खहरे छेउका सर्वसाधारण बाढीको चिन्ताले राती पनि राम्ररी निदाउदैनन

धरान । जब आकाशमा कालो बादल मडारिन थाल्छ, धरानका खहरे आसपासका स्थानीयहरु त्रसित हुन्छन । दिउँसोको समयमा भन्दा पनि उनीहरुलाई राती निन्दा नै लाग्दैन । बाढीले धनजनको क्षति पु¥याउने हो भन्ने त्रासमा उनीहरु छन् । गत बिहीवार भारी बर्षासंगै खहरेमा आएको बाढिले घर, सडक कटान
गरेर जिर्ण बनेपछि सुनसरीको धरानका खहरे करिडोरका स्थनीयहरु चिन्तित बनेका छन ! बाढीले एक स्कुले बिद्यार्थीले ज्यान गुमाउनु प¥यो भने करोडौको क्षति ब्यहोर्नु प¥यो । जिर्ण बनेको घर टहरा फेरी बाढ आएर बगाउला कि भन्ने पिरले उनीहरुलाई सताउने गरेको छ । अझै पानी पर्ने सम्भावना टरिसकेको छैन ! आधा दर्जन बढी वडाका स्थानीयहरु ढुक्क बस्न सकिरहेका छैनन उनिहरुमा त्रास प्कार्यमै छ । खहरे करिडोरमा घर भएकी कमला राई विहीबार आएको बर्षाले आफू बसेको टहरामा क्षति पु¥याएपछि अर्कैको घरमा सुत्न थाल्नु भएको छ । सरकारले बाढी पहिरो नियन्त्रणका लागि केही
गरिदिए हुन्थ्यो भन्ने आशमा बसेको उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ(‘बर्षेनी खहरेले कटानी गर्ने क्रम बढ्दै गएको छ, गत विहीबार आएको भारी बर्षाद्मा धेरै बस्ती प्रभावित बनाएको छ, म पनि अहिले अर्काको घरमा शरण लिन पुगेकी छु ।’ बउहाँमात्र हैन स्थानीय कौशिला श्रेष्ठ र लाक्पा श्रेष्ठको भनाई पनि उस्तै छ । बाढीको बेला उर्लिएर आएको खहरे खोलाले कुन बेला क्षति पु¥याउने त्रासमा बाच्नुपर्ने अवस्था रहेको उहाहरु बताउनुहुन्छ ।
विहीबार आएको अविरल बर्षाले धरान १३ मा रहेको क्षतिको विवरण सकलन गर्ने धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लले बताउनुभयो । उहाँले यहाँको वस्तुस्थिति बुझन खानेपानी मन्त्री आफै आउनु भएकोले दीर्घकालीन समस्या समाधानमा पहल गर्ने आश्वासन दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘अस्ति आएको भारी बर्षाद् के कति क्षति भयो अझै एकिन गर्न सकिएको छैन, क्षतिको विवरण प्राप्त हुनसाथ सरकारबाट सहयोगको आश्वासन आएको छ ।’

अनुगमनमा आउनु भएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसीका प्रमुख आनन्द झालै पुरा क्षतिको विवरण आइसकेपछी पीडितलाई राहत र पुन निर्माणको कामलाई सुरु गर्ने बताउनुभयो । बाढीले प¥ुयाएको क्षति निरिक्षण गर्दै खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले पीडितलाई राहत र पुन निर्माणको लागि सरकार गम्भिर रहेको बताउनुभयो । तत्कालाई पुन निर्माण कार्य सुरु गर्ने मन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो(‘बाढीको क्षतिको विवरण आइसकेपछि प्रदेश सरकारमा विवरण पेश गरेर समाधानका उपायहरु खोज्ने प्रयास हुनेछ ।’ पछिल्लो समय खहरे अतिक्रमणको चपेटामा पर्दै गएको छ । अतिक्रम गरेर बसोबास गर्ने क्रम नरोकिएका कारण जोखिम पनि उत्तिकै बढ्दै गएको छ । यसको नियन्त्रणको प्रयास कही कतै हुन सकेको छैन । यसले गर्दा भविष्यमा ठूलौ क्षतिको सामना गर्नुपर्ने अवस्था समेत आउन सक्ने सम्भावना बढ्दै गएको पाइएको छ ।

तपाईको प्रतिक्रिया