाई उक्साउने, भड्काउने र हिंसा मच्चाउने आरोप समेत लाग्यो । निर्वाचनका समयमा पनि कैयौ प्रचारप्रसार अभियामा उनले आफ्ना समर्थकरुलाई उत्तेजित बनाउने, आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरुको सफाया गनेसम्मको भाषणबाजी गरेका थिए ।
