चाडपर्व केन्द्रित सुरक्षा सम्बन्धी छलफल

धरान । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा निकट रहेको वडा दशै, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदानप्रदानसँगै शान्ति सुरक्षा सम्बन्धी वृहत छलफल भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, कोशी प्रदेशका प्रहरी प्रवक्ता, इलाका प्रशासन कार्यालय धरानका प्रमुख, सशस्त्रका प्रमुख, जिल्ला ट्राफिक कार्र्यालयका प्रमु्ख, कोशी प्रदेश साँसद, विभिन्न राजनैतिक दलसँग आवद्ध स्थानीय नेतृत्व, सामाजिक संघ संस्थाका प्रतिनिधि एवम् सर्वसाधारणको छलफलमा उपस्थिति रहेको थियो । छलफलका क्रममा सहभागीहरुले धरानमा शान्ति सुरक्षाको अवस्था दयनीय रहेको, कालो बजारी मौलाएको, दिनदहाडै जुवा तास खेलाइँदा पनि प्रहरी मुकदर्शक बनेको, व्यापारीहरुले खरिद गरेका सामानको बिल नदिने गरेको, मूल्य सूचि नराख्ने गरेको, प्रशासन आफ्नो क्षेत्राधिकारभित्र नपर्ने गरेको भन्दै पन्छिने गरेको, दुःखद् घट्ना घटेका स्थानमा समयमै प्रहरी नपुग्ने गरेको गुनासो गरेका थिए । सो को प्रत्युत्तरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भन्नुभयो चाडपर्व लक्षित शान्ति सुरक्षाका लागि प्रशासन सम्वेदनशील रहेको छ । हामी शान्ति सुरक्षाका लागि एकीकृत शान्ति सुरक्षाको रणनीति अवलम्बन गरेर नियन्त्रणमा लागेका छौ । शान्ति सुरक्षाका सवालमा द्विविधा नलिई ढुक्क भएर चाडवाड मनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

छलफलका क्रममा भर्खरै पोखराबाट सरुवा भएर आउनु भएका सुनसरीका प्रहरी प्रमुख सुमन तिम्सिनालाई सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रष्ठले स्वागत एवम् सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसदद्वय रमेश बस्नेत, विजय राई, पूर्व नगरप्रमुख तिलक राई, राष्ट्रिय समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष नरश शाक्य, एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङ्ग, नेपाली काँग्रेसका नगर सभापति श्याम पोख्रेल लगायतले चाडवाडको शुकामना सहित शान्ति सुरक्षा सम्बन्धी आफ्ना धारणा राख्नु भएको थियो भने सञ्चालन सुनसरी उद्योग वाणिज्य संघका महासचिव महेन्द्र प्रधानले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया