आगजनी गर्नेलाई कारबाहीको माग

धरान । विर्तामोडको विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई साइवर अपराध अन्तर्गत नेपाल सरकारले प्रक्राउ गरेपछि उनका समर्थकहरु आक्रोसित बनेका छन् । आक्रोसित समर्थकहरु तोडफोडमा उत्रिएका छन् । आक्रोसित उनीहरुले सवारी साधनमा क्षति पु¥याउन थालेपछि आन्दोलनको नाममा निर्दोष निजी सम्पत्तिमा आगजनी, तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न यातायात व्यवसायीहरूले माग गरेका छन् । घट्नाको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कोसी प्रदेश समितिले भत््र्सना गर्दै आगजनी गर्नेहरूलाई पक्राउ गरी कारबाहीको माग गरिएको हो । महासंका कोसी प्रदेश समिति संयोजक सरोज श्रेष्ठले विज्ञप्तीमार्फत रिस, द्वेषको कारणले आन्दोलनका नाममा निर्दोष निजी सम्पत्ति आगजनी, तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभएको छ ।

आन्दोलनमा नाममा हुने यस्ता गतिविधिले व्यवसायीहरु मारमा परेको भन्दै सोमबार विज्ञप्ती प्रकाशित गर्दै कारबाहीको माग गरिएको हो । राति सवा ११ बजेको समयमा कन्काई–८ बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको डब्लु बि ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरिएको थियोे त्यस्तै सोमवार बिहान बिर्तामोड–६ गिरीबन्धु टी ईस्टेट राजमार्गमा अर्को भारतीय ट्रकमा आगजनी गरेका थिए । ट्रकमा भएको आगजनीबाट सोही ट्रकका चालक भारत सुलिगुडी बस्ने वर्ष ४० का कुमार महतो दाहिना हातको पाखुरामा जलेका थियो । घाइते उनको बी एण्ड सी अस्पतालमा पचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया