धरान । गोरखा डिपार्टमेन्ट स्टोरको ‘गोरखा किचन’ यतिबेला नयाँ र आकर्षक साजसज्जाका साथ सञ्चालनमा आएको छ । नेपाली र भारतीय ग्राहकहरुको लागि सर्वाधिक परिचित किचनको दमक शाखा, पथरी शाखा, विराटचौक शाखा र इटहरी स्थित गोरखा किचनमा आएका ग्राहकहरुको रुचि नेपाली थकाली खानादेखि भारतीय खानाका लागि ग्राहकहरुको अत्याधिक भीड हुने गरेको छ । त्यसो त दर्जनौ प्रकारका परिकारहरु ग्राहकको रुचि र माग बमोजिम गोरखा किचनमा उपलब्ध रहेका छन् । विहान ९ बजेदेखि खुल्ला हुने गोरखा किचन ग्राहककै माग बमोजिम राति ९ बजे सम्म खुल्ला रहने गरेको छ ।
गोरखा किचन इटहरीका इन्चार्ज रञ्जित चौधरीका अनुसार गोरखा किचनले आफ्ना ग्राहकहरुको रुची र माग बमोजिम सम्पूर्ण परिकारहरु उपलब्ध गराएकै कारण दैनिक २ सयदेखि ३ सय ग्राहक आउने गरेका छन् । चौधरी भन्नुहुन्छ किचन असाध्यै राम्रोसँग चलेको छ । किचनमा आउने ग्राहकहरु स्थानीयसँगै नेपालका दुरदराज, भारतको विहार, पश्चिम बंगाल, उत्तर प्रदेश, नागाल्यण्ड, मणिपुर, सिक्किम, दार्जिलिङ्गसम्मका ग्राहकहरु रहेका छन् । यसका अलावा अवलोकन भ्रमणमा आउने विद्यार्थीहरु, विभिन्न संघ संस्थाबाट आउनेहरु समेतले खानाका लागि अग्रिम बुक गर्ने गरेको उहाँले सुनाउनुभयो । खास गरेर चितवन, पोखरा, बुटवल, नारायणगढ, काठमाण्डा, दाङ्ग, नेपालगञ्ज, कञ्चनपुरबाट पूर्व भ्रमणमा आउनेहरुले अग्रिम बुक गर्ने गरेको इन्चार्ज चौधरीले सुनाउनुभयो ।

गोरखा डिपार्टमेन्ट स्टोरको किचनमा ब्रेक फास्टमा पुरी, जिलेवी, सब्जी, टोष्ट ब्रेड, अम्लेटका साथ वटर र जामका साथ, सुपमा क्रिम अफ चिकेन, क्रिम अफ मसरुम, भेज नन भेजमा हट एण्ड सोर, गोरखा स्पेशल, भेज स्टाटरमा पिनटस बदाम, फ्रेज फ्राई, आलु जिरा, प्लेन मसलामा पापड, बटर कर्न सुप, भेज पकोडा, मसरुम फन्सरमा चिल्ली, मुस्ताङ आलु, काजु फ्राइ, भेज सिज्लर स्विट कोर्न फ्राइ, आलु सडेहेको रहेका छन् । यसैगरी नन् भेज स्टाटरमा चिकेन, चिकेन ललीपप, चिकेन ड्रमस्टिक, ड्रागेन चिकेन, चिके सिज्लर, चिकेन फ्राइड सौसागे, चिकेन पकोडा, चिकेन रोष्ट, चिकेन विंग्स, कोर्न डग, गोरखा स्पलेशल केएफसी, चिकेन लेग पिस, क्रुची चिकेन, गोरखा स्पेशल कम्बो सेट, नुडल्समा चाउमिनमा भेज, चिकन सिम्स, चिल्ली गार्लिक नुडल्स, हक्का नुडल्स, थुक्पा, अमेरिकन चोप सुई रहका छन् । यसगरि भेजमा भारतीय खानाका परिकारहरु मिक्स भेज मसमरुपमा करी, आलुकोपी, मटर पनिर, कडाई पनिर, पनिर वटर मसला, दाल टडका मखनीमा दाल, जिरा राइस, प्लेन राइस, ननभेजमा चिकेन फिस मटममा करी, चिकेन वटर मसला, चिकेन किमा कडी, लोकल चिकेन करी, चिकेन कोमो, कडाई चिकेन, एग करी, रोल्समा स्प्रिमङ्ग रोल्स, चिकन काटी रोल्स, लोकलमा खसीको मासु, मटन सेकुवा, चिकेन छोइला सेकुवा, झोलको चिकेने मटन, हाँसको छोइला, नेपाली स्टाइल मटन, चिकेन मटनमा खाजा सेट, ह्याकुला फ्राई, जाँते, कलेजो, सेलरोटी, समोसा चाट रहेका छन् । यसैगरी तन्दुरी स्टाटरमा चिकेन सिक कवाफ, मटन सिक कवाफ तन्दुरी चिकेन, पनिर टिक्का, चिकेन टिक्का, इटालियन खानामा तन्दुरी चिकेन पिज्जा, मिक्स भेज पिज्जा, ससरुम पिज्जा, मिक्स नन भेज पिज्जा, थकाली खानामा भेज थकाली, वोइलर चिकेन थकाली, फिस थकाली, लोकल चिकेन थकाली, मटन थकाली, नेपाली खानामा भेज खाना, ब्रोइलर चिकेन खाना, फिस खाना, लोकल चिकेन खाना, मटन खाना, विर्यानी भेज, चिकेन मटन विर्यानी, भेज चिकेन मटन हैदरावादी विर्यानी, डिसर्टमा हट गुलाव जामुन, रस्वरी, फ्रेस फ्रुइट विथ आइटम क्रिम, दही, भेनिला आइसक्रिम, स्टेवरी आइसक्रिम, चोकोलेट किड्स एण्ड कोनेरमा चिकेन नुगेट्स, चिजबल्स, चिकेन पोपाकोर्न आदि रहेका छन् । यसका अलावा किचनसँगै छुट्टै रहेको आकर्षक वार समेत रहेको छ भने धुमपान गर्नेहरुका लागि छुट्टै स्मोकिङ्ग जोन समेत रहेकोले पारखीहरुको गोरखा किचनमा भीड हुने गरेको इन्चार्ज चौधरीले बताउनुभयो ।
गोरखाबाट उत्पादित स्वादिष्ट बेकरी आइटमको उपभोक्ताद्वारा उच्च माग
इटहरी । पूर्वाञ्चलको पहिलो डिपार्टमेन्ट स्टोर गोरखा डिपार्टमेन्ट स्टोरले उत्पादन गरेका दर्जनौ प्रकारका स्वादिष्ट बेकरी आइटमको बजारमा उपभोक्ताको उच्च माग रहेको छ । गोरखा डिपार्टमेन्ट स्टोरले स्वदेशी तथा विदेशी सामानको विक्री वितरणसँगै आफ्ना उत्पादनहरुलाई समेत बजारमा पु¥याउँदै आएको छ । गोरखा डिपार्टमेन्टद्वारा सञ्चालित गोरखा बेकरीका इन्चार्ज प्रेम खत्रीका अनुसार उत्पादित बेकरीको माग धान्न नै कहिलेकाहीँ धौ धौ पर्छ । इन्चार्ज खत्रीका अनुसार गोरखा बेकरीहरु पूर्वको दमक, उर्लाबारी, पथरी, बेलबारी, विराटनगर, दुहवी, इटहरी, धरान, इनरुवा लगायतका बजारका पसलहरुमा उद्योगबाट उत्पादित मूल्यमै पाइन्छ । विक्रेताहरुको अग्रिम अर्डर आउँछ, कतिपयले आफ्नै सवारी साधन मार्फत लैजानुहुन्छ भने कतिपयलाई अडर अनुसार सप्लाई गरिन्छ । गोरखाका बेकरी आइटमहरुको उच्च माग किन त भन्ने सवालमा इन्चार्ज खत्रीको कथन छ, ताजा, स्वादिष्ट र सुद्ध घ्युबाट बनेकोले पनि उपभोक्ताद्वारा बढी रुचाइएको होला ।

उता गोरखा डिपार्टमेन्ट स्टोरका खाद्य इन्चार्ज केशवराज घिमिरे भन्नुहुन्छ, हाल गोरखा बेकरी आइटमको बजार थप विस्तार भएको छ । पूर्वमा काँकडभिट्टा र पश्चिममा गाइघाटसम्म पुगेको छ । हाल बजारमा सर्वाधिक विक्री भइरहको बेकरी आइटममा बदाम विस्कुट, वोन, पेस्सी पप, चमचम, कुकिज, चकलेट, क्रिम बेड, क्रिम रोल, डुनोट, फेमिली टेष्ट, गोरखा कोकोनट, काजु विस्कुट, ओरेन्ज कोकोनट, पेस्पी पप, पाइनापल विस्कुट, राउन्ड पिनट विस्कुट, स्मल वटर, स्पेशलल राउण्ड, मिल्क ब्रेड, मिनिमिली ब्रेड लगायत दर्जनौ आइटम रहेको बताउनुभयो । यसैगरी मिठाइमा समेत दर्जनौ आइटमहरु रहेका छन् । आफ्नो् गोठको गाईको सुद्ध घ्यु दूधबाट बनेका मिठाइहरुमा काजु, वर्फी, कालाकन्द, लालमोहन, रसबरी, घ्यु पनिर, चिज लगायत रहेको छ । हाल सबैभन्दा बढी घ्यु पनिर चिज ग्राहकहरुले् बढी रुचाएको पाइएको छ । गोरखाले उत्पादन गरेका बेकरी आइटम र मिठाईका आइटमहरु आफ्ना अन्य शाखहरुमा समेत राखेको छ । दमक, पथरी, विराटचौकका शाखाहरुबाट समेत ग्राहकले आफूलाई स्वादिष्ट लागेको बेकरी मिठाईहरु खरिद गर्ने गरेको इन्चार्ज केशवराज घिमिरेले बताउनुभयो ।
